: सुनसरीको धरान उपमहानगरपालिकाबाट प्रहरीले २६८ केजी अवैध लागूऔषध गाजा बरामद गरेको छ। शनिबार राति उक्त लागूऔषध बरामद गरिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी भीषण बाबु राईले बताए।
गाजाको भारी ल्याउने ११ जना फरार भएको प्रहरीले जनाएको छ। उक्त गाँजा धनकुटाको सागुरीगढीबाट धरानको बाटो हुँदै भारततर्फ लैजान तस्करले भरिया प्रयोग गरेको हुनसक्ने प्रहरीले जनाएको छ।
डीएसपी राईले घटनाबारे थप अनुसन्धान जारी रहेको बताउँदै फरार व्यक्तिलाई छिटै पक्राउ गरी कानुनी कारबाही अघि बढाइने बताए।