: कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले वर्तमान सरकारले निर्वाचनभन्दा पनि संविधान खारेज गर्ने दिशामा कदम चालिरहेको आरोप लगाएका छन्।
लोकतान्त्रिक गणतन्त्रको रक्षा र प्रतिनिधि सभा पुनर्स्थापनाका लागि एमाले धनकुटाले आयोजना गरेको बृहत् जनप्रदर्शन तथा आमसभामा उनले सरकार राष्ट्रलाई असफल बनाउने गतिविधिमा लागेको दाबी गरे।
गौरीबहादुर कार्की नेतृत्वको छानबिन समितिमा एमाले अध्यक्ष केपी शर्मा ओली नजाने स्पष्ट गर्दै उनले निष्पक्ष आयोग बने एमाले सहयोग गर्न तयार रहेको जनाए। कार्यक्रममा एमाले कार्यकर्ताले सरकारप्रतिको असन्तुष्टि, संविधान तथा लोकतान्त्रिक मूल्यमा देखिएको चुनौतीबारे आवाज उठाएका थिए।