मुख्य समाचार
कृत्रिम बुद्धिमता (एआई) बाट सिर्जना गरिएका ३ गीतले पछिल्लो साता बिलबोर्ड र स्पोटीफाईको ‘ग्लोबल चार्ट’ को शीर्ष स्थान कब्जा
कृत्रिम बुद्धिमता (एआई) बाट सिर्जना गरिएका ३ गीतले पछिल्लो साता बिलबोर्ड र स्पोटीफाईको ‘ग्लोबल चार्ट’ को शीर्ष स्थान कब्जा

। कृत्रिम बुद्धिमता (एआई) बाट सिर्जना गरिएका ३ गीतले पछिल्लो साता बिलबोर्ड र स्पोटीफाईको ‘ग्लोबल चार्ट’ को शीर्ष स्थान कब्जा गरेका छन् ।

‘ब्रेकिङ रस्ट’ नामक एक समूहले सिर्जना गरेको गीतहरू ‘वाक माई वाक’ र ‘लिभिङ अन बरोड टाइम’ले स्पोटीफाईको अमेरिकाको ५० भाइरल गीतको सूचीमा स्थान बनाएका छन् ।

नयाँ आश्रय स्थल निर्माणको विरोधमा जेडब्लू ब्रोकन भेटेरानद्वारा लिखित आप्रवासी विरोधी गान, वी से नो, नो टु असाइलम सेन्टरले सोही समयमा स्पोटीफाईको विश्वव्यापी संस्करणको भाइरल चार्टमा शीर्ष स्थान हासिल गरेको छ ।

चार्टको शीर्षस्थानमा पुगेको केही दिन पछि, डच गीत स्पोटिफाई र युट्युबबाट गायब भयो । ब्रोकन भेटेरानको अन्य संगीत पनि गायब भयो ।

स्पोटिफाईले डच आउटलेट एनयूलाई बताएअनुसार कम्पनीले संगीत हटाएको होइन, बरु गीतको प्रतिलिपि अधिकार भएका व्यक्तिले हटाए । ब्रोकन भेटेरनले संगीत किन गायब भयो भन्ने बारेमा आफू अनभिज्ञ रहेको र चाँडै प्लाटफर्ममा फिर्ता हुने कुरामा आफू आशावादी रहेको जनाएको छ ।

तीन हप्तादेखि, ‘वाक माई वाक’ ले बिलबोर्डको “कन्ट्री डिजिटल गीत बिक्री’ सूचीको शीर्षस्थानमा नेतृत्व गरेको छ । यो सूचीले गीतको डाउनलोड र विक्रीको मापन गर्छ ।

यी ३ गीतहरू एआईद्वारा सिर्जना गरिएका संगीत हुन् । पछिल्लो समय एआईबाट सिर्जना गरिएका गीतले स्ट्रिमिङ प्लाटफर्ममा वर्चस्व जमाउन थालेका छन् ।

स्ट्रिमिङ एप डिजरद्वारा बुधबार प्रकाशित एक अध्ययनले अनुमान गरेको छ कि प्लेटफर्ममा हरेक दिन ५० हजार एआई-उत्पन्न गीतहरू अपलोड हुन्छन्, जुन त्यहाँ समावेश गरिएका सबै संगीतको ३४ प्रतिशत हो ।

वाक माई वाक- वी से नो नो- नो टु एन एसाइलम सेन्टर ठूलो संख्यामा दर्शकमा पुग्ने पहिलो एआई-उत्पन्न गीत होइनन् । गर्मीयाममा ‘भेलभेट सनडाउन’ नामक समूहले एआईबाट सिर्जना गरेका गीतले स्पोटिफाईमा १० लाख भन्दा बढी भ्यूज पाए । जसलाई एक सदस्यले केही समयपछि ‘कलाको ठगी’ भनेर वर्णन गरे ।

‘यो एआई संगीतको लोकप्रियतामा तीव्र गतिमा वृद्धि भइरहेको प्रवृत्तिको अंश हो किनभने यो ठूलो मात्रामा फैलिरहेको छ’ उनले भने, ‘यहाँ तपाईंसँग प्रति दिन ५० हजार ट्रयाकहरू छन् जुन मानव संगीतकारसँग प्रतिस्पर्धा गरिरहेका छन् ।’

अध्ययनअनुसार पछिल्लो समय एआईबाट सिर्जना गरिएका संगीतको गुणस्तरमा सुधार आइरहेको छ । ८ मुलुकका ९ हजारजना मानिसमाझ डिजरले गरेको एक सर्वेक्षणअनुसार, ती मानिसमध्ये ९७ प्रतिशतले एआई र मानिसले सिर्जना गरेका गीतलाई छुट्याउन सक्दैनन् ।

‘यसलाई अस्वीकार गर्ने ठाउँ छैन । मलाई लाग्छ कि तपाईं अहिले मानव-रचना गरिएको संगीतबाट उत्कृष्ट एआई संगीत छुट्याउन सक्नुहुन्न’ न्यूटन-रेक्सले भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: बलिउड अभिनेता आमिर खानका भान्जा तथा एक्टर इमरान खानलाई भारतको फरेनर्स रिजनल रजिष्ट्रेशन अफिसले नोटिस जारी गर्दै आगामी अक्टोबर २८ भित्र देश छाड्न निर्देशन दिएको छ। मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्ध आयोजना गरिएको एक राजनीतिक विरोध प्रदर्शनमा सहभागी भई 'फरेनर्स एक्ट' (विदेशी सम्बन्धी ऐन) को उलंघन गरेको आरोपमा उनीमाथि यो कारबाही अघि बढाइएको हो। यो मामला ...
: भारतीय सिनेमाका वरिष्ठ तथा बहुप्रतिभावान अभिनेता नाना पाटेकर (विश्वनाथ पाटेकर) को ७५ वर्षको उमेरमा निधन भएको छ। भारतको गोवास्थित डोना पाउला क्षेत्रमा रहेको आफ्नै निवासमा बेहोस अवस्थामा भेटिएपछि उनलाई तत्काल अस्पताल लगिएको भए पनि चिकित्सकहरूले मृत घोषणा गरेका थिए। अस्पतालका डाक्टरहरूले उनलाई होसमा ल्याउन करिब ४५ मिनेटसम्म लगातार सीपीआर दिएर बचाउने कोसिस गरे पनि कुनै ...
। लोकप्रिय नेपाली पप ब्यान्ड ‘मंगोलियन हार्ट’ तीन दशकपछि युरोप भ्रमणमा निस्कने भएको छ । ‘मंगोलियन हार्ट युरोप मिनी टूर २०२६’ अन्तर्गत ब्यान्डले ४ देशमा प्रत्यक्ष सांगीतिक प्रस्तुति दिनेछ । फोर ब्रदर्स इभेन्ट म्यानेजमेन्टको व्यवस्थापनमा टूर हुन लागेको हो । ब्यान्डको ८ सदस्यीय टोली २४ सेप्टेम्बरमा त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ । टोलीको लिड भोकलिस्टमा राजु लामा, ...
। के-पप समूह ‘स्ट्रे किड्स’ का सदस्य ब्याङ चानले २० करोड वन (१ लाख ४४ हजार २९५ अमेरिकी डलर) दान गरेका छन् । यो रकम दक्षिण कोरियामा पुनर्स्थापना उपचार र नेपालमा गएको भीषण बाढीपछिको पुनर्लाभका कार्यमा प्रयोग हुने जेवाईपी इन्टरटेनमेन्टले शनिबार जनाएको छ । ब्याङ चानले सोल पुनस्र्थापना अस्पताल र युनिसेफका लागि कोरियाली समितिलाई १०-१० करोड ...
। गायक एड सिरनले आफ्नो पछिल्लो सांगीतिक कार्यक्रममा मञ्चमा एक्लै उपस्थित भएर आफ्ना समर्थकहरूसँग माफी मागेका छन्। प्यालेस्टाइनको पक्षमा वक्तव्य दिएका अमेरिकी र्‍यापर म्याकलमोरलाई टुर प्रोग्रामबाट हटाइएपछि सिर्जित विवादलाई सम्बोधन गर्दै उनले केही ‘गल्ती’ भएको स्वीकारेका छन्। सिरनले भने, ‘म कहिल्यै पनि राजनीतिक रूपमा सक्रिय संगीतकार बन्न चाहन्नथेँ। यो घटनाले मलाई वाक् स्वतन्त्रता र विश्वकै सबैभन्दा जटिल ...