मुख्य समाचार
प्रधानमन्त्री सुशीला कार्की दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (क्रिकेट) को उद्घाटन
प्रधानमन्त्री सुशीला कार्की दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (क्रिकेट) को उद्घाटन

— प्रधानमन्त्री सुशीला कार्की दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (क्रिकेट) को उद्घाटन गरेकी छन् । प्रधानमन्त्री कार्की सोमबार त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय मैदान पुगेर प्रतिस्पर्धी टोली काठमान्डु गोर्खाज र जनकपुर बोल्ट्सका खेलाडीसँग परिचय गर्दै एनपीएलको उद्घाटन गरेकी हुन् ।


उद्घाटन खेलमा काठमान्डुका कप्तान करणले टस जितेर डिफेन्डिङ च्याम्पियन जनकपुरविरुद्ध फिल्डिङ गर्ने निर्णय गरका थिए । गत सिजनमा जनकपुरले उपाधि यात्राको क्रममा काठमान्डुलाई ५ विकेटले पराजित गरेको थियो ।

काठमान्डुको टोलीबाट करण केसीसहित आकाश त्रिपाठी, भीम सार्की, सन्तोष यादव, आदिल अन्सारी, रशिद खान, शाहव आलम, रिकार्डो भास्कोनसेलोस, बेन चार्ल्सवर्थ, जेहर्राड इरसमस र मिलिन्द कुमार प्लेयिङ ११ बाट खेलिरहेका छन् ।

त्यस्तै जनकपुरबाट आसिफ शेख, कप्तान अनिल साह, किशोर महतो, ललित राजवंशी, मयन यादव, विकास आग्री, रुपेश सिंह, लाहिरु मिलान्था, लाहिरु समराकुन, यान निकोल लफ्टी इटन, सञ्जय कृष्णमुर्थी प्लेयिङबाट खेलिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— पोर्चुगल र नर्वे विश्वकप २०२६ का लागि आइतबार छनोट भएका छन् । पोर्चुगलले यसका लागि आर्मेनियालाई ९–१ ले पराजित गर्‍यो । यस्तै इर्लिङ हालान्डको दुई गोलको मदतले नर्वेले इटालीलाई ४–१ ले हरायो । समूह ‘एफ’ को खेलमा पोर्चुगलले पुछारमा रहेको आर्मेनियालाई सजिलै पन्छाएको हो र यसमा ब्रुनो फर्नान्डेज तथा जाओ नेभेसले ह्याट्रिक गरे । पोर्चुगलले ...
— नेपाल प्रहरीले त्रिभुवन विश्वविद्यालयस्थित अन्तर्राष्ट्रिय क्रिकेट खेलमैदान आसपास क्षेत्रमा अनावश्यक भिडभाड नगर्न आग्रह गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले सूचना जारी गर्दै आजदेखि नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणका खेल सुरु भएकाले खेलमैदानबाहिर भिडभाड नगर्न आग्रह गरेको हो । प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले आजको खेलका सम्पूर्ण टिकट बिक्री भइसकेको जानकारी सम्बन्धित निकायबाट प्राप्त भएकाले खेलमैदानबाहिर ...
— सहरी विकासमन्त्री कुलमान घिसिङले त्रिभुवन विश्वविद्यालय क्रिकेट स्टेडियमलाई उज्यालो बनाउन पाउँदा धेरै खुसी लागेको र पहिलो चरणको निर्माण सम्पन्न भएको बताएका छन् । नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेल सोमबारदेखि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट स्टेडियममा फ्लड लाइटमा सुरु हुँदैछ । सहरी विकास मन्त्रालयले त्रिवि क्रिकेट स्टेडियमको पहिलो चरणको निर्माणपछि नेपाल क्रिकेट संघ (क्यान) लाई आइतबार ...
— नेपालको खेल पर्यटन प्रवर्द्धनका लागि नेपाल पर्यटन बोर्ड र क्रिकेट संघ नेपालबीच नेपाल प्रिमियर लिग सिजन–२ (एनपीएल–२) लाई सहयोग गर्ने समझदारी भएको छ। यस साझेदारीमार्फत एनपीएल–२ लाई नेपालमा क्रिकेट र खेलकुद पर्यटनको प्रमुख प्लेटफर्मका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ। समझदारीअनुसार, बोर्डले एनपीएल–२ को ब्रान्डिङ, प्रचार र अन्तर्राष्ट्रिय पहुँच बढाउन सक्रिय भूमिका खेल्नेछ। छोटो ...
: गृहमन्त्री ओमप्रकाश अर्यालले सोमबारबाट सुरु हुने दोस्रो संस्करणको नेपाल प्रिमियर क्रिकेट लिग (एनपीएल)को सुरक्षा प्रबन्ध र अन्तिम तयारीबारे ब्रिफिङ लिएका छन्। काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलसहित काठमाडौं प्रहरी प्रमुख रमेश थापासँग गृहमन्त्री अर्यालले एनपीएलको सुरक्षा तयारीबारे जानकारी लिएका हुन्। गृहमन्त्रीको सचिवालय अनुसार बैठकमा अर्यालले क्रिकेट अवधिभर सुरक्षा व्यवस्था चुस्त, दुरुस्त राख्न र कुनै पनि ...