मुख्य समाचार
दुर्गा प्रसाईं थप चार दिन हिरासतमै बस्ने
दुर्गा प्रसाईं थप चार दिन हिरासतमै बस्ने

: सोमबार मध्यरातमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न काठमाडौं प्रशासनले अनुमति दिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सार्वजनिक शान्तिविरुद्धको कसुरमा प्रसाईंलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

म्याद थपका लागि प्रसाईंलाई मंगलबार जिल्ला सरकारी वकीलको कार्यालय हुँदै प्रशासन कार्यालय लगिएको थियो । सो क्रममा प्रसाईंले आफूलाई कुन मुद्दामा पक्राउ गरिएको भन्ने जानकारी नभएको बताएका थिए।


राजसंस्था र हिन्दुराष्ट्र पुनस्र्थापना गर्ने आन्दोलन घोषणा गरेका प्रसाईंलाई भड्काउपूर्ण अभिव्यक्ति दिएर सार्वजनिक शान्ति भंग गरेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो । प्रसाईँलाई पक्राउ गरेको विरोधमा उनका समर्थक प्रदर्शनले प्रशासन कार्यालय अगाडि नाराबाजी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनर्स्थापनाका लागि आजबाट कानुनी लडाइँ र सडक सघंर्ष सुरू भएको घोषणा गरेका छन्। च्यासलमा विघटित संसदीय दलको बैठकमा सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले आन्दोलन घोषणा गरेका हुन्। उनले आफूहरूको आन्दोलन शान्तिपूर्ण र भयरहित रहने बताए। 'आजको बैठकपछि हामी कानुनी लडाइँ र सडक संघर्षमा जान्छौं। म स्पष्ट भाषामा भन्न ...
: नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अहिलेको बहस अधिवेशनको मितिमात्र नभएर पार्टीको सुधारको दिशाबारे भएको बताएका छन्। नियमित कि विशेष अधिवेशन वा निर्वाचन अघि कि पछि महाधिवेशन गर्ने विषयमा चौतर्फी बहस भइरहेका बेला महामन्त्री थापाले अब पुरानो शैलीले काम नचल्ने बताए। उनले सुधार गरेरमात्र विश्वास फर्किने भएकाले धैर्य गर्न नेता-कार्यकर्ताहरूलाई आह्वान गरेका छन्। 'कांग्रेसभित्र अहिले बहस ...
: नवजात शिशु हत्याको आरोपमा प्यूठान प्रहरीले आमालाई पक्राउ गरेको छ। गौमुखी गाउँपालिका-६ लिवाङ बुक्तिचौर बस्ने २१ वर्षीया बिपना सुनारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ। बिपनाले नवजात शिशुलाई जन्म दिई तत्काल हत्यापछि गहुँबारीमा गाडेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरी निरीक्षक हरी भट्टराईले बताए। परपुरुषसँगका सम्बन्धबाट शिशुको जन्म भएको समेत प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले बताए। बिपनालाई ...
: राष्ट्रिय मानव अधिकार आयोगले अभियन्ता दुर्गा प्रसाईंलाई पक्राउ गरिएको घटनाका सम्बन्धमा अनुगमन गरेको छ। मंगलबार आयोगको टोली जिल्ला प्रहरी परिसर भद्रकाली पुगेर प्रसाईं र सम्बन्धित प्रहरी अधिकारीहरूसँग भेट गरी जानकारी लिएको हो। सोमबार राति पक्राउ परेका प्रसाईं शान्ति सुरक्षाविरुद्धको कसुरमा अनुसन्धानका लागि प्रहरी हिरासतमा छन्। उनीमाथि अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले थप ४ दिनको ...
: लागूपदार्थ सेवन गरी सवारी साधन चलाउने ८ जना चालकलाई सुनसरीको इटहरीबाट पक्राउ गरिएको छ। मंगलबार सुनसरीको इटहरी- सडक खण्डमा गरिएको ट्राफिक चेक जाँचमा उनीहरू पक्राउ परेका हुन। प्रहरीले उनीहरूलाई मुद्दा चलाउने तयारी गरेको बताएको छ। कोशी प्रदेशमा सडक दुर्घटनाको जोखिम बढिरहेको कोशी लोकमार्गलाई सुरक्षित र जिम्मेवार बनाउने उद्देश्यसहित इटहरीमा सवारी चालकहरूको स्वास्थ्य परीक्षण अभियान ...