मुख्य समाचार
प्रतिनिधिसभा उम्मेदवारले मनोनयनपत्रसँगै अनुमानित खर्च र स्रोत पनि खुलाउनुपर्ने
प्रतिनिधिसभा उम्मेदवारले मनोनयनपत्रसँगै अनुमानित खर्च र स्रोत पनि खुलाउनुपर्ने

— आगामी फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि प्रस्तावित निर्वाचन आचारसंहितामा उम्मेदवारले मनोनयनपत्रसँगै आफूले निर्वाचनमा गर्ने अनुमानित खर्च र त्यसको स्रोतसमेत खुलाउनुपर्नेलगायत नयाँ व्यवस्था गरेको छ ।


निर्वाचन आयोगले रायसुझावका लागि आइतबार सार्वजनिक गरेको निर्वाचन आचारसंहिताको प्रारम्भिक मस्यौदाको दफा १६ मा निर्वाचन खर्चसम्बन्धी आचरणमा राजनीतिक दल र उम्मेदवारले निर्वाचनासम्बन्धी खर्च गर्दा बैङ्क तथा वित्तीय संस्थामा छुट्टै खाता खोली सो खाताबाट गर्नुपर्ने, खर्च गर्दा उम्मेदवारले खर्च गर्ने पदाधिकारी तोक्नुपर्ने, २५ हजार रुपैयाँभन्दा बढी आर्थिक सहयोग प्राप्त गर्दा बैङ्क तथा वित्तीय संस्थाबाट गर्नुपर्ने, व्यक्ति वा संस्थाबाट स्वेच्छिक सहयोगका रूपमा नगद लिएमा सो रकम बुझेको रसिद वा भर्पाई दिई खातामा जम्मा गर्नुपर्ने प्रस्ताव गरिएको छ । आयोगले निर्वाचनमा उम्मेदवारले खर्च गर्न पाउने सीमा (हद) निर्धारण गर्नेछ ।

प्रस्तावित आचारसंहितामा दुष्प्रचार, मिथ्या सूचना, द्वेषपूर्ण अभिव्यक्ति दिन नहुने, स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता र मितव्ययिता तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न सबैको सहयोग हुनुपर्ने, निर्वाचन आचारसंहिता नेपाल सरकार, प्रदेश सरकारका मन्त्रीलगायत सम्बद्ध निकाय, पर्यवेक्षक, सञ्चार प्रतिष्ठान र पत्रकार सबैलाई लागू हुने व्यवस्था गरिएको छ ।

उक्त मस्यौदामाथि आगामी मङ्सिर ७ गतेभित्र रायसुझाव दिन आयोगमा दर्ता कायम रहेका राजनीतिक दल, विभिन्न सरकारी तथा गैरसरकारी सङ्घसंस्था, आमनागरिक एवं सरोकारवालालाई आयोगले आइतबार आग्रह गरेको हो । आयोगले आजै सो निर्वाचनका लागि निर्वाचन कार्यक्रम पनि सार्वजनिक गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध अदालतको अवहेलनामा निवेदन दर्ता भएको छ । राजदूत फिर्ता बोलाउने निर्णय पालना नगरेको भन्दै अधिवक्ता प्रेम सिलवालले अवहेलना निवेदन दायर गरेका हुन् । सर्वोच्च अदालतले राजदूत फिर्ता बोलाउने निर्णय कार्यान्वयन नगर्नु भनी अन्तरिम आदेश जारी भएपछि सरकारले परराष्ट्र मन्त्रालयमै हाजिर हुन निर्देशन दिएको थियो । हाल राजदूतहरु परराष्ट्रमै हाजिर भइरहेका छन् । अधिवक्ता ...
— जीपको छतबाट जस्तापाता खसेर लाग्दा गाडीमा सवार एक जना यात्रुको मृत्यु भएको छ । तम्घासबाट निस्ती जाँदै गरेको ग ३ च ४२६० नम्बरको डबल क्याप जीप मुसिकोट नगरपालिका-२ ठाँटी निस्तीमा उकालो बाटोमा जाँदै गर्दा छतमा राखिएको जस्तापाता खसेका थिए । जस्तापाताले टाउकोमा लागेर अचेत अवस्थामा रहेका सवार यात्रु सोही ठाउँका ४९ वर्षीय मीनबहादुर विकको मृत्यु ...
— सवारी दुर्घटनामा परी झापामा एक जनाको मृत्यु भएको छ । गौरादह नगरपालिका–१ गैरिया चोक नजिक भएको ‘अटो’ दुर्घटनामा परी ३७ वर्षीया खुश्बु खातुनको मृत्यु भएको हो । गत कात्तिक २१ गते साँझ गैरीया चोकबाट गौरादहतर्फ जाँदै गरेको मे १–ह ५७५४ नं को अटो धानलोड गरिरहेको प्रदेश १–०२–००१ ख ९०९३ नं को मिनी ट्रकको पछाडि ठक्कर ...
— मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले पदमुक्त गरेका ५ प्रदेश सभा सदस्यहरूको पक्षमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले सोमबार उक्त आदेश जारी गरेको हो । उर्मिलादेवी सिंह (नागरिक उन्मुक्ति पार्टी), मनिषकुमार सुमन (जसपा), संजयकुमार यादव (जसपा), सिंहासन साह कलवार (जसपा) र शारदाशंकरप्रसाद कलवार (जसपा)ले सभामुख ...
— मोरङ हुँदै झापा छिरेको हात्तीको बथान अहिले शिवसताक्षीस्थित रतुवामाई वृक्षरोपण आयोजनाअन्तर्गतको वन क्षेत्रमा रहेको डिभिजन वन कार्यालय झापाले जनाएको छ । २५–३० वटाको संख्यामा हुल बाँधेर बच्चासहित हात्तीको बथान झापा छिरेपछि जिल्लाको उत्तरी क्षेत्रमा सतर्कतासहित माइकिङ तथा गस्ती सुरु गरिएको छ । डिभिजन वन कार्यालय झापाका प्रमुख भरतबाबु श्रेष्ठका अनुसार शनिबारै शिवसताक्षीस्थित वन क्षेत्रमा आइपुगेको हात्तीको ...