मुख्य समाचार
काठमाडौंको पूर्वी क्षेत्रस्थित बागमती नदी करिडोर क्षेत्रको फोहोरमैला व्यवस्थापन र सडक मर्मत सम्भार बारे स्थलगत निरीक्षण
काठमाडौंको पूर्वी क्षेत्रस्थित बागमती नदी करिडोर क्षेत्रको फोहोरमैला व्यवस्थापन र सडक मर्मत सम्भार बारे स्थलगत निरीक्षण

। ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले शनिबार काठमाडौंको पूर्वी क्षेत्रस्थित बागमती नदी करिडोर क्षेत्रको फोहोरमैला व्यवस्थापन र सडक मर्मत सम्भार बारे स्थलगत निरीक्षण गरेका छन् ।

शहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देल, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव केशव शर्मा, गोकर्णेश्वर नगरपालिका मेयर दीपक रिसाल लगायत सम्बन्धित निकायका टोली सहितको टोलीले गुह्येश्वरीबाट सुन्दरीजल क्षेत्रसम्मको नदी करिडोर र सडक स्तरोन्नतिबारे जानकारी लिएको थियो ।

टोलीले गुह्येश्वरीदेखि सुन्दरीजलसम्मका क्षेत्रमा पर्ने बागमती नदी किनार तथा ढल व्यवस्थापन, सडक विस्तार एवम् स्तरोन्नति लगायतका विषयमा स्थलगत जानकारी लिएको थियो ।

मन्त्री घिसिङले बागमती नदी करिडोरमा देखिएको ढल व्यवस्थापन र सडक स्तरोन्नतिको समस्या तत्काल समाधान गरिने बताए ।

उनले काठमाडौं उपत्यकाका नदी करिडोर क्षेत्रमा सडक विभाग, काठमाडौं उपत्यकाका विकास प्राधिकरण र अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति बीच सडक निर्माण निर्माण तथा मर्मतसम्भार देखिएको समन्वययको समस्यालाई छिट्टै समाधान गरिने प्रतिबद्धता जनाए ।

‘काठमाडौं उपत्यकाका नदीलाई सफा बनाएमा मात्र शहर सफा हुने भएकाले अल्पकालीन र दीर्घकालीन रुपमा ढल व्यवस्थापन योजना सहित काम गरिरहेका छौं, ढल व्यवस्थापनका लागि प्रशोधन केन्द्रको स्थापना चरणबद्ध रुपमा गरिरहेका छौं, नदी करिडोरका सडकलाई कालोपत्रे गर्ने, मर्मतसम्भार गर्ने लगायतकालाई उच्च प्राथमिकता राखी कार्य अगाडि बढाइरहेको छ, यसका लागि स्थानीय पालिकासँग समन्वयका साथ काम गरिरहेका छौं, सडक किनारमा बेवारिसे अवस्थामा छाडिएका गाडी हटाउन उपकरण उपलब्ध गराउँछौं, त्यस्ता गाडीहरु तत्काल हटाउनुहोला,’ उनले भने ।

सडक फराकिलो बनाउन नेपाल ट्रष्टको कार्यालयसँग आवश्यक समन्वय र सहजीकरण गरिने उनले बताए ।

चावहिल—सुन्दरीजल सडक विस्तारका लागि बाँकी पुलको निर्माण तत्काल अगाडि बढाउन उनले आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल विद्यार्थी संघ (नेविसंघ)ले स्वतन्त्र विद्यार्थी युनियन, नेपाल (स्ववियु परिषद्, नेपाल) गठन गरेको छ । विश्वविद्यालयका कलेजमा निर्वाचित अध्यक्ष, पदाधिकारी एवं सदस्यहरुको प्रतिनिधिमूलक साँझा संस्थाका रुपमा स्ववियु परिषद् नेपाल गठन गरेको हो । नेविसंघले परिषद्को अधिवेशन मिति पनि तय गरेको छ । यसै सालको मंसिर ११, १२ र १३ गते त्रिभुवन विश्वविद्यालय परिसरमा अधिवेशन हुनेछ ...
। नेकपा (एमाले)का सचिव एवं पूर्वमन्त्री छविलाल विश्वकर्माले जेनजी आन्दोलनमा अपराधिक गतिविधिमा संलग्नहरूलाई सरकारले तत्काल कारबाही गर्नुपर्ने माग गरेका छन् । शनिबार वुटवलमा आयोजित एक कार्यक्रममा बोल्दै उनले जेनजी आन्दोलनमा घुसपैठ भई मुलुकमा गुण्डागर्दी गर्ने, निजी तथा सार्वजनि सम्पतीलाई धराशायी बनाउनेहरुलाई सरकारले अझै कारबाहीको दायरामा ल्याउन नसकेको भन्दै आक्रोश समेत व्यक्त गरे । ‘जसले घुसपैठ गरे । ...
। जेनजी आन्दोलनका क्रममा चितवनका विभिन्न सरकारी कार्यालयमा तोडफोड र आगजनी गर्ने २८ जना पक्राउ परेका छन् । फोटो र भिडियोका आधारमा उनीहरूलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पक्राउ परेका मध्ये १२ जनालाई हाजिरी जमानीमा छाडिएको छ भने १६ जनालाई हिरासतमै राखेर अनुसन्धान गरिरहेको एसपी गोविन्द पुरीले जानकारी दिए । उनका अनुसार ...
। नेकपा एमालेका सचिव लेखराज भट्टले मुलुकको राष्ट्रियता, सार्वभौगिकता र राष्ट्रिय अखण्डताका निमित्त एमाले फेरि पनि संघर्ष गर्न तयार रहेको बताएका छन् । एमाले कैलालीले शनिबार धनगढीमा आयोजना गरेको जनसभाई सम्बोधन गर्दै पार्टीका सुदूरपश्चिम इन्चार्ज समेत रहेका नेता भट्टले देश र जनताको लागि जेसुकै बलिदान गर्न पनि तयार रहेको बताएका हुन् । टाइगर अभी जिन्दा हे भन्दै ...
। नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीका नेता-कार्यकर्ताहरूलाई धैर्यता राखिदिन अनुरोध गरेका छन् । महाधिवेशनको विषयमा पार्टी निर्णयमा पुग्न ढिलाइ भइरहेका बेला शनिबार फेसबुकमार्फत् उनले नेता-कार्यकर्ताहरूलाई धैर्यता राखिदिन अनुरोध गरेका हुन् । हतारमा निर्णय गरेर पछि पछुताउनुभन्दा पार्टीलाई एकताबद्ध राखेर प्रतिकूल समयको पदचापलाई सामना गर्न सक्ने गरी निर्णय गर्न केही समय लागेको खड्काको भनाइ छ । ‘इतिहासमै ...