मुख्य समाचार
अनुसन्धान आयोगले खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बाराको ठेक्का सूचना लुकाएर भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर
अनुसन्धान आयोगले खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बाराको ठेक्का सूचना लुकाएर भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर

। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बाराको ठेक्का सूचना लुकाएर भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको छ ।

अख्तियारले खानेपानी तथा सरसफाई डिभिजन कार्यालय कलैया, बाराका तत्कालीन निमित्त डिभिजन प्रमुख, लेखापाल र दुई सञ्चारमाध्यमसहित त्यसका प्रतिनिधिविरुद्ध आइतबार विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।

आयोगका अनुसार आ.व. २०७९/८० का २३ वटा निर्माण सम्बन्धी बोलपत्र सूचनाहरू सार्वजनिक खरिद ऐनअनुसार राष्ट्रिय दैनिकमा प्रकाशन गर्नुपर्नेमा सूचना लुकाएर किर्ते गरिएको पाइएको छ ।

कलैयास्थित डिभिजन कार्यालयले सूचना लुकाएर एक प्रतिमात्र प्रभाव दैनिकमा छापिएको देखिने गरी भौतिक प्रमाण अभिलेखमा राखेको अनुसन्धानबाट देखिएको अख्तियार जनाएको छ ।

तर, सो सूचना सोही मितिको पत्रिकामा कहीं पनि प्रकाशित नभएको प्रेस काउन्सिल र प्रकाशकबाटै पुष्टि भएको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।

ठेक्काको सूचना नछापिएको अवस्थामा पनि किर्ते बिल बनाएर सान्दर्भिक मिडिया नेटवर्क प्रालिलाई ३ लाख १६ हजार ५७० रुपैयाँ भुक्तानी दिइएको र सो कम्पनीको खाताबाट ५० हजार रुपैयाँ प्रभाव दैनिकका बजार प्रबन्धक सन्तोषराज खरेलले लिएको तथ्य भेटिएको आयोगको दाबी छ ।

आयोगले उक्त कार्यलाई सार्वजनिक सम्पत्तिमा हानि पुर्‍याउने बदनियतपूर्ण भ्रष्टाचार ठहर गर्दै खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बाराका तत्कालीन डिमित्त डिभिजन प्रमुख किशोरी प्रसाद यादव, लेखापाल प्रदीप दासलाई मुख्य कसुदारका रूपमा ३ लाख १६ हजार ५७० बिगो बराबर जरिबाना र कैद सजायको माग गरेको छ ।

यस्तै सान्दर्भिक मिडिया नेटवर्क प्रालिका प्रबन्धक निसान्त सिग्देल र प्रभाव पब्लिकेशन प्रालिका बजार प्रबन्धक सन्तोषराज खरेललाई मतियार बनेको ठहर गर्दै सोही बराबरको बिगो र कानुनी कारबाही माग गरिएको छ ।

सार्वजनिक विज्ञापन लुकाएर ठेक्का प्रक्रियामा हस्तक्षेप गर्ने कार्य ‘भ्रष्टाचार निवारण ऐन, २०५९’ को दफा ८(१)(ङ) अन्तर्गतको कसूर हुने ठहर गर्दै अख्तियारले आइतबार विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरेको प्रवक्ता पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। विद्यार्थी भिसामा युनाइटेड अरब इमिरेट्स (यूएई) पठाउने नाममा नेपाली विद्यार्थी ठगीमा पर्ने गरेको पाइएको छ । यूएईका विभिन्न विश्वविद्यालयमा अध्ययनका लागि पठाइदिने भन्दै नेपाली विद्यार्थी ठगीमा पर्ने गरेको पाइएको हो । नेपालबाट यूएईका विश्वविद्यालयमा पढ्न भनेर गएका २ हजारभन्दा बढी विद्यार्थी त्यसरी ‘एजुकेसन स्क्याम’ मा परेको अनुमान छ । यसबारे नेपाल सरकारले आन्तरिक रूपमा छानबिन समेत ...
। नागरिक समूहका संस्थापक अध्यक्ष निगम हुमागाईं ‘देश अत्यन्तै गम्भीर मोडमा रहेको’ भन्दै चिन्ता व्यक्त गरेका छन् । नागरिक समूहले काठमाडौंमा आयोजना गरेको ‘व्यवस्था, अवस्था र निकास’ शीर्षकको एक कार्यक्रममा आफ्ना धारणा राख्ने क्रममा उनले यस्तो चिन्ता व्यक्त गरेका हुन् । गम्भीर गृहयुद्धमा पुर्‍याउने षडयन्त्रबाट मुलुक जोगिएको उनको भनाइ छ । ‘सिंहदरबार जलेको छ, सर्वोच्च अदालत जलेको छ ...
। नवगठित नेपाली कम्युनिस्ट पार्टीले सातै प्रदेशमा सन्देश सभा आयोजना गर्ने भएको छ । पेरिसडाँडामा बसेको विभिन्न घटक मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीका पूर्वपदाधिकारीहरूको बैठकले सातै प्रदेशमा सन्देश सभा गर्ने आयोजना भएको हो । पार्टीका नेता राजेन्द्रप्रसाद पाण्डेले सातै प्रदेशमा सन्देश सभा आयोजना गर्न लागिएको बताए । यद्यपि कुन प्रदेशमा कहिले सभा गर्ने भन्नेबारे निर्णय लिन बाँकी ...
। नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले आफूहरूले बनाएको पार्टी सबै पुस्ताको पार्टी भएको बताएका छन् । आइतबार नवगठित नेपाली कम्युनिस्ट पार्टीको पूर्वपदाधिकारीहरूको अनौपचारिक बैठक पेरिसडाँडामा बसेको थियो । बैठकपछि नेता खनालले यस्तो बताएका हुन् । उनलाई पत्रकारहरूले सोधेका थिए, ‘एमाले अध्यक्ष केपी शर्मा ओलीले तपाईंहरूलाई वृद्धहरूको पार्टी भन्नुभयो नि ।’ जवाफमा खनालले नेपाली कम्युनिस्ट पार्टी सिंगो जनताको ...
। निर्वाचन आयोगले आज (आइतबार) सम्म १ सय २२ वटा राजनीतिक दल कायम रहेको जानकारी गराएको छ । अन्तरिम सरकारले निर्वाचन घोषणा गर्दा पनि १ सय २२ वटा नै राजनीतिक दल आयोगमा दर्ता रहेको र आजको मितिसम्म पनि सोही संख्यामा दर्ता भएका दल संख्या रहेको आयोगले बताएको हो । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, यसबीचमा ७ ...