मुख्य समाचार
बंगलादेशको ढाकामा सुरु भएको महिला कबड्डी विश्वकपमा नेपाली राष्ट्रिय महिला कबड्डी टोलीले विजयी सुरुवात
बंगलादेशको ढाकामा सुरु भएको महिला कबड्डी विश्वकपमा नेपाली राष्ट्रिय महिला कबड्डी टोलीले विजयी सुरुवात

। आजदेखि बंगलादेशको ढाकामा सुरु भएको महिला कबड्डी विश्वकपमा नेपाली राष्ट्रिय महिला कबड्डी टोलीले विजयी सुरुवात गरेको छ ।

पुल बी मा रहेको नेपालले सोमबार भएको आफ्नो पहिलो खेलमा जन्जिबारलाई ५८-१६ ले पराजित गरेको हो । यसै पुल अन्तर्गत भएको अन्य खेलमा इरानले पोल्याण्डलाई ५५-११ तथा चाइनिज ताइपेईले केन्यालाई ३८-१५ ले हरायो ।

यस्तै पुल ए मा रहेको आयोजक बंगलादेशले युगान्डालाई ४२-२२ ले पराजित गर्दै विजयी सुरुवात गरेको छ ।
महिला कबड्डी विश्वकपमा कूल ११ टोलीको सहभागिता रहेको छ । सहभागि टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । दुवै समूहका शीर्ष दुई स्थानमा रहने टोली सेमिफाइनल प्रवेश गर्नेछन् । नेपालले सेमिफाइनल पुग्ने लक्ष्य राखेको छ ।

नेपालले आफ्नो दोस्रो खेल मंगलबार पोल्याण्डसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। एएफसी एसियन कप छनोट अन्तर्गत नेपालले समूह एफको खेलमा आज मलेसियासँग खेल्दैछ । नेपाल र मलेसियाबीचको खेल क्वालालम्बुरस्थित बुकित जलिल नेसनल स्टेडियममा नेपाली समय अनुसार बेलुका ६:४५ बजे सुरु हुनेछ । एसियन कप छनोट हुने होडबाट बाहिरिसकेको नेपालको यो पाँचौ खेल हुनेछ । यसअघि खेलेका चारै खेलमा नेपाल पराजित भएको छ । मलेसियाविरुद्धको खेल नेपालले घरेलु मैदानमा ...
: नेपाल प्रिमियर लिगको दोस्रो संस्करणको पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई काठमाडौं गोर्खाजले ५ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको छ। दोस्रो खेलमा आज पहिलो संस्करणमा प्लेअफ खेलेका २ टिमबिच प्रतिस्पर्धा हुँदैछ। पहिलो सिजनमा तेस्रो भएको टोली चितवन राइनोजले चौथो भएको कर्णाली याक्ससँग खेल्दैछ। चितवन राइनोजको कप्तानी युवा खेलाडी मार्की कुशल मल्लले गर्दैछन्। कर्णाली ...
। एनपीएलको उद्घाटन खेलमा काठमाडौं गोर्खाजले जनकपुर बोल्टसलाई ५ विकेटले पराजित गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको जनकपुरले दिएको १३१ रनको लक्ष्य काठमाडौंले १८ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको हो । लक्ष्य भेटाउन काठमाडौंका बेन चार्ल्सवर्थले ४६, आकाश त्रिपाठीले ३९, मिलिन्ड कुमारले १९ र जोन सिम्पसनले १३ रनको योगदान गरे । जनकपुरका किशोर महतो, ...
— पोर्चुगल र नर्वे विश्वकप २०२६ का लागि आइतबार छनोट भएका छन् । पोर्चुगलले यसका लागि आर्मेनियालाई ९–१ ले पराजित गर्‍यो । यस्तै इर्लिङ हालान्डको दुई गोलको मदतले नर्वेले इटालीलाई ४–१ ले हरायो । समूह ‘एफ’ को खेलमा पोर्चुगलले पुछारमा रहेको आर्मेनियालाई सजिलै पन्छाएको हो र यसमा ब्रुनो फर्नान्डेज तथा जाओ नेभेसले ह्याट्रिक गरे । पोर्चुगलले ...
— नेपाल प्रहरीले त्रिभुवन विश्वविद्यालयस्थित अन्तर्राष्ट्रिय क्रिकेट खेलमैदान आसपास क्षेत्रमा अनावश्यक भिडभाड नगर्न आग्रह गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले सूचना जारी गर्दै आजदेखि नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणका खेल सुरु भएकाले खेलमैदानबाहिर भिडभाड नगर्न आग्रह गरेको हो । प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले आजको खेलका सम्पूर्ण टिकट बिक्री भइसकेको जानकारी सम्बन्धित निकायबाट प्राप्त भएकाले खेलमैदानबाहिर ...