मुख्य समाचार
२०८२/०८३ को तीन महिने कार्यप्रगति सन्तोषजनक नभएकाले गति बढाएर काम गर्न सरकार मातहतका निकायलाई निर्देशन
२०८२/०८३ को तीन महिने कार्यप्रगति सन्तोषजनक नभएकाले गति बढाएर काम गर्न सरकार मातहतका निकायलाई निर्देशन

। प्रधानमन्त्री सुशीला कार्कीले २०८२/०८३ को तीन महिने कार्यप्रगति सन्तोषजनक नभएकाले गति बढाएर काम गर्न सरकार मातहतका निकायलाई निर्देशन दिएकी छिन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम र बजेटको कार्ययोजना कार्यान्वयनको समीक्षा बैठकमा प्रधानमन्त्री कार्कीले पछिल्लो राजनीतिक परिवर्तन र नयाँ पुस्ताको भावनाअनुसार कार्यशैली पनि परिवर्तन गर्नुपर्ने बताइन् ।


‘आमजनताको असन्तुष्टि व्यक्त हुनुको प्रमुख कारण देशमा व्याप्त विभिन्‍न प्रकारको भ्रष्टाचार र देशको विकासमा देखिएको गतिहीनता र सुस्तता नै हो,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘सरकारी संयन्त्रमा रहेको अनियमितता र भ्रष्टाचार नियन्त्रणका लागि मन्त्री, सचिवलगायत प्रशासनिक नेतृत्वको अहं भूमिका हुन्छ। आफू स्वच्छ रहन र आफ्नो निकायमा स्वच्छता प्रवर्धन गर्न जिम्मेवार भएर लाग्न म यहाँहरूलाई निर्देश गर्न चाहन्छु।’

सरकारका कामबाट जनताको आकाङ्‍क्षा सम्बोधन नभएका कारण नवयुवा पुस्ताको आक्रोश विध्वंसात्मक रूपमा विस्फोट भएको बताउँदै उनले यसबाट समग्र सरकारी संयन्त्रले पाठ सिक्नुपर्ने उल्लेख गरिन् ।
‘म सबै माननीय मन्त्री, सचिवलगायत सबै जिम्मेवार अधिकारीहरूलाई जनताको अपेक्षा सम्बोधन हुनेगरी काम गर्न, आफ्ना मातहतका निकायहरूलाई प्रभावकारी रूपमा परिचालन गरी जनतालाई परिवर्तन र सुधारको महसुस हुनेगरी नतिजा निकाल्न आह्वान गर्दछु,’ उनले भनिन् ।

बजेटको पूँजीगत खर्च लक्ष्यअनुसार हुन नसकेको भन्दै प्रधानमन्त्री कार्कीले आर्थिक वर्षको बाँकी अवधिमा थप गति बढाउन निर्देशन दिइन् । उनले भनिन्, ‘भौतिक पूर्वाधार निर्माण गर्ने र पूँजीगत खर्चको दायित्व बढी भएका मन्त्रालयहरूले आ-आफ्नो कार्यशैली बदल्नुपर्छ ।’

प्रधानमन्त्री सुशीला कार्की, अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुन, युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता, मुख्यसचिव एकनारायण अर्याल, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, विभिन्न मन्त्रालयका सचिवलगायतका अधिकारीहरुको उपस्थितिमा समीक्षा बैठक बसेको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल विद्यार्थी संघ (नेविसंघ)ले स्वतन्त्र विद्यार्थी युनियन, नेपाल (स्ववियु परिषद्, नेपाल) गठन गरेको छ । विश्वविद्यालयका कलेजमा निर्वाचित अध्यक्ष, पदाधिकारी एवं सदस्यहरुको प्रतिनिधिमूलक साँझा संस्थाका रुपमा स्ववियु परिषद् नेपाल गठन गरेको हो । नेविसंघले परिषद्को अधिवेशन मिति पनि तय गरेको छ । यसै सालको मंसिर ११, १२ र १३ गते त्रिभुवन विश्वविद्यालय परिसरमा अधिवेशन हुनेछ ...
। नेकपा (एमाले)का सचिव एवं पूर्वमन्त्री छविलाल विश्वकर्माले जेनजी आन्दोलनमा अपराधिक गतिविधिमा संलग्नहरूलाई सरकारले तत्काल कारबाही गर्नुपर्ने माग गरेका छन् । शनिबार वुटवलमा आयोजित एक कार्यक्रममा बोल्दै उनले जेनजी आन्दोलनमा घुसपैठ भई मुलुकमा गुण्डागर्दी गर्ने, निजी तथा सार्वजनि सम्पतीलाई धराशायी बनाउनेहरुलाई सरकारले अझै कारबाहीको दायरामा ल्याउन नसकेको भन्दै आक्रोश समेत व्यक्त गरे । ‘जसले घुसपैठ गरे । ...
। जेनजी आन्दोलनका क्रममा चितवनका विभिन्न सरकारी कार्यालयमा तोडफोड र आगजनी गर्ने २८ जना पक्राउ परेका छन् । फोटो र भिडियोका आधारमा उनीहरूलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पक्राउ परेका मध्ये १२ जनालाई हाजिरी जमानीमा छाडिएको छ भने १६ जनालाई हिरासतमै राखेर अनुसन्धान गरिरहेको एसपी गोविन्द पुरीले जानकारी दिए । उनका अनुसार ...
। नेकपा एमालेका सचिव लेखराज भट्टले मुलुकको राष्ट्रियता, सार्वभौगिकता र राष्ट्रिय अखण्डताका निमित्त एमाले फेरि पनि संघर्ष गर्न तयार रहेको बताएका छन् । एमाले कैलालीले शनिबार धनगढीमा आयोजना गरेको जनसभाई सम्बोधन गर्दै पार्टीका सुदूरपश्चिम इन्चार्ज समेत रहेका नेता भट्टले देश र जनताको लागि जेसुकै बलिदान गर्न पनि तयार रहेको बताएका हुन् । टाइगर अभी जिन्दा हे भन्दै ...
। नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीका नेता-कार्यकर्ताहरूलाई धैर्यता राखिदिन अनुरोध गरेका छन् । महाधिवेशनको विषयमा पार्टी निर्णयमा पुग्न ढिलाइ भइरहेका बेला शनिबार फेसबुकमार्फत् उनले नेता-कार्यकर्ताहरूलाई धैर्यता राखिदिन अनुरोध गरेका हुन् । हतारमा निर्णय गरेर पछि पछुताउनुभन्दा पार्टीलाई एकताबद्ध राखेर प्रतिकूल समयको पदचापलाई सामना गर्न सक्ने गरी निर्णय गर्न केही समय लागेको खड्काको भनाइ छ । ‘इतिहासमै ...