मुख्य समाचार
ओलीले निर्माण गरेको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियमको कुलमान घिसिङले जुँगा मुसार्दै उद्घाटन गरेको टिप्पणी
ओलीले निर्माण गरेको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियमको कुलमान घिसिङले जुँगा मुसार्दै उद्घाटन गरेको टिप्पणी

। नेकपा एमालेका नेता महेश बस्नेत केपी ओलीले निर्माण गरेको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियमको कुलमान घिसिङले जुँगा मुसार्दै उद्घाटन गरेको टिप्पणी गरेका छन् ।

राष्ट्रिय युवा संघ नेपालले सोमवार आयोजना गरेको कार्यक्रममा उनले एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री भएपछि पहिलो निर्णय नै क्रिकेट रंगशाला बनाउने गरेको स्मरण गरे ।

क्रिकेट स्टेडियम तीव्र गतिमा बनाउने लक्ष्य लिएपनि तोकिएको समयभन्दा अलि ढिलो हुन गएको उनले बताए ।

‘केपी शर्मा ओलीज्युले अघिल्लो कार्यकालमा प्रधानमन्त्री भएपछि पहिलो निर्णय नै उहाँले भन्नुभयो र म यो क्रिकेट स्टेडियम तिब्र गतिमा बनााउँछु भनेर उद्घोष गर्नुभयो, तोकिएको समयभन्दा अलि ढिला भयो,’ उनले भने, ‘केपी ओलीले बनाइदिएको क्रिकेट स्टेडियम सामाजिक सञ्जालमा आफूलाई हिरोको रुपमा प्रश्तुत गर्ने कुलमान घिसिङले हिजो जुँगा मुसार्दै उद्घाटन गर्नुभयो ।’

शहरी विकासमन्त्री कुलमान घिसिङले आईतवार साँझ स्तरोन्नती गरिएको त्रिवि मैदानको उद्घाटनसंगै नेपाल क्रिकेट संघलाई हस्तान्तरण गरेका थिए ।

सोमवारबाट नेपालमा शुरु भएको एनपीएल क्रिकेट खेलको जगतमा निकै महत्वपूर्ण भएको पनि उनको भनाइ छ ।

‘आजबाट नेपालमा एनपीएल सुरु हुँदैछ । क्रिकेट खेलको जगतमा यो प्रिमियम लिग निकै महत्वपूर्ण लिग हो । धेरै पुरानो कथा होइन, चारपाँच वर्ष अगाडिसम्म पनि क्रिकेट खेल हेर्ने दर्शकहरू कीर्तिपुरको ठूलो रुखको हाँगामा चढेर हेनुपर्थ्यो र कुन बेला हाँगो भाँचिएला र जोखिमपुर्ण दुर्घटनामा परिएला भन्ने चिन्ताले ग्रसित हुनुहुन्थ्यो,’ बस्नेतले भने ।

धरहरा, रानीपोखरी, सुरुङमार्ग लगायतका विकास निर्माणका कार्य केपी ओलीले गरेको पनि उनको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वउपप्रधानमन्त्री बामदेव गौतमले दलित भन्दै विभेद गर्ने हरूलाई आजीवन काराबासको हुने व्यवस्था गर्नुपर्ने बताएका छन् । सोमबार सिंहदरवारमा बसेको राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले सो प्रस्ताव गरेका हुन् । अहिले पनि संविधानमा नै दलित शब्द राख्ने काम पापकर्म भएको जिकिर गर्दै नेता गौतमले सो ...
। ठगी तथा संगठित अपराध मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहट कटहरिया नगरपालिका–१ ठेगाना भएका आकाश प्रसाद कुशवाहा छन् । नेसनल सेन्ट्रल ब्यूरो (एनसीबी) क्वालालम्पुरको समन्वयमा मलेसियामा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारबाही गर्न नेपाल फिर्ता ल्याइएको छ । उक्त मुद्दामा संलग्न रही फरार रहेका उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास ...
। प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सतर्कता केन्द्रलाई ४ बुँदे निर्देशन दिएकी छिन् । सार्वजनिक निकायहरुबाट हुने ढिलासुस्ती, अनियमितता, भ्रष्टाचार सम्बन्धमा प्राप्त उजुरीका सम्बन्धमा राष्ट्रिय सतर्कता केन्द्रको भूमिका थप प्रभावकारी बनाउन प्रधानमन्त्री कार्कीले निर्देशन दिएकी हुन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार, राष्ट्रिय सतर्कता केन्द्रका सचिव सरजुकुमार वैद्यसँग छलफलपछि प्रधानमन्त्री कार्कीले विभिन्न निर्देशन दिएकी हुन् । त्यसक्रममा उनले जेनजी आन्दोलनको मूल ...
। राष्ट्रिय परिवर्तन पार्टीले दल दर्ताको प्रमाणपत्र पाएको छ । अध्यक्षमा राजेश पटेल रहेका छन् । पटेल गत २४ भदौमा जेनजी आन्दोलनका क्रममा घाइते भएका व्यक्ति हुन् । यो पार्टीको चुनाव चिह्न बाँसुरी रहेको छ । गत कात्तिक २ गते दल दर्ताको निवेदन दिएका दिए । सोमबार दल दर्ताको प्रमाणपत्र पाएका हुन् । निर्वाचन आयोगबाट पार्टीको आधिकारिक ...
। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले ६ सय ७० मेगावाट दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन तत्काल टुंगो लगाउन एसियाली विकास बैंक (एडीबी) लाई आग्रह गरेका छन् । एडीबी दक्षिण एसिया विभाग उपमहानिर्देशक सोना श्रेष्ठ, एडीबी नेपाल आवासीय नियोग प्रमुख आर्नोड कुश्वा लगायत टोलीसँग सोमबार भएको भेटमा मन्त्री ...