मुख्य समाचार
‘न्यु ग्लेन’ नामक अन्तरिक्षयान मंगल ग्रहतर्फ पठाएका छन्
‘न्यु ग्लेन’ नामक अन्तरिक्षयान मंगल ग्रहतर्फ पठाएका छन्

— अमेरिकी अर्बपति जेफ बेजसको अन्तरिक्षसम्बन्धी कम्पनी ब्लु अरिजिनले बिहीबार मात्रै ‘न्यु ग्लेन’ नामक अन्तरिक्षयान मंगल ग्रहतर्फ पठाएका छन् ।


अमेरिकी अन्तरिक्ष एजेन्सी नासासँगको सहकार्यमा ‘एनजी-२’ नाम दिइएको यस मिसनमा न्यु ग्लेनले ब्लु र गोल्ड नामक दुईवटा भूउपग्रह मंगलको कक्षमा पुर्‍याउने योजना छ । यो यान केही समयका लागि अन्तरिक्षमै रहने र पृथ्वी-मंगलबीचको रेखांकन मिलेपछि मात्रै त्यता उड्नेछ । सन् २०२७ ब्लु अरिजिन मार्सको कक्षमा पुग्ने समय तालिका छ ।

नासाको इस्पेकेड प्रोग्रामअन्तर्गत सञ्चालित यस मिसनले मंगलको वायुमण्डल र सौर्यवायु (सोलार विन्ड) सँग यसको सम्पर्कबारे अध्ययन गर्नेछ । कुल ३ सय २२ फुट अग्लो न्यु ग्लेन रकेटमा सातवटा बीई-४ इन्जिन छन् । मौसमका कारण कैयौंपटक प्रक्षेपण रद्द गर्दै अन्तत: फ्लोरिडाको केप क्यानाभेरलबाट यान प्रक्षेपण गरिएको थियो ।

नासा साइन्सका अनुसार इस्केपेड स्याटलाइटहरूले मंगलको परिक्रमा गर्दै भविष्यका सम्भावित मानव मिसनका लागि महत्वपूर्ण जानकारी पठाउनेछन् । ब्लु अरिजिनका लागि यो निकै महत्वपूर्ण क्षण रहेको छ । किनभने कम्पनीले यसअघि नासास्तरका वैज्ञानिक अन्तरिक्ष अभियानमा काम गरेको थिएन ।

नासाले यो मिसनका लागि लगभग ५ करोड ५० लाख डलर खर्च गरेको थियो । त्यसमध्ये ब्लु अरिजिनलाई न्यु ग्लेनको उडान शुल्कबापत १ करोड ८० लाख डलर भुक्तानी गरिएको थियो । यस मिसनको सबैभन्दा ठूलो सफलता न्यु ग्लेनको पुन: प्रयोग गर्न मिल्ने रकेट (फर्स्ट-स्टेज बुस्टर) को अवतरण थियो । कुल १७ तला अग्लो यो बुस्टर जेफ बेजसकी आमाको सम्मानमा ‘ज्याक्लिन’ नाम दिइएको जहाजमा सफलतापूर्वक अवतरण गरेको थियो । ब्लु अरिजिनका सीईओ डेभ लिम्पले यसलाई ठूलो सफलता भएको उल्लेख गरेका छन् ।

यो साता बेजसको ब्लु अरिजिनको चर्चा भइरहे पनि मंगल ग्रहसम्बन्धी महत्वा‌ंक्षी अभियानहरूमा अर्का अर्बपति इलन मस्कको कम्पनी स्पेस एक्स प्रभावशाली रहँदै आएको छ । मस्कले मंगलमा दीर्घकालीन मानव बस्ती खडा गर्ने र त्यसका लागि स्पेस एक्सले बनाएको स्टारसिप रकेटमार्फत अन्तरग्रहमा आवत-जावतको परिकल्पना गरेका छन् । स्पेस एक्सले स्टारसिपका एकभन्दा बढी यान बनाएर परीक्षण उडानसम्म गरिसकेको छ । मानवसहितको प्रक्षेपणका लागि पनि तयारी भइरहेको मस्कले बताउने गरेका छन् ।

स्पेस एक्सले सन् २०२६ सम्ममा पहिलो स्टारसिप प्रक्षेपण गर्ने तयारी गरिरहेको छ । तस्बिर: स्पेसएक्स

सन् २०२५ सम्ममा नासा र निजी कम्पनीहरूले ५० भन्दा धेरै मिसनहरू मंगल ग्रहमा पठाइसकेका छन् । त्यसमा अर्बिटर (परिक्रमा गर्ने यान), ल्यान्डर (अवतरण गर्ने यान) र रोभर (गुड्ने यान) हरू छन् । त्यहाँ अहिले पर्सिभरेन्स रोभर, क्युरोसिटी र इनसाइटजस्ता २० भन्दा धेरै सक्रिया भूउपग्रह र रोबटमा आधारित अन्वेषक (रोबोटिक एक्स्प्लोरर) हरू छन् ।

मंगल ग्रहको अवलोकनका लागि नासाको मार्स रिकन्साइन्स अर्बिटर, ईएसको मार्स एक्सप्रेस वा भारतको मंगलयानजस्ता उच्च-क्षमताका दूरबिन (टेलिस्कोप) हरू निर्माण गरिएका छन् । यस्ता टेलिस्कोप कुनै पृथ्वीमै छन् भने कुनै अन्तरिक्षमा छन् ।

यिनले मंगलको भूबनोट, मौसम र जीवनको सम्भावनाबारे पृथ्वीमा रहेका वैज्ञानिकहरूलाई बुझ्न मद्दत पुग्ने विभिन्न सूचना, तस्बिर, भिडियो पठाइरहेका छन् । कतिपयले त्यहाँको बालुवा, चट्टानजस्ता स्रोतको नमुना संकलन गर्ने गरेका छन्, जुन अर्को यानबाट पृथ्वीमा ल्याई अध्ययन गरिन्छ ।

मंगल ग्रहको अन्वेषणका लागि नासा, ईएसए, स्पेस एक्स, ब्लु अरिजिनसँगै अन्य एजेन्सीहरूले संयुक्त रूपमा १ सय अर्ब डलरभन्दा धेरै खर्च गरिसकेका छन् । ब्लु अरिजिनको न्यु ग्लेन निर्माण गर्न मात्रै अर्बौँ डलर खन्याइएको थियो । यसको सफल प्रक्षेपणले भविष्यका कर्मसियल पेलोड्स (पैसा तिरेर आफ्ना सामान अन्तरिक्षमा पठाउने) र मानवसहितको उडानका लागि बाटो खोलेको विश्लेषण भइरहेको छ ।

सन् २०२१ मा मंगल ग्रहको जेजिरो क्रेटरनजिक अवतरण गरेको नासाको पर्सिभरेन्स रोभर । प्रतिघण्टा ७९ हजार किलोमिटरको गतिमा उडेको यस यानलाई पृथ्वीबाट मंगलमा पुग्न ८ महिना लागेको थियो । तस्बिर: न

मंगल ग्रहसम्बन्धी खोज, अनुसन्धान र भविष्यमा त्यहाँ मानव उपनिवेश खडा गर्ने प्रयत्नमा अमेरिका, चीन, भारत, युरोपेली संघ र संयुक्त अरब इमिरेट्स मुख्य रूपमा लागिपरेका छन् । अमेरिकाले मंगलको सतह, वायुमण्डल र प्राचिन जीवनको संकेतसम्बन्धी अनुसन्धानमा जोड दिएको छ ।

सन् २०३० मा मंगलमा मानव मिसनको तयारी पनि अमेरिकाले गरिरहेको बुझिन्छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले शपथ ग्रहण गरेकै दिन इलन मस्कलाई छेउमा राखेर जतिसक्दो छिटो मंगलमा अमेरिकी अन्तरिक्ष यात्रीद्वार राष्ट्रिय झन्डा गाडेरै छोड्ने घोषणा गरेका थिए ।

चीनले ताइवेन-१ अभियानअन्तर्गत अर्बिटर, ल्यान्डर र झुरुङ रोभर मंगलमा पठाएको छ । भारतले पनि सन् २०१३ देखि नै मंगल ग्रहको खोज र अनुसन्धानमा प्रयत्न गर्दै आएको छ । त्यो बेला मंगलयान पठाएको भारतले सन् २०३० सम्ममा मंगलयान-२ प्रक्षेपण गर्ने लक्ष्य लिएको छ । मंगलयान-१ मा अर्बिटर मिसन रहेकोमा २ मा भने ल्यान्डर नै पठाउने भारतको तयारी छ । संयुक्त अरब इमिरेट्सले सन् २०२१ मा होप प्रोब पठाएको थियो । (एजेन्सीको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— अमेरिकी रक्षा मन्त्रालय, पेन्टागनले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग बढाउन गुगल, ओपनएआई र एक्सएआईसँग नयाँ सम्झौता गरेको छ । आफ्ना पछिल्ला सैन्य र अन्य रक्षा गतिविधिमा पेन्टागनले एआई प्रविधिको प्रयोग बढाएको देखिन्छ । सीएनएनमा प्रकाशित समाचारअनुसार माइक्रोसफ्ट, अमेजन वेब सर्भिसेज, एनभिडिया, ओर्‍याकल र रिफ्लेक्सन गरी एकसाथ ८ ठूला प्रविधि कम्पनीका विभिन्न एआई सेवा र ...
। आन्ध्र महासागरमा यात्रारत एक पर्यटकीय क्रुज पानीजहाजमा घातक हन्टाभाइरसको प्रकोप फैलिएको आशङ्का गरिएको छ । यसका कारण हालसम्म तीन जनाको मृत्यु भइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। अर्जेन्टिनाबाट केप भर्डेका लागि छुटेको एमभी होन्डियस नामक पानीजहाजमा यो समस्या देखिएपछि डब्लुएचओले एक जनामा संक्रमणको पुष्टि भएको र अन्य पाँच जना शंकास्पद बिरामी रहेको जानकारी दिएको छ। दक्षिण ...
: यमनले सोमालियातर्फ जाँदै गरेको आफ्नो तेल ट्याङ्कर अपहरणमा परेको जनाएको छ । यमनको कोस्ट गार्डले समुद्र किनारबाट अपहरण गरिएको एउटा तेल ट्यांकर फिर्ता ल्याउने प्रयास भइरहेको बताएको छ । अपहरण गरिएको जहाज सोमालियातर्फ लगिएको यमनले जनाएको छ । एम टी युरेका नामक ट्यांकर यमनको दक्षिणपूर्वी शब्वा प्रान्त नजिकबाट अपहरण गरिएको कोस्ट गार्डले जनाएको छ ...
: इजरायली सेनाले आइतबार दक्षिणी लेबनानका बासिन्दाहरूलाई आफ्नो घर तुरुन्त खाली चेतावनी दिएको छ । इजरायली सेनाले उनीहरूलाई कम्तीमा १००० मिटर टाढा खुला क्षेत्रमा जान चेतावनी दिएको हो । सेनाले दक्षिणी लेबनानका ११ वटा शहर र गाउँहरूमा आक्रमण गर्ने बताएको छ । बेलायती पत्रिका ‘द इन्डिपेन्डेन्ट’ का अनुसार सेनाले यो कारबाही हिजबुल्लाहविरुद्ध भएको दाबी गरेको छ ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको नयाँ शान्ति प्रस्तावको समीक्षा गरिरहेको बताउँदै इरानले अझै ठूलो मूल्य चुकाइनसकेको बताएका छन् । राष्ट्रपति ट्रम्पले तेहरानबाट आएको नयाँ शान्ति प्रस्तावको समीक्षा गरिने बताएका छन् । तर उनले यसको सम्भावनाप्रति शंका व्यक्त गर्दै भनेका छन्, ‘इरानले अझै ‘ठूलो मूल्य चुकाएको छैन ।’ इरानको अर्धसैनिक रिभोलुसनरी गार्डसँग नजिकका इरानका दुई अर्ध–सरकारी ...