मुख्य समाचार
स्वास्थ्य मन्त्रालयले सूचना जारी गर्दै १० वर्षभन्दा पुराना एम्बुलेन्स सञ्चालन भएको पाइएमा सञ्चालन अनुमति दर्ता खारेज हुने
स्वास्थ्य मन्त्रालयले सूचना जारी गर्दै १० वर्षभन्दा पुराना एम्बुलेन्स सञ्चालन भएको पाइएमा सञ्चालन अनुमति दर्ता खारेज हुने

। १० वर्षभन्दा पुराना एम्बुलेन्स सञ्चालन गर्न नपाइने भएको छ ।

स्वास्थ्य मन्त्रालयले सोमबार सूचना जारी गर्दै १० वर्षभन्दा पुराना एम्बुलेन्स सञ्चालन भएको पाइएमा सञ्चालन अनुमति दर्ता खारेज हुने व्यवस्था गरिएको जनाएको छ । एम्बुलेन्स सेवालाई थप प्रभावकारी बनाउन सरकारले यस्तो निर्णय गरेको हो ।

त्यसैगरी भारतीय दूतावासबाट आवश्यक परमिट प्राप्त गरी पूर्ण रूपमा मापदण्ड पूरा गरेका एम्बुलेन्सलाई मात्रै भारत आवत–जावत गर्न अनुमति दिइने निर्णय भएको मन्त्रालयले जनाएको छ ।

सूचनामा भनिएको छ, ‘२०८२ मा एम्बुलेन्स पैठारीमा राजस्व छुट, सञ्चालन अनुमति, नवीकरण, अनुगमन तथा अनुमति खारेजजस्ता प्रावधानहरू स्पष्ट रूपमा व्यवस्था गरिएकोले उक्त निर्देशिका कडाइका साथ पालना गर्न मन्त्रालय सबै स्वास्थ्य सेवा प्रदायक, एम्बुलेन्स सञ्चालक, एम्बुलेन्स व्यवस्थापन समिति तथा सरोकारवाला सबैमा अनुरोध छ ।’

यो निर्णयसँगै सीमा क्षेत्रका बासिन्दा तथा आपत्कालीन अवस्थामा भारततर्फ रेफर गरिने बिरामीहरूलाई ठूलो राहत मिल्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— समय अगावै जन्मिएका नवजात शिशुको आँखामा समस्या हुन सक्ने भएकाले त्यसको पहिचान समयमै हुन अत्यन्तै जरुरी रहेको चिकित्सकहरुले बताएका छन् । आँखा रोग विशेषज्ञ (मेडिकल रेटिना कन्सलटेन्ट) डा एली प्रधान रञ्जितकारले समयपूर्व जन्मिएका शिशुका लागि २८ दिनभित्र आँखाको परीक्षण अनिवार्य रहेको बताइन् । समयमा गरिने उपचारले दृष्टिविहीन हुनबाट जोगिन सक्ने उनको भनाइ छ । नोभेम्बर १७ ...
‘संसद् पुनर्स्थापना हुनुपर्छ, तत्कालका लागि ओली प्रधानमन्त्री नबन्ने ग्यारेण्टी दिन एमाले तयार छ’
बेलायतले रोक्यो शरणार्थीले पाउने ‘गोल्डन टिकट’, अब सुरक्षा र सुविधाहरूमा कटौती हुने
हङकङमा नेपालीलाई ‘ट्रान्जिट भिसा’ नचाहिने
— उपल्लो डाेल्पाबाट हिँउमा फसेका पाँच जना प्रहरीको हेलिकप्टरबाट उद्धार गरिएको छ । शुक्रबार डाेल्पाेबुद्व गाउँपालिकास्थित धाेबाट नेपाली सेनाको हेलिकोप्टर मार्फत उद्धार गरिएकाे हाे । उद्वार हुने प्रहरीमा प्रहरी सहायक निरीक्षक देवदत्त पाण्डे, वरिस्ठ हवल्दार मणिराज जाेशी, हवल्दार जनकबहादुर कार्की, जवान नवराज भट्ट र नरेन्द्र भट्ट रहेका छन् । उद्धार गरिएका पाँचै जना शे-फोक्सुन्डो गाउँपालिका-१ निजालगुम्बास्थित अस्थायी ...