मुख्य समाचार
सर्वोच्च अदालतले मधेस प्रदेशका पाँच प्रदेश सभा सदस्यहरूलाई तत्काल पदमुक्त नगर्न अल्पकालीन अन्तरिम आदेश
सर्वोच्च अदालतले मधेस प्रदेशका पाँच प्रदेश सभा सदस्यहरूलाई तत्काल पदमुक्त नगर्न अल्पकालीन अन्तरिम आदेश

: सर्वोच्च अदालतले मधेस प्रदेशका पाँच प्रदेश सभा सदस्यहरूलाई तत्काल पदमुक्त नगर्न सोमबार अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासले मधेस प्रदेशका पाँच सांसदलाई तत्काल पदमुक्त नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो।गत कात्तिक २७ गते मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलले जनता समाजवादीका ४ र नागरिक उन्मुक्ति पार्टीका एक गरी पाँच सांसदलाई पदमुक्त
गरेका थिए।

जनता समाजवादी पार्टीका सांसदहरू मनीषकुमार सुमन, सञ्जयकुमार यादव, सिंहासन कलवार, शारदा र शंकरप्रसाद कलवारलाई पदमुक्त गरेका थिए।त्यस्तै, नागरिक उन्मुक्ति पार्टीकी उर्मिलादेवी सिंहलाई सभामुख मण्डलले पदमुक्त गर्दै सूचना जारी गराएका थिए।सभामुख मण्डलले नेपालको संविधानको धारा १८०(घ) बमोजिम प्रदेश सभामा लगातार १० वटा बैठकमा अनुपस्थित रहेको उल्लेख गर्दै प्रदेश सभा सदस्यबाट पदमुक्त गरेको सूचना जारी गरेका थिए ।

सभामुख मण्डलको उक्त निर्णयविरुद्ध प्रदेश सभा सदस्यहरूले कात्तिक ३० गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए। न्यायधाीश पाण्डेयको एकल इजलासले अल्पकालीन अन्तरिम आदेशसँगै कारण देखाऊ आदेश पनि जारी गरेको छ। त्यस्तै, अन्तरिम आदेशमा छलफलका लागि दुवै पक्षलाई बोलाएको छ ।

गत कात्तिक २७ गते सभामुख मण्डलले पदअनुकूल आचारण नगरेको भन्दै असन्तुष्ट सात राजनीतिक दलले उनीविरुद्ध प्रस्ताव दर्ता गराएका छन्।सात दलीय गठबन्धनले प्रदेश सभा सचिवालय पुगेर सभामुखविरुद्ध प्रस्ताव दर्ता गरेका हुन्। त्यसलगत्तै सभामुख मण्डलले पनि पाँच सांसदलाई पदमुक्त गरेका हुन्।प्रदेश सभा कार्य सञ्चालन नियमावली २०७५ बमोजिम सभामुखलाई पदीयअनुकूल आचरणसम्बन्धी दर्ता गराउने व्यवस्था छ। यसमा ६४ जना सांसदले हस्ताक्षर गरेका छन्। तर, सभामुखविरुद्ध अविश्वास प्रस्ताव पारित गर्न दुईतिहाइ बहुमतले पारित गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेकपा एमालेका नेता महेश बस्नेत केपी ओलीले निर्माण गरेको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियमको कुलमान घिसिङले जुँगा मुसार्दै उद्घाटन गरेको टिप्पणी गरेका छन् । राष्ट्रिय युवा संघ नेपालले सोमवार आयोजना गरेको कार्यक्रममा उनले एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री भएपछि पहिलो निर्णय नै क्रिकेट रंगशाला बनाउने गरेको स्मरण गरे । क्रिकेट स्टेडियम तीव्र गतिमा बनाउने लक्ष्य लिएपनि ...
। नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वउपप्रधानमन्त्री बामदेव गौतमले दलित भन्दै विभेद गर्ने हरूलाई आजीवन काराबासको हुने व्यवस्था गर्नुपर्ने बताएका छन् । सोमबार सिंहदरवारमा बसेको राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले सो प्रस्ताव गरेका हुन् । अहिले पनि संविधानमा नै दलित शब्द राख्ने काम पापकर्म भएको जिकिर गर्दै नेता गौतमले सो ...
। ठगी तथा संगठित अपराध मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहट कटहरिया नगरपालिका–१ ठेगाना भएका आकाश प्रसाद कुशवाहा छन् । नेसनल सेन्ट्रल ब्यूरो (एनसीबी) क्वालालम्पुरको समन्वयमा मलेसियामा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारबाही गर्न नेपाल फिर्ता ल्याइएको छ । उक्त मुद्दामा संलग्न रही फरार रहेका उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास ...
। प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सतर्कता केन्द्रलाई ४ बुँदे निर्देशन दिएकी छिन् । सार्वजनिक निकायहरुबाट हुने ढिलासुस्ती, अनियमितता, भ्रष्टाचार सम्बन्धमा प्राप्त उजुरीका सम्बन्धमा राष्ट्रिय सतर्कता केन्द्रको भूमिका थप प्रभावकारी बनाउन प्रधानमन्त्री कार्कीले निर्देशन दिएकी हुन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार, राष्ट्रिय सतर्कता केन्द्रका सचिव सरजुकुमार वैद्यसँग छलफलपछि प्रधानमन्त्री कार्कीले विभिन्न निर्देशन दिएकी हुन् । त्यसक्रममा उनले जेनजी आन्दोलनको मूल ...
। राष्ट्रिय परिवर्तन पार्टीले दल दर्ताको प्रमाणपत्र पाएको छ । अध्यक्षमा राजेश पटेल रहेका छन् । पटेल गत २४ भदौमा जेनजी आन्दोलनका क्रममा घाइते भएका व्यक्ति हुन् । यो पार्टीको चुनाव चिह्न बाँसुरी रहेको छ । गत कात्तिक २ गते दल दर्ताको निवेदन दिएका दिए । सोमबार दल दर्ताको प्रमाणपत्र पाएका हुन् । निर्वाचन आयोगबाट पार्टीको आधिकारिक ...