: नुवाकोटको एकै स्थानमा सञ्चालित १३ प्रकारका प्लास्टिक सर्जरी शिविर सम्पन्न भएको छ। त्रिशूली अस्पतालमा सञ्चालित उक्त सर्जरी शिविर सम्पन्न भएको छ।
विदुर नगरपालिका, त्रिशूली अस्पताल, लायन्स क्लब अफ नुवाकोट त्रिशूली र सुष्मा कोइराला मेमोरियल अस्पतालको संयुक्त आयोजनामा सञ्चालित तीन दिने निःशुल्क प्लास्टिक सर्जरी शिविरको विदुर नपाकी उपमेयर प्रभा बोगटीले समापन गरिन्। उनले जलन सम्बन्धी र छालाका बिरामीहरूको सुविधाका लागि सञ्चालित उक्त शल्यक्रिया शिविरबाट आम सर्वसाधारणले लाभ लिएको बताइन्।
बोगटीले वृहत् र विशेषज्ञ रूपमा सञ्चालित उक्त शिविर प्रभावकारी भएको विश्वास व्यक्त गरिन्। उनले सो शिविरमा प्लास्टिक सर्जरी गर्न आवश्यक भएका बिरामीलाई सुविधा पुगेको बताइन्।
उक्त प्लास्टिक सर्जरी शिविर तीन दिनसम्म प्रत्येक दिन बिहान ८ बजेदेखि ३ बजेसम्म सञ्चालन गरिएको थियो। शिविरमा कुल दुई सय १४ जनाको परीक्षण गरिएको थियो।
जसमध्ये ६९ जनाको विशेष शल्यक्रियाका लागि रिसर भएको आयोजक विदुर नपाका जनस्वास्थ्य निरीक्षक रामराजा भण्डारीले जानकारी दिए। उनले शिविरमा जलन, दुर्घटना, जन्मजात विकृति तथा छाला सम्बन्धी बिरामीहरूले स्वास्थ्य सेवा प्रदान गरिएको बताए।