मुख्य समाचार
एएफसी एसियन कप छनोट अन्तर्गत नेपालले समूह एफको खेलमा आज मलेसियासँग खेल्दै
एएफसी एसियन कप छनोट अन्तर्गत नेपालले समूह एफको खेलमा आज मलेसियासँग खेल्दै

। एएफसी एसियन कप छनोट अन्तर्गत नेपालले समूह एफको खेलमा आज मलेसियासँग खेल्दैछ ।

नेपाल र मलेसियाबीचको खेल क्वालालम्बुरस्थित बुकित जलिल नेसनल स्टेडियममा नेपाली समय अनुसार बेलुका ६:४५ बजे सुरु हुनेछ ।




एसियन कप छनोट हुने होडबाट बाहिरिसकेको नेपालको यो पाँचौ खेल हुनेछ । यसअघि खेलेका चारै खेलमा नेपाल पराजित भएको छ ।

मलेसियाविरुद्धको खेल नेपालले घरेलु मैदानमा खेल्नुपर्ने भएपनि दशरथ रंगशाला अयोग्य बन्दा नेपालले विपक्षीकै मैदानमा गएर खेल्न लागेको हो ।




नेपालले समूह एफको पहिलो खेल नै २०२५ मार्तमा मलेसिया विरुद्ध घरेलु मैदानमा खेल्ने तय थियो । त्यसबेला पनि दशरथ रंगशालमा एएफसी छनोट खेलाउन लायक नभएको भन्दै नेपाल र मलेसियाको होम म्याच स्वाप गर्ने गरी पहिलो खेल नेपालले मलेसियामा खेलेको थियो ।

त्यसपछि नेपालले अहिले हुन लागेको खेल घरेलु मैदानमा खेल्ने आशा थियो । तर पछिल्लो समय विभिन्न कारणले गर्दा दशरथ रंगशाला लगातार अयोग्य बन्दै जाँदा नेपालले यस पटक छनोटका कुनै पनि खेल घरेलु मैदानममा खेल्न पाएको छैन ।

यसअघि मलेसियामा भएको खेलमा नेपाल २-० ले पराजित भएको थियो ।

नेपाली राष्ट्रिय टिमका लागि संयुक्त रुपमा सर्वाधिक १३ गोल गरेका पूर्व कप्तान हरि खड्का यस पटक नेपाली टिमको अन्तरिम मुख्य प्रशिक्षक छन् ।

उनको प्रशिक्षणमा नेपालले पाँच दिनअघि बंगलादेशसँग मैत्रीपूर्ण खेल खेलेको थियो । खड्काको प्रशिक्षण डेब्युमा नेपालले बंगलादेशसँग २-२ को बराबरी खेलेको थियो ।
एसियन कप छनोटमा खड्काले प्रशिक्षकको रुपमा यसै खेलबाट डेब्यू गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। एसियन गेम्सको महिला क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले चीनलाई १९ रनले पराजित गरेको छ । नेपालले दिएको १२६ रनको लक्ष्य पछ्याएको चीनले २० ओभरमा ५ विकेट गुमाएर १०६ रन बनायो । कप्तान झु मिङ्गेले सर्वाधिक ३० रन बनाइन् । वान हुइङले २१ रन बनाइन् । वेइ हाइटिङले १८ तथा लि जियापिङले १५ रन ...
। पानामाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । टोलीमा जोसे कोर्डोबा समावेश छन् । २४ वर्षीय डिफेन्डर कोर्डोबा इंग्लिस क्लब नर्विच सिटीबाट खेल्दै आएका छन् र टोलीमा रहेका एकमात्र बेलायतमा खेल्ने खेलाडी हुन् । पानामा समूह ‘एल’ मा रहेको छ, जहाँ उसले इङ्ल्यान्ड, क्रोएसिया र घानासँग प्रतिस्पर्धा गर्नेछ । इंग्ल्यान्डविरुद्धको ...
। अमेरिकाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । प्रशिक्षक माउरिसियो पोचेटिनोले टोलीमा टायलर एडम्स र एनटनी रोबिन्सनलाई समेटेका छन् । साथै क्रिस्टियन पुलिसिक, वेस्टन म्याककेनी, जियो रेना र हाजी राइट पनि टोलीमा परेका छन् । आयोजक अमेरिकाले समूह ‘डी’ मा जुन १३ मा पाराग्वे विरुद्ध पहिलो खेल खेल्नेछ । त्यसपछि ...
। मोरक्कोले फिफा विश्वकप २०२६ का लागि आफ्नो अन्तिम टोली घोषणा गरेको छ । टोलीमा कप्तान अचरफ हाकिमी चोटका बाबजुद समावेश भएका छन् । अचरफ हाकिमी अप्रिलमा बायर्न म्युनिखविरुद्धको च्याम्पियन्स लिग सेमिफाइनलमा घाइते भएपछि मैदानबाहिर छन् । तर उनलाई विश्वकप टोलीमा स्थान दिइएको छ । टोलीमा नुसाएर मजराउई, इसा डियोप, ब्राहिम डियाज, सोफियान अम्राबात र बिलाल एल ...
। फिफा विश्वकप २०२६ का लागि स्पेनको अन्तिम टोली घोषणा भएको छ । घोषित टोलीमा रियल मड्रिडका कुनै पनि खेलाडी परेका छैनन् । विश्वकप इतिहासमा पहिलो पटक स्पेनको टोलीमा रियल मड्रिडका एक जना पनि खेलाडी नपरेका हुन् । चोटका कारण डानी कार्भाजाल बाहिर छन् भने डिन हुइसेन पनि अन्तिम टोलीमा अटाएनन् । यता ला लिगा च्याम्पियन बार्सिलोनाबाट ...