मुख्य समाचार
एएफसी एसियन कप छनोट अन्तर्गत नेपालले समूह एफको खेलमा आज मलेसियासँग खेल्दै
एएफसी एसियन कप छनोट अन्तर्गत नेपालले समूह एफको खेलमा आज मलेसियासँग खेल्दै

। एएफसी एसियन कप छनोट अन्तर्गत नेपालले समूह एफको खेलमा आज मलेसियासँग खेल्दैछ ।

नेपाल र मलेसियाबीचको खेल क्वालालम्बुरस्थित बुकित जलिल नेसनल स्टेडियममा नेपाली समय अनुसार बेलुका ६:४५ बजे सुरु हुनेछ ।




एसियन कप छनोट हुने होडबाट बाहिरिसकेको नेपालको यो पाँचौ खेल हुनेछ । यसअघि खेलेका चारै खेलमा नेपाल पराजित भएको छ ।

मलेसियाविरुद्धको खेल नेपालले घरेलु मैदानमा खेल्नुपर्ने भएपनि दशरथ रंगशाला अयोग्य बन्दा नेपालले विपक्षीकै मैदानमा गएर खेल्न लागेको हो ।




नेपालले समूह एफको पहिलो खेल नै २०२५ मार्तमा मलेसिया विरुद्ध घरेलु मैदानमा खेल्ने तय थियो । त्यसबेला पनि दशरथ रंगशालमा एएफसी छनोट खेलाउन लायक नभएको भन्दै नेपाल र मलेसियाको होम म्याच स्वाप गर्ने गरी पहिलो खेल नेपालले मलेसियामा खेलेको थियो ।

त्यसपछि नेपालले अहिले हुन लागेको खेल घरेलु मैदानमा खेल्ने आशा थियो । तर पछिल्लो समय विभिन्न कारणले गर्दा दशरथ रंगशाला लगातार अयोग्य बन्दै जाँदा नेपालले यस पटक छनोटका कुनै पनि खेल घरेलु मैदानममा खेल्न पाएको छैन ।

यसअघि मलेसियामा भएको खेलमा नेपाल २-० ले पराजित भएको थियो ।

नेपाली राष्ट्रिय टिमका लागि संयुक्त रुपमा सर्वाधिक १३ गोल गरेका पूर्व कप्तान हरि खड्का यस पटक नेपाली टिमको अन्तरिम मुख्य प्रशिक्षक छन् ।

उनको प्रशिक्षणमा नेपालले पाँच दिनअघि बंगलादेशसँग मैत्रीपूर्ण खेल खेलेको थियो । खड्काको प्रशिक्षण डेब्युमा नेपालले बंगलादेशसँग २-२ को बराबरी खेलेको थियो ।
एसियन कप छनोटमा खड्काले प्रशिक्षकको रुपमा यसै खेलबाट डेब्यू गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। आजदेखि बंगलादेशको ढाकामा सुरु भएको महिला कबड्डी विश्वकपमा नेपाली राष्ट्रिय महिला कबड्डी टोलीले विजयी सुरुवात गरेको छ । पुल बी मा रहेको नेपालले सोमबार भएको आफ्नो पहिलो खेलमा जन्जिबारलाई ५८-१६ ले पराजित गरेको हो । यसै पुल अन्तर्गत भएको अन्य खेलमा इरानले पोल्याण्डलाई ५५-११ तथा चाइनिज ताइपेईले केन्यालाई ३८-१५ ले हरायो । यस्तै पुल ए ...
: नेपाल प्रिमियर लिगको दोस्रो संस्करणको पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई काठमाडौं गोर्खाजले ५ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको छ। दोस्रो खेलमा आज पहिलो संस्करणमा प्लेअफ खेलेका २ टिमबिच प्रतिस्पर्धा हुँदैछ। पहिलो सिजनमा तेस्रो भएको टोली चितवन राइनोजले चौथो भएको कर्णाली याक्ससँग खेल्दैछ। चितवन राइनोजको कप्तानी युवा खेलाडी मार्की कुशल मल्लले गर्दैछन्। कर्णाली ...
। एनपीएलको उद्घाटन खेलमा काठमाडौं गोर्खाजले जनकपुर बोल्टसलाई ५ विकेटले पराजित गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको जनकपुरले दिएको १३१ रनको लक्ष्य काठमाडौंले १८ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको हो । लक्ष्य भेटाउन काठमाडौंका बेन चार्ल्सवर्थले ४६, आकाश त्रिपाठीले ३९, मिलिन्ड कुमारले १९ र जोन सिम्पसनले १३ रनको योगदान गरे । जनकपुरका किशोर महतो, ...
— पोर्चुगल र नर्वे विश्वकप २०२६ का लागि आइतबार छनोट भएका छन् । पोर्चुगलले यसका लागि आर्मेनियालाई ९–१ ले पराजित गर्‍यो । यस्तै इर्लिङ हालान्डको दुई गोलको मदतले नर्वेले इटालीलाई ४–१ ले हरायो । समूह ‘एफ’ को खेलमा पोर्चुगलले पुछारमा रहेको आर्मेनियालाई सजिलै पन्छाएको हो र यसमा ब्रुनो फर्नान्डेज तथा जाओ नेभेसले ह्याट्रिक गरे । पोर्चुगलले ...
— नेपाल प्रहरीले त्रिभुवन विश्वविद्यालयस्थित अन्तर्राष्ट्रिय क्रिकेट खेलमैदान आसपास क्षेत्रमा अनावश्यक भिडभाड नगर्न आग्रह गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले सूचना जारी गर्दै आजदेखि नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणका खेल सुरु भएकाले खेलमैदानबाहिर भिडभाड नगर्न आग्रह गरेको हो । प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले आजको खेलका सम्पूर्ण टिकट बिक्री भइसकेको जानकारी सम्बन्धित निकायबाट प्राप्त भएकाले खेलमैदानबाहिर ...