: नेपाल ट्रस्टका पूर्वसचिव अर्जुन कार्की पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पूर्वसचिव कार्कीलाई आइतबार साँझ पक्राउ गरेको हो।
सिआईबी प्रवक्ता शिव कुमार श्रेष्ठका अनुसार कार्कीलाई नेपाल ट्रष्टको नाममा रहेको जग्गा लिज सम्बन्धी सम्झौताबारे अनुसन्धान गर्न पक्राउ गरिएको हो।
नेपाल ट्रष्टको नाममा दर्ता कायम रहेको दरबारमार्गस्थित रहेको जग्गा नेपाल ट्रष्टको कार्यालय र थामशेर्कु ट्रेकिङबीचमा लिजमा दिने/लिने करार सम्झौता हुँदा सूचनामा उल्लेख भएको कित्ता नं. ४६०६ को जग्गाभन्दा बढी अर्को कि.नं.४६०५ समेत थप गरी लिजमा दिने/लिने सम्बन्धमा बदनियतपूर्वक नेपाल ट्रष्टको नाममा रहेको जग्गाको निमित्त निर्माण अवधि ३ वर्षसमेत ३० वर्षका लागि लिजमा दिने सम्झौता गरी नेपाल ट्रष्टको कार्यालयलाई दीर्घकालिन हानी नोक्सानी हुने गरिएको विज्ञप्तिमा उल्लेख छ।
कार्कीलाई अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट अनुमति लिई अनुसन्धान सुरू गरेको प्रवक्ता श्रेष्ठले अन्नपूर्णलाई बताए।