मुख्य समाचार
समय अगावै जन्मिएका शिशुको अनिवार्य आँखा परीक्षण गर्न चिकित्सकको सुझाव
समय अगावै जन्मिएका शिशुको अनिवार्य आँखा परीक्षण गर्न चिकित्सकको सुझाव

— समय अगावै जन्मिएका नवजात शिशुको आँखामा समस्या हुन सक्ने भएकाले त्यसको पहिचान समयमै हुन अत्यन्तै जरुरी रहेको चिकित्सकहरुले बताएका छन् ।


आँखा रोग विशेषज्ञ (मेडिकल रेटिना कन्सलटेन्ट) डा एली प्रधान रञ्जितकारले समयपूर्व जन्मिएका शिशुका लागि २८ दिनभित्र आँखाको परीक्षण अनिवार्य रहेको बताइन् । समयमा गरिने उपचारले दृष्टिविहीन हुनबाट जोगिन सक्ने उनको भनाइ छ ।

नोभेम्बर १७ मा समय अगावै जन्मिएका नवजात शिशु दिवस (वर्ल्ड प्रिम्याचुरिटी डे) मनाउने गरिन्छ । यस दिवसले समयपूर्व जन्मिएका शिशु र तिनका परिवारले सामना गर्ने चुनौतीबारे सचेतना बढाउने लक्ष्य राखेको छ ।

यही दिवसका अवसरमा डा प्रधानले भनिन्, 'त्यस्ता शिशुको हकमा ‘रेटिनोप्याथी अफ प्रिम्यच्युरिटी’(आरओपी) जस्ता गम्भीर आँखा रोगको जोखिम उच्च हुन्छ । भर्खरै जन्मिएको नवजात शिशुको आँखा परीक्षण अनिवार्य गर्नुपर्छ । गर्नुभएको छैन भने परीक्षण गराउनुपर्छ नभए जोखिम बढ्दै जान्छ ।'

बाल आँखा रोग विशेषज्ञ डा सिर्जना अधिकारीका अनुसार नौ महिना पुग्नुअघि नै कुनै शिशु जन्मेको छ त्यो बच्चाको आँखाको पर्दामा केही समस्या देखिन सक्छ । 'जसमा आँखाको पर्दामा रगत जम्ने र समयमा उपचार पाएन भने आँखाको पर्दा र रगतको नशा च्यातिएर बच्चा अन्धो पनि हुन सक्छ । त्यसैले त्यस्ता शिशुलाई एक महिनाभित्र आँखा विशेषज्ञलाई भेटेर परीक्षण गराइहाल्नुपर्छ,' उनले भनिन् ।


डा प्रधानका अनुसार विश्वभर प्रत्येक १० मध्ये एक शिशु समय अगावै जन्मिन्छिन् र नेपालमा यीमध्ये ३० प्रतिशत शिशुमा आरओपी भएको पाइन्छ । उनले ३४ हप्ता अगावै जन्मिएका, दुई किलोभन्दा कम तौल भएका, नवजात शिशु सघन उपचार कक्ष (एनआइसियू) मा धेरै दिन भर्ना गरेर राखेमा आँखाको समस्या हुन सक्ने बताइन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
‘संसद् पुनर्स्थापना हुनुपर्छ, तत्कालका लागि ओली प्रधानमन्त्री नबन्ने ग्यारेण्टी दिन एमाले तयार छ’
बेलायतले रोक्यो शरणार्थीले पाउने ‘गोल्डन टिकट’, अब सुरक्षा र सुविधाहरूमा कटौती हुने
हङकङमा नेपालीलाई ‘ट्रान्जिट भिसा’ नचाहिने
— उपल्लो डाेल्पाबाट हिँउमा फसेका पाँच जना प्रहरीको हेलिकप्टरबाट उद्धार गरिएको छ । शुक्रबार डाेल्पाेबुद्व गाउँपालिकास्थित धाेबाट नेपाली सेनाको हेलिकोप्टर मार्फत उद्धार गरिएकाे हाे । उद्वार हुने प्रहरीमा प्रहरी सहायक निरीक्षक देवदत्त पाण्डे, वरिस्ठ हवल्दार मणिराज जाेशी, हवल्दार जनकबहादुर कार्की, जवान नवराज भट्ट र नरेन्द्र भट्ट रहेका छन् । उद्धार गरिएका पाँचै जना शे-फोक्सुन्डो गाउँपालिका-१ निजालगुम्बास्थित अस्थायी ...
बिहार चुनाव : हत्या अभियोगमा जेलमा रहेका अनन्त सिंह मोकामाबाट विजयी