मुख्य समाचार
अटो दुर्घटना हुँदा एक जनाको मृत्यु
अटो दुर्घटना हुँदा एक जनाको मृत्यु

— सवारी दुर्घटनामा परी झापामा एक जनाको मृत्यु भएको छ । गौरादह नगरपालिका–१ गैरिया चोक नजिक भएको ‘अटो’ दुर्घटनामा परी ३७ वर्षीया खुश्बु खातुनको मृत्यु भएको हो ।


गत कात्तिक २१ गते साँझ गैरीया चोकबाट गौरादहतर्फ जाँदै गरेको मे १–ह ५७५४ नं को अटो धानलोड गरिरहेको प्रदेश १–०२–००१ ख ९०९३ नं को मिनी ट्रकको पछाडि ठक्कर दिएको थियो ।

दुर्घटनामा अटो चालक गौरादह–१ का ४८ वर्षीय मोहम्मद डोमा घाइते भएका थिए । उनको बायाँ हातमा चोट लागेको प्रहरी जनाएको छ । सोही अटोमा सवार उनकी ३७ वर्षीया श्रीमती खातुन गम्भीर घाइते भएको र उपचारका क्रममा गएराति जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए।

उनको उपचारका क्रममा नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध अदालतको अवहेलनामा निवेदन दर्ता भएको छ । राजदूत फिर्ता बोलाउने निर्णय पालना नगरेको भन्दै अधिवक्ता प्रेम सिलवालले अवहेलना निवेदन दायर गरेका हुन् । सर्वोच्च अदालतले राजदूत फिर्ता बोलाउने निर्णय कार्यान्वयन नगर्नु भनी अन्तरिम आदेश जारी भएपछि सरकारले परराष्ट्र मन्त्रालयमै हाजिर हुन निर्देशन दिएको थियो । हाल राजदूतहरु परराष्ट्रमै हाजिर भइरहेका छन् । अधिवक्ता ...
— जीपको छतबाट जस्तापाता खसेर लाग्दा गाडीमा सवार एक जना यात्रुको मृत्यु भएको छ । तम्घासबाट निस्ती जाँदै गरेको ग ३ च ४२६० नम्बरको डबल क्याप जीप मुसिकोट नगरपालिका-२ ठाँटी निस्तीमा उकालो बाटोमा जाँदै गर्दा छतमा राखिएको जस्तापाता खसेका थिए । जस्तापाताले टाउकोमा लागेर अचेत अवस्थामा रहेका सवार यात्रु सोही ठाउँका ४९ वर्षीय मीनबहादुर विकको मृत्यु ...
— मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले पदमुक्त गरेका ५ प्रदेश सभा सदस्यहरूको पक्षमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले सोमबार उक्त आदेश जारी गरेको हो । उर्मिलादेवी सिंह (नागरिक उन्मुक्ति पार्टी), मनिषकुमार सुमन (जसपा), संजयकुमार यादव (जसपा), सिंहासन साह कलवार (जसपा) र शारदाशंकरप्रसाद कलवार (जसपा)ले सभामुख ...
— मोरङ हुँदै झापा छिरेको हात्तीको बथान अहिले शिवसताक्षीस्थित रतुवामाई वृक्षरोपण आयोजनाअन्तर्गतको वन क्षेत्रमा रहेको डिभिजन वन कार्यालय झापाले जनाएको छ । २५–३० वटाको संख्यामा हुल बाँधेर बच्चासहित हात्तीको बथान झापा छिरेपछि जिल्लाको उत्तरी क्षेत्रमा सतर्कतासहित माइकिङ तथा गस्ती सुरु गरिएको छ । डिभिजन वन कार्यालय झापाका प्रमुख भरतबाबु श्रेष्ठका अनुसार शनिबारै शिवसताक्षीस्थित वन क्षेत्रमा आइपुगेको हात्तीको ...
— प्रधानमन्त्री सुशीला कार्कीले तीन मोर्चामा संघर्ष गरिरहनुपरेको बताएकी छन् । नागरिक अगुवा र प्रतिनिधिसँगको छलफलमा सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा छलफलका क्रममा प्रधानमन्त्री कार्कीले संवैधानिक अडान, प्रशासनिक तयारी र बढ्दो युवा असन्तुष्टिको मोर्चामा संघर्ष गरिरहनुपरेको बताएकी हुन् । प्रधानमन्त्री कार्कीले भनेकी छन्, 'हामीले अहिले मुख्यतः तीनवटा मोर्चामा संघर्ष गरिरहेका छौं: संवैधानिक अडान, ...