मुख्य समाचार
संयुक्त अरब इमिरेट्स (यूएई) ले जेनजी आन्दोलपछि कडाइ गरेको भिसा आंशिक रूपमा खुला
संयुक्त अरब इमिरेट्स (यूएई) ले जेनजी आन्दोलपछि कडाइ गरेको भिसा आंशिक रूपमा खुला

। संयुक्त अरब इमिरेट्स (यूएई) ले जेनजी आन्दोलपछि कडाइ गरेको भिसा आंशिक रूपमा खुला गरेको छ । भिजिट भिसा र वर्किङ भिसामा कडाइ गरेको यूएईले भिसा आंशिक रूपमा मात्रै खुला गरेको हो ।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि यूएईले नेपालीलाई भिजिट तथा वर्किङ भिसा दिन कडाइ गरेको थियो । सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै भिसामा कडाइ गरेको यूएईले आंशिक रूपमा सहज बनाएको हो ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका सचिव कुन्छा दोर्जे डिम्दोङले विशेष सेक्टरमा भिसा जारी भएकाे पाइएको बताए । उनका अनुसार सरकारी तथा गैरसरकारी क्षेत्रका वर्किङ भिसा जारी भइरहेको छ तर, अन्यको हकमा कुनै जानकारी दिइएको छैन।

‘पहिला बाँकी रहेकोहरूको जारी भइरहेको छ । त्यो बाहेक विशेष सेक्टरमा भिसा आइरहेको छ । सेमी गभर्मेन्ट तथा सरकारसँग जोडिएका कम्पनीहरूको भिसा एप्रुभल भइरहेको छ डिम्दोङले भने ‘स्पेशल अप्प्रुभल मात्रै भइरहेको छ ।’


त्यस्तै भिजिट भिसाको हकमा समेत आंशिक मात्रै खुला गरिएको उनले बताए । यूएईले १६ नोभेम्बरमा मात्रै १८ जना नेपालीको भिसा जारी गरेको थियो ।

परराष्ट्र मन्त्रालयका अधिकारीहरूका अनुसार पूर्ण रूपमाा बन्द नभएको र आंशिक रूपमा भिसा जारी भइरहेको छ । नेपालले भिसामा देखिएको असहजता हटाउन यूएई सरकारसँग निरन्तर छलफल तथा सम्बाद गरिरहेको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता लोक बहादुर पौडेल क्षेत्रीले यस विषयमा सम्बन्धित निकायसँग समन्वय र छलफल चलिरहेको बताए ।

परराष्ट्र मन्त्रालयले नेपालस्थित यूएई दूतावास अधिकारीहरूसँग समेत निन्तर छलफल गर्दै आएको छ । त्यस्तै यूएईमा रहेको नेपाली दूतावासले समेत यूएईका अधिकारीहरूसँग निरन्तर छलफल जारी राखेका छन् ।

मंगलबार मात्रै यूएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीले यूएईको परराष्ट्र मन्त्रालयका अधिकारीसँग भेट गरेका छन् । कन्सुलर मामिला हेर्ने कार्यबाहक सहायक उपसचिव रसिद मधरसँग भेट गरेका हुन् ।

भेटका क्रममा युएईमा रहेका नेपालीहरूले भोग्नु परेका कन्सुलर तथा श्रमसँग सम्बन्धित विविध विषयमा छलफल भएको दूतावासले जनाएको छ । यूएईमा रोजगारी मात्रै नभई भ्रमणका लागि आउने नेपालीको भिसा सहजीकरण गर्ने विषयमा समेत छलफल भएको थियो ।

यूएईले भदौ ३० गतेदेखि भिसामा कडाइ गरेको थियो । भिसामा कडाइ गर्नुको औपचारिक जानकारी नदिएको यूएईले अनौपचारिक रूपमा भने नेपालको जेनजी आन्दोलनपछि देखिएको सुरक्षा चुनौतीलाई कारण देखाएको थियो ।

प्रमुख श्रम गन्तव्य मानिएको यूएईले भिसामा कडाइ गरेपछि एक महिनामै त्यहाँ पुग्ने औसत ९ हजार ७ सय प्रभावित भएका थिए । भदौमा १९ हजार ६ सय २ जनाले श्रम स्वीकृति लिएकोमा असोजमा घटेर ९ हजार ८ सय ९८ जना पुगेका थिए ।

भिसामा कडाइ गर्दा यूएईको श्रम मन्त्रालयबाट श्रम अनुमतिपत्र अर्थात ‘मोल’ लिएका ४ हजारभन्दा बढी भिसा पाउनबाट वञ्चित भएका थिए । अहिले मोल जारी भएकाहरूको हकमा भिसा आउने गरेको म्यानपावर व्यवसायीहरूले बताएका छन् ।

व्यवसायीहरूले सुरक्षालाई देखाएर भिसा रोक्न नहुने बताउँदै त्यसका लागि सरकारको तर्फबाट कूटनीतिक पहल प्रभावकारी नभएको आरोप लगाउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम