मुख्य समाचार
भारतमा जारी दृष्टिविहीन महिला टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल अमेरिकालाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश
भारतमा जारी दृष्टिविहीन महिला टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल अमेरिकालाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश

। भारतमा जारी दृष्टिविहीन महिला टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल अमेरिकालाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

भारतमा आज भएको खेलमा नेपालले अमेरिकालाई १० विकेटले पराजित गर्दै जित हासिल गरेको हो। यो जितसँगै नेपालले चार खेलबाट छ अङ्क जोडेको छ ।

यसअघि श्रीलङ्का र अष्ट्रेलियालाई पराजित गरेको नेपालले भारतसँग भने हार बेहोरेको थियो ।

अमेरिकाले प्रस्तुत गरेको १८ रनको लक्ष्य पच्छाएको नेपाल चार बलमा कुनै पनि विकेट नगुमाइ पूरा गर्‍यो।

नेपालका लागि दिलसरा धमलाले अविजित १२ रन बनाइन्। त्यसअघि टस जितेर पहिला ब्याटिङको निम्तो पाएको अमेरिका नौ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै १७ रनमै समेटियो।

अमेरिकाका कुनै पनि खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । नेपालका लागि दिलसरा धमलाले तीन र सुनिता घिमिरेले समान एक÷एक विकेट लिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। गृहमन्त्री ओमप्रकाश अर्यालले सामेबारबाट सुरु हुन गइरहेको दोश्रो संस्करणको नेपाल प्रिमियर क्रिकेट लिगको (एनपीएल) को सुरक्षा प्रवन्ध र अन्तिम तयारीबारे ब्रिफिङ लिएका छन्। काठमाडौँका प्रमुख जिल्ला अधिकारी इश्वरराज पौडेलसहित काठमाडौं प्रहरी प्रमुख रमेश थापासँग एनपीएलको सुरक्षा तयारीबारे जानकारी लिएका हुन्। गृहमन्त्रीको सचिवालय अनुसार बैठकमा अर्यालले क्रिकेट अवधिभर सुरक्षा व्यवस्था चुस्त, दुरुस्त राख्न र कुनै पनि अवान्छित ...
। साविक विजेता कर्णाली यशविसले रोमाञ्चक फाइनलमा ललितपुर क्वीन्सलाई पराजित गर्दै वात्सल्य एभरेस्ट महिला भलिबल लिगको उपाधि रक्षा गरेको छ । त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा भएको फाइनलमा कर्णालीले ललितपुरलाई ३-२ को सेटमा हराउँदै लगातार दोस्रो पटक च्याम्पियन बनेको हो । पहिलो सेटमा कर्णाली यशविसले अन्तिममा पुनरागमन गर्दै टाइब्रेकमा २६-२४ ले आफ्नो पक्षमा पार्दै अग्रता लिएको थियो । दोसो ...
: नेपाली क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको तयारी पूरा भएको जनाएको छ। शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै क्यानले मंसिर १ गते सोमबारदेखि सुरु हुने एनपीएलको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो। नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको अधिकांश खेलहरू फ्लडलाइटमा डे नाइट म्याच खेलाइने क्यानले जनाएको छ। एनपीएलको विजेताले १ करोड ...
— नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो सिजनको पहिलो खेलका टिकटहरू सबै बिक्री भएका छन् । खल्ती मोबाइल वालेटबाट टिकट काट्ने सुविधा रहेकोमा पहिलो दिन, मंसिर १ का लागि टिकट सोल्ड आउट भएका हुन् । क्यानका प्रवक्ता छुम्बी लामाले पहिलो दिनको सबै टिकट बीक्री भएको पुष्टि गरे । त्यस्तै खल्तीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विनय खड्काले ...
— क्रोएसिया विश्वकप २०२६ का लागि शुक्रबार राति छनोट भएको छ । युरोपेली छनोटको समूह ‘एल’ मा उसले फारो आयरल्यान्डलाई ३–१ ले हरायो र यससँगै अर्को वर्ष अमेरिका, क्यानाडा तथा मेक्सिकोमा हुने विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेको हो । फारोले जेजा डेविडको गोलले अप्रत्याशित अग्रता लिएयता क्रोएसियाका लागि जोस्को ग्वार्डिओल, पिटर मुसा र निकोला भ्लासिचले गोल ...