मुख्य समाचार
नेपाली सेना र अमेरिकी सेनाबीच 'ल्यान्डफोर्स टक' हुने
नेपाली सेना र अमेरिकी सेनाबीच 'ल्यान्डफोर्स टक' हुने

: नेपाली सेना र अमेरिकी सेनाबीच 'ल्यान्डफोर्स टक' हुने भएको छ। बुधबारदेखि काठमाडौंमा सुरू हुने 'ल्यान्डफोर्स टक'मा सहभागी हुन अमेरिकी सेना नेतृत्वको उच्च स्तरीय टोली मंगलबार साँझ काठमाडौं आइपुगेको छ।




अमेरिकी सेनाका ल्याफ्टिनेन्ट जनरल स्कट एलेक्जान्डर विटरको नेतृत्वमा तीन सदस्यीय टोली काठमाडौं आइपुगेका हुन्। अन्य दुई सदस्यमा सारा जेनेट अल्बर्सन र एडवर्ड जेन्स डोना छन्। उच्च सैन्य स्रोतका अनुसार उनीहरू मंगलबार साँझ कोरियन एयरको जहाजबाट काठमाडौं आएका हुन्। उक्त 'ल्यान्डफोर्स टक' तीन दिनसम्म चल्नेछ।


नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले नेपाली र अमेरिकी सेनाबीच ल्यान्डफोर्स टकको छैटौं संस्करण बुधबारबाट सुरू हुने बताए। प्रवक्ता बस्नेतले अन्नपूर्णसँग भने, 'ल्यान्डफोर्स टकमा मानवीय सहायता, प्राकृतिक विपद् व्यवस्थापनलगायत विषयबारे छलफल हुनेछ।'


छलफलमा परराष्ट्र र रक्षा मन्त्रालयका अधिकारीहरूसमेत सहभागी जनाउँदैछन्। सन् २०१८ बाट सुरू भएको ल्यान्डफोर्स टक हरेक वर्ष नेपाल र अमेरिकामा आलोपालो हुँदै आएको छ। ल्यान्डफोर्स टकमा सैन्य सहायतालगायत नेपाली सेनालाई सबलीकरणको बारेमा छलफल हुने बताइएको छ।

नेपाली सेनाले प्रत्येक वर्ष भारतीय सेनासँग अभ्यास सूर्यकिरण र चिनियाँ जनमुक्ति सेनासँग सगरमाथा फ्रेन्डसीप नामको सैन्य अभ्यास गर्दै आएको छ

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनर्स्थापनाका लागि आजबाट कानुनी लडाइँ र सडक सघंर्ष सुरू भएको घोषणा गरेका छन्। च्यासलमा विघटित संसदीय दलको बैठकमा सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले आन्दोलन घोषणा गरेका हुन्। उनले आफूहरूको आन्दोलन शान्तिपूर्ण र भयरहित रहने बताए। 'आजको बैठकपछि हामी कानुनी लडाइँ र सडक संघर्षमा जान्छौं। म स्पष्ट भाषामा भन्न ...
: नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अहिलेको बहस अधिवेशनको मितिमात्र नभएर पार्टीको सुधारको दिशाबारे भएको बताएका छन्। नियमित कि विशेष अधिवेशन वा निर्वाचन अघि कि पछि महाधिवेशन गर्ने विषयमा चौतर्फी बहस भइरहेका बेला महामन्त्री थापाले अब पुरानो शैलीले काम नचल्ने बताए। उनले सुधार गरेरमात्र विश्वास फर्किने भएकाले धैर्य गर्न नेता-कार्यकर्ताहरूलाई आह्वान गरेका छन्। 'कांग्रेसभित्र अहिले बहस ...
: नवजात शिशु हत्याको आरोपमा प्यूठान प्रहरीले आमालाई पक्राउ गरेको छ। गौमुखी गाउँपालिका-६ लिवाङ बुक्तिचौर बस्ने २१ वर्षीया बिपना सुनारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ। बिपनाले नवजात शिशुलाई जन्म दिई तत्काल हत्यापछि गहुँबारीमा गाडेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरी निरीक्षक हरी भट्टराईले बताए। परपुरुषसँगका सम्बन्धबाट शिशुको जन्म भएको समेत प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले बताए। बिपनालाई ...
: राष्ट्रिय मानव अधिकार आयोगले अभियन्ता दुर्गा प्रसाईंलाई पक्राउ गरिएको घटनाका सम्बन्धमा अनुगमन गरेको छ। मंगलबार आयोगको टोली जिल्ला प्रहरी परिसर भद्रकाली पुगेर प्रसाईं र सम्बन्धित प्रहरी अधिकारीहरूसँग भेट गरी जानकारी लिएको हो। सोमबार राति पक्राउ परेका प्रसाईं शान्ति सुरक्षाविरुद्धको कसुरमा अनुसन्धानका लागि प्रहरी हिरासतमा छन्। उनीमाथि अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले थप ४ दिनको ...
: लागूपदार्थ सेवन गरी सवारी साधन चलाउने ८ जना चालकलाई सुनसरीको इटहरीबाट पक्राउ गरिएको छ। मंगलबार सुनसरीको इटहरी- सडक खण्डमा गरिएको ट्राफिक चेक जाँचमा उनीहरू पक्राउ परेका हुन। प्रहरीले उनीहरूलाई मुद्दा चलाउने तयारी गरेको बताएको छ। कोशी प्रदेशमा सडक दुर्घटनाको जोखिम बढिरहेको कोशी लोकमार्गलाई सुरक्षित र जिम्मेवार बनाउने उद्देश्यसहित इटहरीमा सवारी चालकहरूको स्वास्थ्य परीक्षण अभियान ...