मुख्य समाचार
लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भइसकेको बिरामीलाई औषधि र खाजा मगाइयो: आफन्त
लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भइसकेको बिरामीलाई औषधि र खाजा मगाइयो: आफन्त

: बुटवल उपमहानगरपालिका-२ पाखापानीकी ७२ वर्षीय श्याम कुमारी मल्ल मुटुको समस्याले लुम्बिनी प्रादेशिक अस्पतालमा चार दिनदेखि उपचाररत थिइन्। केही दिनअघि घर नजिकैको एडमण्ड सिटी हस्पिटलमा उपचार गरेर निको भए पनि पुनः समस्या बल्झिएपछि उनी प्रादेशिक अस्पताल पुगेकी हुन्।

आईसीयुको बेड नम्बर २५ मा छोरी लक्ष्मी मल्लले आमालाई भर्ना गराइन्। उपचार चलिरहेको थियो। बिरामीका आफन्तहरू उपचार सफल हुनेमा आशावादी हुँदै गएका थिए। तर, सोमवार अस्पतालमा कार्यरत स्टाफ नर्सहरूले २५ नम्बर बेडमा उपचाररत मल्ललाई ९ नम्बरमा सारेछन्। त्यो पनि कुरुवाको अनुमतिविनै।


नर्सहरूले २५ नम्बरको बिरामीलाई औषधी र खाजा मगाएपछि अब निको हुने भयो भनेर आफन्तहरू खुसी थिए। आमाको उपचारमा खटिएकी छोरी लक्ष्मीको अनुहारमा बेग्लै उत्साह थियो। तर, खबरै नगरी बेड परिवर्तन गरेर ९ नम्बरमा पुर्‍याएकी उनको मृत्यु भइसकेको आफन्तहरूले बताएका छन्। बिरामीका आफन्त र कुरुवाको अनुमतिविनै अस्पतालले बिरामीलाई यताउति पारेपछि पीडितहरूको आक्रोश चुलिएको छ।


‘मृत्यु भइसकेको बिरामीलाई अस्पतालले औषधि र खाजा मगाएको रहेछ’, बिरामीका आफन्त एवं बुटवल उपमहानगरपालिकाका कार्यपालिका सदस्य नकुल शाहीले प्रश्न गर्दै भने,‘कुरुवाको अनुमतिविना अस्पतालले बिरामीको बेड परिवर्तन गर्न पाइन्छ ? गम्भीर लापरबाही भएको छ। छानबिन गरी दोषीलाई कारबाही गरियोस्।’

बिरामीको मृत्यु भइसकेपछि पनि करिब आठ हजार रुपैयाँको औषधी अस्पतालले मगाएको उनले गुनासो पोखे। मृतकको शव अस्पतालको शव गृहमा राखिएको छ। अस्पतालको लापरबाहीले बिरामीको मृत्यु भएको आरोप लगाउँदै आफन्तहरूले निष्पक्ष छानबिन गर्नुपर्ने माग राखेका छन्। तर, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. इन्द्र ढकालले अस्पतालको लापरबाहीका कारण बिरामीको मृत्यु नभएको प्रतिक्रिया दिएका छन्। ‘बिरामी चार दिनदेखि आइसियुमा उपचाररत हुनुहुन्थ्यो’, ढकालले भने, ‘उहाँ मुटुसम्बन्धी जटिल समस्यामा हुनुहुन्थ्यो। दुईपटक मुटु बन्द भएको रहेछ। भेन्टिलेटर जोनमा राख्नुपर्ने भएपछि ९ नम्बर बेडमा सारिएको हो। अर्को बेडमा सार्दा छोरीलाई खबर गरेका थियौं।’

उनले यस विषयमा छलफलका लागि पीडित र अस्पतालबीच छलफल बोलाइएको जानकारी दिए। लुम्बिनीका १२ वटै जिल्ला सहित छिमेकी गण्डकी प्रदेशका केही जिल्लाका नागरिकहरू समेत उपचार गर्न यहाँ आउने गर्छन्। अस्पतालमा कार्यरत कर्मचारी र सेवा प्रवाहको बारेमा पटक-पटक बिरामीहरूले गुनासो पोख्दै आइरहेका छन्। एउटै बेडमा दुई जना बिरामी राखेर समेत अस्पतालले उपचार गर्दै आएको पाइएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गत राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रले जलन उपचारमा विशेषज्ञ जनशक्ति तयार गर्न ३० कार्यदिनको जलन उपचारसम्बन्धी विशेषज्ञ तालिम सञ्चालन गर्ने भएको छ। जलन सेवाको राष्ट्रियस्तरीय उपचार मापदण्डअनुसार तेस्रो तहको सेवा प्रवाह गर्न आवश्यक दक्ष जनशक्ति तयार गर्ने उद्देश्यका साथ तालिम केन्द्रले जलन उपचारसम्बन्धी विशेषज्ञ तालिमको पाठ्यक्रम तथा सामग्री विकास गरेको हो। मन्त्रालयको ...
। नेपाली कांग्रेसले आसन्न १५ औं महाधिवेशनमा पार्टीका सबै तहका नेता–कार्यकर्तालाई सहभागी गराउन अन्तिम समयसम्म पहल गर्ने जनाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकबारे जानकारी दिँदै प्रवक्ता देवराज चालिसेले महाधिवेशनमा कुनैपनि अग्रज नेता नछुटुन् भन्ने उद्देश्यले पार्टीले निरन्तर पहल गरिरहेको बताएका हुन् । उनका अनुसार पूर्वसभापति शेरबहादुर देउवासहित शेखर कोइराला, विमलेन्द्र निधि, ...
: भदौ १० गते भोटेकोसशीमा आएको बाढीबाट क्षतिग्रस्त धादिङको गल्छी गाउँपालिका–६ स्थित बैरेनी अस्पताल पुनः सञ्चालनमा आएको छ। बाढीका कारण अस्पतालको भुइँतलामा हिलो र लेदो भरिनुका साथै औषधि, स्वास्थ्य सामग्री, उपकरण तथा अन्य सामग्रीमा क्षति पुगेको थियो। त्यसपछि अस्पतालको नियमित स्वास्थ्य सेवा प्रभावित भएको थियो। विपद्पछि अस्पतालको सरसफाइ तथा पुनःस्थापनाका लागि स्थानीयवासी, सुरक्षा निकाय, विभिन्न संघसंस्था र ...
। भोटेकोशी नदीमा आएको बाढीपश्चात् उत्पन्न हुनसक्ने स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै नेपाल प्रहरी अस्पताल महाराजगञ्जले नुवाकोटमा पाँच शय्या अस्थायी फिल्ड अस्पताल सञ्चालनमा ल्याएको छ । त्रिशूली नदीको बाढीले त्रिशूली अस्पतालसँगको सम्पर्क विच्छेद भइरहेको समयमा बाढीपश्चात् फैलन सक्ने रोगको सङ्क्रमण नियन्त्रणलाई मध्यनजर गर्दै नेपाल प्रहरीले पाँच श्ययाको लेभल-१ अस्पताल विदुरमा सञ्चालमा ल्याएको हो । अस्पतालबाट विशेषज्ञ चिकित्सकमार्फत चौबिसै ...
: बाढीपछिको सम्भावित स्वास्थ्य जोखिमलाई मध्य नजर गर्दै जिल्लामा आजदेखि हैजाविरुद्धको खोप अभियान सुरू भएको छ । नौकुण्ड गाउँपालिकाबाहेक जिल्लाका चारवटा गाउँपालिकामा यो अभियान एक हप्तासम्म सञ्चालन हुनेछ जिल्ला जनस्वास्थ्य प्रमुख निर्धोज मगरले बताए । उनका अनुसार गाउँपालिका स्वास्थ्य आमा समूह र महिला स्वास्थ्य स्यंसेविका समेतको सहयोगमा स्वास्थ्यकर्मीहरूले खोप लाग्नेछन्। खोप अभियानअन्तर्गत लक्षित चार ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम