मुख्य समाचार
जेनजी आन्दोलनपश्चात उपत्यकाभित्रका हिरासत कक्षको अवस्थाबारे अनुगमन
जेनजी आन्दोलनपश्चात उपत्यकाभित्रका हिरासत कक्षको अवस्थाबारे अनुगमन

। राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनपश्चात उपत्यकाभित्रका हिरासत कक्षको अवस्थाबारे अनुगमन गरेको छ ।

यही कात्तिक २७ र २८ गते उपत्यकाका विभिन्न कारागारमा अनुगमन गरेको हो ।

आयोगको टोलीले काठमाडौंको सोह्रखुट्टे, स्वयभू, कोटेश्वर, सिंहदरबार, महाराजगञ्ज र कालीमाटीस्थित प्रहरी वृत्तहरू, ललितपुरको जिल्ला प्रहरी परिसर तथा सातदोबाटो वृत्त र भक्तपुरको जिल्ला प्रहरी परिसर, जगाति, मध्येपुर र ठिमीस्थित प्रहरी वृत्तका हिरासतमा रहेका थुनुवाहरूको मानव अधिकार अवस्था र हिरासतको भौतिक संरचनाको अवस्था लगायतका विषयमा स्थलगत अनुगमन गरेको हो ।

आयोगका प्रदेश तथा प्रदेश शाखा कार्यालयहरूबाट समेत उपत्यका बाहिरका जिल्लामा रहेका हिरासत कक्षहरूको अनुगमन सुरु गरेको प्रवक्ता डा. टिकाराम पोखरेलले जानकारी दिए ।

‘जेनजी आन्दोलनपश्चात प्रहरी हिरासतमा मानव अधिकारको अवस्थाको बारेमा आयोगमा गुनासा, उजुरी र ज्ञापनपत्रहरू प्राप्त भएका छन्,’ आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आन्दोलनपश्चात पक्राउ गरिएका जेनजी प्रदर्शनकारीहरूलाई स्वास्थ्य परीक्षण गरिएको पाइएता पनि हिरासतमा रहेको शौचालय तथा सरसफाईको अभावका कारण दुर्गन्ध आएको र केहीले आफूलाई पक्राउ गर्दा पक्राउ पुर्जी नदिएको आयोगको टोली समक्ष गुनासो गरेका छन् ।’

केही हिरासतमा महिला कक्षको अभाव रहेको र भौतिक संरचनाहरूको अभाव रहेको लगायतका जानकारीहरू अनुगमनबाट प्राप्त भएको आयोगले जनाएको छ ।

‘जेनजी प्रदर्शनको क्रममा प्रहरीको अधिकांश भौतिक संरचनाहरूको क्षति भएको र हाल स्थानीय समुदायको सहयोगमा कतिपय संरचना निर्माण भई सञ्चालनमा आएको, हिरासतबाट बाहिर निस्केका केही थुनुवाहरू अझै पनि फिर्ता नआएका, प्रहरीहरू समेत घाइते भएका र उनीहरूको मनोबल कमजोर बनेको, कतिपय प्रहरी कार्यालयहरूमा रहेका फाइलहरू जलेर नष्ट भएको र हतियारहरू लुटिएको लगायतका जानकारी अनुगमनका क्रममा प्राप्त भएको छ,’ आयोगले भनेको छ ।

जेनजी प्रदर्शनको क्रममा हिरासतबाट भागेका थुनुवाहरू र लुटिएका हतियारहरू फिर्ता नहुँदा शान्ति सुरक्षामा चुनौति थपिएको पनि आयोगले पाएको छ ।

‘जेनजी प्रदर्शनको क्रममा क्षति पुगेका भौतिक संरचना निर्माण गर्न र हिरासतमा रहेका थुनुवाहरूको लागि अत्यावश्यक सामग्रीहरूका लागि समेत बजेट अभाव रहेको जानकारी प्राप्त भएको छ,’ आयोगले भनेको छ, ‘हिरासतहरूमा विद्यमान यी समग्र समस्याहरूको समाधानमा गम्भीर हुन आयोग नेपाल सरकारलाई आग्रह गर्दछ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। विद्यार्थी भिसामा युनाइटेड अरब इमिरेट्स (यूएई) पठाउने नाममा नेपाली विद्यार्थी ठगीमा पर्ने गरेको पाइएको छ । यूएईका विभिन्न विश्वविद्यालयमा अध्ययनका लागि पठाइदिने भन्दै नेपाली विद्यार्थी ठगीमा पर्ने गरेको पाइएको हो । नेपालबाट यूएईका विश्वविद्यालयमा पढ्न भनेर गएका २ हजारभन्दा बढी विद्यार्थी त्यसरी ‘एजुकेसन स्क्याम’ मा परेको अनुमान छ । यसबारे नेपाल सरकारले आन्तरिक रूपमा छानबिन समेत ...
। नागरिक समूहका संस्थापक अध्यक्ष निगम हुमागाईं ‘देश अत्यन्तै गम्भीर मोडमा रहेको’ भन्दै चिन्ता व्यक्त गरेका छन् । नागरिक समूहले काठमाडौंमा आयोजना गरेको ‘व्यवस्था, अवस्था र निकास’ शीर्षकको एक कार्यक्रममा आफ्ना धारणा राख्ने क्रममा उनले यस्तो चिन्ता व्यक्त गरेका हुन् । गम्भीर गृहयुद्धमा पुर्‍याउने षडयन्त्रबाट मुलुक जोगिएको उनको भनाइ छ । ‘सिंहदरबार जलेको छ, सर्वोच्च अदालत जलेको छ ...
। नवगठित नेपाली कम्युनिस्ट पार्टीले सातै प्रदेशमा सन्देश सभा आयोजना गर्ने भएको छ । पेरिसडाँडामा बसेको विभिन्न घटक मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीका पूर्वपदाधिकारीहरूको बैठकले सातै प्रदेशमा सन्देश सभा गर्ने आयोजना भएको हो । पार्टीका नेता राजेन्द्रप्रसाद पाण्डेले सातै प्रदेशमा सन्देश सभा आयोजना गर्न लागिएको बताए । यद्यपि कुन प्रदेशमा कहिले सभा गर्ने भन्नेबारे निर्णय लिन बाँकी ...
। नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले आफूहरूले बनाएको पार्टी सबै पुस्ताको पार्टी भएको बताएका छन् । आइतबार नवगठित नेपाली कम्युनिस्ट पार्टीको पूर्वपदाधिकारीहरूको अनौपचारिक बैठक पेरिसडाँडामा बसेको थियो । बैठकपछि नेता खनालले यस्तो बताएका हुन् । उनलाई पत्रकारहरूले सोधेका थिए, ‘एमाले अध्यक्ष केपी शर्मा ओलीले तपाईंहरूलाई वृद्धहरूको पार्टी भन्नुभयो नि ।’ जवाफमा खनालले नेपाली कम्युनिस्ट पार्टी सिंगो जनताको ...
। निर्वाचन आयोगले आज (आइतबार) सम्म १ सय २२ वटा राजनीतिक दल कायम रहेको जानकारी गराएको छ । अन्तरिम सरकारले निर्वाचन घोषणा गर्दा पनि १ सय २२ वटा नै राजनीतिक दल आयोगमा दर्ता रहेको र आजको मितिसम्म पनि सोही संख्यामा दर्ता भएका दल संख्या रहेको आयोगले बताएको हो । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, यसबीचमा ७ ...