मुख्य समाचार
जनपरिचालन गरेर भए पनि चुनावलाई केन्द्रबिन्दुमा राख्नुपर्छ
जनपरिचालन गरेर भए पनि चुनावलाई केन्द्रबिन्दुमा राख्नुपर्छ

— नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले जेन-जी आन्दोलनपछि उत्पन्न राजनीतिक परिस्थिति अझै सङ्लिइनसकेको उल्लेख गर्दै देशव्यापी रूपमा पार्टी एकता सन्देशसभा र चुनावी कार्यक्रमबाट जनतालाई विश्वासमा लिनुपर्ने बताएका छन् ।


केन्द्रीय कार्यालय पेरिसडाँडामा नेकपाका सचिवालय, प्रदेश इन्चार्जहरूको बैठकमा उनले सचेततापूर्वक अघि बढेर चुनावमा जानुपर्ने बताए ।

‘राजनीतिक परिस्थिति अझै तरल छ । हामी सचेततापूर्वक अघि बढ्नुपर्छ । पार्टीको आन्तरिक व्यवस्थापनको काम सकेर छिटोभन्दा छिटो सन्देशसभा गर्नुपर्छ । सन्देश सभा र चुनावी कार्यक्रम जोडेर लैजानुपर्छ,’ दाहालको भनाइ थियो, ‘जनपरिचालन गरेर भए पनि चुनावलाई केन्द्रबिन्दुमा राखेर गरिनुपर्छ । हामीले जनताको तहसम्म दिशा निर्देशन गर्नुपर्छ । मुख्यगरी जनतामा जाने, विश्वासमा लिनु महत्त्वपूर्ण छ ।’

प्रवक्ता अग्नि सापकोटाले प्रदेश, जिल्ला र पालिकाहरूमा एकता सन्देशसभा बनाउने तयारी भइरहेको बताए । ‘प्रदेश र जिल्ला र पालिकाहरुमा पार्टी एकता सन्देश सभा गर्न गृहकार्य हो’ उनले भने, ‘पार्टी एकतामा आएका घटकका नेताहरूसँग छलफल गरी अन्तरपार्टी निर्देशिका जारी हुनेछ ।’

बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै नेता भीम रावलले पार्टीलाई एकताबद्ध गर्ने विषयमा शंका नभएको बताए । निर्वाचन आयोगमा दल दर्ता प्रयोजनका लागि पठाएको केन्द्रीय समितिको सूचीलाई समायोजनपछि आशंका मेटिने बताए । ‘केन्द्रीय संयोजन समायोजनापछि सबै शंका निवारण हुनेछ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध अदालतको अवहेलनामा निवेदन दर्ता भएको छ । राजदूत फिर्ता बोलाउने निर्णय पालना नगरेको भन्दै अधिवक्ता प्रेम सिलवालले अवहेलना निवेदन दायर गरेका हुन् । सर्वोच्च अदालतले राजदूत फिर्ता बोलाउने निर्णय कार्यान्वयन नगर्नु भनी अन्तरिम आदेश जारी भएपछि सरकारले परराष्ट्र मन्त्रालयमै हाजिर हुन निर्देशन दिएको थियो । हाल राजदूतहरु परराष्ट्रमै हाजिर भइरहेका छन् । अधिवक्ता ...
— जीपको छतबाट जस्तापाता खसेर लाग्दा गाडीमा सवार एक जना यात्रुको मृत्यु भएको छ । तम्घासबाट निस्ती जाँदै गरेको ग ३ च ४२६० नम्बरको डबल क्याप जीप मुसिकोट नगरपालिका-२ ठाँटी निस्तीमा उकालो बाटोमा जाँदै गर्दा छतमा राखिएको जस्तापाता खसेका थिए । जस्तापाताले टाउकोमा लागेर अचेत अवस्थामा रहेका सवार यात्रु सोही ठाउँका ४९ वर्षीय मीनबहादुर विकको मृत्यु ...
— सवारी दुर्घटनामा परी झापामा एक जनाको मृत्यु भएको छ । गौरादह नगरपालिका–१ गैरिया चोक नजिक भएको ‘अटो’ दुर्घटनामा परी ३७ वर्षीया खुश्बु खातुनको मृत्यु भएको हो । गत कात्तिक २१ गते साँझ गैरीया चोकबाट गौरादहतर्फ जाँदै गरेको मे १–ह ५७५४ नं को अटो धानलोड गरिरहेको प्रदेश १–०२–००१ ख ९०९३ नं को मिनी ट्रकको पछाडि ठक्कर ...
— मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले पदमुक्त गरेका ५ प्रदेश सभा सदस्यहरूको पक्षमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले सोमबार उक्त आदेश जारी गरेको हो । उर्मिलादेवी सिंह (नागरिक उन्मुक्ति पार्टी), मनिषकुमार सुमन (जसपा), संजयकुमार यादव (जसपा), सिंहासन साह कलवार (जसपा) र शारदाशंकरप्रसाद कलवार (जसपा)ले सभामुख ...
— मोरङ हुँदै झापा छिरेको हात्तीको बथान अहिले शिवसताक्षीस्थित रतुवामाई वृक्षरोपण आयोजनाअन्तर्गतको वन क्षेत्रमा रहेको डिभिजन वन कार्यालय झापाले जनाएको छ । २५–३० वटाको संख्यामा हुल बाँधेर बच्चासहित हात्तीको बथान झापा छिरेपछि जिल्लाको उत्तरी क्षेत्रमा सतर्कतासहित माइकिङ तथा गस्ती सुरु गरिएको छ । डिभिजन वन कार्यालय झापाका प्रमुख भरतबाबु श्रेष्ठका अनुसार शनिबारै शिवसताक्षीस्थित वन क्षेत्रमा आइपुगेको हात्तीको ...