मुख्य समाचार
निर्वाचन आयोगले फागुन २१ गतेका लागि ताकिएको प्रतिनिधि सभा निर्वाचनका लागि कार्यतालिका सार्वजनिक
निर्वाचन आयोगले फागुन २१ गतेका लागि ताकिएको प्रतिनिधि सभा निर्वाचनका लागि कार्यतालिका सार्वजनिक

: निर्वाचन आयोगले फागुन २१ गतेका लागि ताकिएको प्रतिनिधि सभा निर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरेको छ। आइतबार आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले विज्ञप्ति जारी गर्दै प्रतिनिधि सभा निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचनको कार्यतालिका सार्वजनिक गरिएको जानकारी दिएका हुन्।

पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम अनुसार माघ ६ गते बिहान १०ः०० देखि बेलुका ५ः०० बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन पत्र दर्ता हुनेछ। सोही दिन बेलुका ५ः०० देखि ७ः०० बजेसम्ममा उम्मेदवारको सूची प्रकाशन हुनेछ।


आयोगका अनुसार मनोनयन पत्र दर्ता भएका उम्मेदवारको विरोधमा उजुरी दिने अवधि माघ ७ गते बिहान १०ः०० देखि दिउँसो ३ः०० बजेसम्म हुनेछ भने सोही दिन दिउँसो ३ः०० देखि माघ ८ गते बेलुका ५ः०० बजेसम्ममा मनोनयन पत्र र उजुरी उपर जाँचबुझ एवं निर्णय गरी माघ ८ गते बेलुका ५ः०० देखि ७ः०० बजेसम्ममा उम्मेदवारको नामावली प्रकाशन गरिनेछ।


यस्तै माघ ९ गते बिहान १०ः०० देखि दिउँसो १ः०० बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सकिनेछ भने सोही दिन दिउँसो १ः०० देखि ३ः०० बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी दिउँसो ४ः०० देखि साँझ ७ः०० बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने आयोगले जनाएको छ।

यसैगरी समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम मंसिर २० गतेदेखि सञ्चालन हुने आयोगले जनाएको छ। कार्यक्रम अनुसार मंसिर २१ गते बिहान १०ः०० देखि २३ गते दिउँसो ४ः०० बजेसम्म समानुपातिक निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलले निवेदन पेस गर्ने, मंसिर २४ गते बिहान १०ः०० देखि दिउँसो ४ः०० बजेसम्म निवेदन पेस गरेका राजनीतिक दलको नामावली प्रकाशन गर्ने, पौष १३ र १४ गते बिहान १०ः०० देखि ४ः०० बजेसम्म राजनीतिक दलले उम्मेदवारको बन्दसूची पेस गर्ने र माघ २० गते बिहान १०ः०० देखि बेलुकी ५ः०० बजेसम्म उम्मेदवारको बन्दसूची अन्तिम रूपमा प्रकाशन गर्ने कार्यक्रम रहेको छ।

स्वीकृत निर्वाचन कार्यक्रम अनुसार फागुन २१ गते बिहान ७ः०० देखि बेलुका ५ः०० बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुने आयोगको विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: पर्साको जिराभवानी गाउँपालिका–१ बलुवा गाउँको खेतमा लुकाएर राखिएको ४५० थान मोबाइल सशस्त्र प्रहरीले बरामद गरेको छ। भारतबाट अवैध रूपमा ल्याएको ४५० थान मोबाइल बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ। बरामद मोबाइलको बजार मूल्य करिब ९ लाख रुपैयाँ रहेको र आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा पठाइएको पर्साका सशस्त्र प्रहरी उपरीक्षक पुरनचन्द्र भट्टले ...
एकीकृत निर्वाचन सुरक्षा योजना स्वीकृत, सेना परिचालन गर्न राष्ट्रिय सुरक्षा परिषद्‍मा सिफारिस
: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका तत्कालीन प्रमुख किशोर यादवसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले खानेपानी तथा सरसफाई डिभिजन कार्यालय डिभिजन नम्बर -४ कलैया बाराका तत्कालीन डिभिजन प्रमुख यादव ,र लेखापाल प्रदिप दास, सान्दर्भिक मिडिया नेटवर्क प्रालि तथा उक्त कम्पनीको प्रबन्धक निसान्त सिग्देल, प्रभाव पब्लिकेशन प्रालिको बजार प्रबन्धक ...
: गृहमन्त्री ओमप्रकाश अर्यालले नवपुस्ताको भावना अनुरुप काम गर्न र न्यायको अनुभूति दिलाउने गरी कार्य गर्न आफू मातहतका निकायलाई निर्देशन दिएका छन्। आइतबार गृह मन्त्रालयमा आयोजित गृहसचिव रामेश्वर दंगालको अध्यक्षतामा बसेको नियमित ‘एसएमटी बैठकमा विशेष उपस्थिति जनाउँदै मन्त्री अर्यालले सम्पूर्ण कर्मचारीले आ–आफ्नो जिम्मेवारी निर्वाह गरी सम्पूर्ण ध्यान निर्वाचनको तयारीमा लगाउन निर्देशन दिए। ʻअहिलेको सरकार भनेको कै निर्वाचनको ...
: नेपाली कम्युनिष्ट पार्टीले देशैभर एकता सन्देश सभा गर्ने भएको छ। आइतबार पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा बसेको नवगठित नेपाली कम्युनिष्ट पार्टीको उपलब्ध पूर्वपदाधिकारीको बैठकले मंसिर ९ गतेदेखि प्रदेश, जिल्ला र पालिका तहमा एकता सन्देश सभा गर्ने निर्णय गरेको नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले जानकारी दिए। उनले पार्टी एकताको सन्देश प्रवाह गर्नका लागि अपिल प्रकाशित ...