मुख्य समाचार
प्रधानमन्त्री सुशीला कार्कीले तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्न सरकार लागिपरेको बताए
प्रधानमन्त्री सुशीला कार्कीले तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्न सरकार लागिपरेको बताए

: प्रधानमन्त्री सुशीला कार्कीले तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्न सरकार लागिपरेको बताएकी छन्। सोमबार नागरिक समाजका अगुवाहरूसँगको छलफलमा प्रधानमन्त्री कार्कीले निर्वाचनका लागि सकारात्मक वातावरण बन्दै गएको दावी गरिन्। उनले निर्वाचनका दौरानमा द्वेषपूर्ण र भड्काउपूर्ण अभिव्यक्ति दिने जो-कोही भए पनि तत्काल कारबाही गरेर छोड्ने चेतावनी समेत दिइन्।

'युवा असन्तुष्टिको व्यवस्थापनसँगै, निर्वाचनको वातावरण ध्रुवीकरण र हिंसाले बिथोल्ने जोखिमतर्फ पनि हामी सचेत छौँ। निर्वाचनका दौरान द्वेषपूर्ण र भड्काउपूर्ण अभिव्यक्ति प्रयोग गर्ने जो-कोहीलाई पनि सम्बन्धित सक्षम निकायहरूले तत्काल र सार्वजनिक कारबाही गर्नेछन्। शान्तिपूर्ण मतदान सुनिश्चित गर्न गुप्तचर परिचालन बढाइएको छ,'उनले भनिन्,' नागरिक खबरदारी झनै आवश्यक छ।'


प्रधानमन्त्री कार्कीले निर्वाचनको सफलतामा मात्रै मुलुकको लोकतान्त्रिक भविष्य र संवैधानिक यात्रा निर्भर हुने बताउँदै यसपटक असफल भइयो भने देश लामो राजनीतिक अन्योल र संवैधानिक संकटमा जाने चिन्ता व्यक्त गरिन्। उनले सरकार र दलहरूबीच विश्वासको वातावरण बनाउन र आम जनतालाई निर्वाचनमा सहभागी गराउन निर्णायक भूमिका खेल्न नागरिक समाजका अगुवासँग आग्रह समेत गरिन्।


प्रधानमन्त्री कार्कीले फागुन २१ को निर्वाचन वर्तमान सरकारको राजनीतिक निर्णय नभएको स्पष्ट पारिन्। उनले भनिन्, 'यो संवैधानिक रिक्तता टार्नका लागि अपरिहार्य राष्ट्रिय दायित्व हो। केही पक्षले सिर्जना गरेका अन्योललाई चिर्दै, नागरिक समाजले निर्वाचनको वैधानिक आधार स्थापित गर्न र लोकतन्त्रलाई सही मार्गमा फर्काउन दृढतापूर्वक सरकारको साथमा उभिन अनुरोध गर्दछु।'

उनले निर्वाचनमा युवा सहभागिता बढाउन निर्वाचनसम्बन्धी अध्यादेश र अन्य उपायमार्फत संरचनात्मक सुधारका कदमहरू अगाडि बढाइसकेको जानकारी दिइन्।
'जेन-जी आन्दोलनलाई हामीले केवल कानुन व्यवस्थाको विषयु मात्र मानेका छैनौं। यो व्यवस्थाप्रतिको गहिरो राजनीतिक असन्तुष्टिको अभिव्यक्ति हो, जसको कारण कतिपय युवा पुस्ता नयाँ व्यवस्थाको भाष्यतर्फ आकर्षित भइरहेको जोखिम हामीले देखेका छौं। उनीहरूको मन जित्न र निर्वाचनमा युवा सहभागिता बढाउनका लागि हामी निर्वाचन सम्बन्धी अध्यादेश र अन्य उपायमार्फत संरचनात्मक सुधारका कदमहरू चाल्दै छौं, 'प्रधानमन्त्री कार्कीले भनिन्,' यसबाट उनीहरूको असन्तुष्टिको राजनीतिक सम्बोधन हुनेछ।'

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध अदालतको अवहेलनामा निवेदन दर्ता भएको छ । राजदूत फिर्ता बोलाउने निर्णय पालना नगरेको भन्दै अधिवक्ता प्रेम सिलवालले अवहेलना निवेदन दायर गरेका हुन् । सर्वोच्च अदालतले राजदूत फिर्ता बोलाउने निर्णय कार्यान्वयन नगर्नु भनी अन्तरिम आदेश जारी भएपछि सरकारले परराष्ट्र मन्त्रालयमै हाजिर हुन निर्देशन दिएको थियो । हाल राजदूतहरु परराष्ट्रमै हाजिर भइरहेका छन् । अधिवक्ता ...
— जीपको छतबाट जस्तापाता खसेर लाग्दा गाडीमा सवार एक जना यात्रुको मृत्यु भएको छ । तम्घासबाट निस्ती जाँदै गरेको ग ३ च ४२६० नम्बरको डबल क्याप जीप मुसिकोट नगरपालिका-२ ठाँटी निस्तीमा उकालो बाटोमा जाँदै गर्दा छतमा राखिएको जस्तापाता खसेका थिए । जस्तापाताले टाउकोमा लागेर अचेत अवस्थामा रहेका सवार यात्रु सोही ठाउँका ४९ वर्षीय मीनबहादुर विकको मृत्यु ...
— सवारी दुर्घटनामा परी झापामा एक जनाको मृत्यु भएको छ । गौरादह नगरपालिका–१ गैरिया चोक नजिक भएको ‘अटो’ दुर्घटनामा परी ३७ वर्षीया खुश्बु खातुनको मृत्यु भएको हो । गत कात्तिक २१ गते साँझ गैरीया चोकबाट गौरादहतर्फ जाँदै गरेको मे १–ह ५७५४ नं को अटो धानलोड गरिरहेको प्रदेश १–०२–००१ ख ९०९३ नं को मिनी ट्रकको पछाडि ठक्कर ...
— मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले पदमुक्त गरेका ५ प्रदेश सभा सदस्यहरूको पक्षमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले सोमबार उक्त आदेश जारी गरेको हो । उर्मिलादेवी सिंह (नागरिक उन्मुक्ति पार्टी), मनिषकुमार सुमन (जसपा), संजयकुमार यादव (जसपा), सिंहासन साह कलवार (जसपा) र शारदाशंकरप्रसाद कलवार (जसपा)ले सभामुख ...
— मोरङ हुँदै झापा छिरेको हात्तीको बथान अहिले शिवसताक्षीस्थित रतुवामाई वृक्षरोपण आयोजनाअन्तर्गतको वन क्षेत्रमा रहेको डिभिजन वन कार्यालय झापाले जनाएको छ । २५–३० वटाको संख्यामा हुल बाँधेर बच्चासहित हात्तीको बथान झापा छिरेपछि जिल्लाको उत्तरी क्षेत्रमा सतर्कतासहित माइकिङ तथा गस्ती सुरु गरिएको छ । डिभिजन वन कार्यालय झापाका प्रमुख भरतबाबु श्रेष्ठका अनुसार शनिबारै शिवसताक्षीस्थित वन क्षेत्रमा आइपुगेको हात्तीको ...