मुख्य समाचार
नेपाल सरकार अन्तर्गत राष्ट्रिय युवा परिषदद्वारा प्रकाशित युवा तस्बीर दर्पण सार्वजनिक
नेपाल सरकार अन्तर्गत राष्ट्रिय युवा परिषदद्वारा प्रकाशित युवा तस्बीर दर्पण सार्वजनिक

। नेपाल सरकार अन्तर्गत राष्ट्रिय युवा परिषदद्वारा प्रकाशित युवा तस्बीर दर्पण सार्वजनिक भएको छ । शुक्रवार सिंहदरवारमा आयोजित एक कार्यक्रमकाबीच प्रधानमन्त्री सुशिला कार्कीले सो पुस्तक सार्वजनिक गरेकी हुन् ।

पुस्तक सार्वजनिक गर्दै प्रधानमन्त्री कार्कीले युवाका चाहना र भावना वुझ्न तस्वीर किताव सजिलो र प्रभावकारी हुने बताइन् । कार्कीले परिषदको वार्षिक प्रतिवेदन र युवा तस्बीर दर्पण हेर्दा युवाका निम्ति परिषदले सकारात्मक प्रयत्न गरेको आफुले अनुभूति गरेको बताइन् ।

तस्वीर नै तस्वीरले भरिएको पुस्तकमा परिषदले पछिल्ला चारवर्षमा गरेका युवा केन्द्रित क्रियाकलापहरुको सचित्र विवरण समेटिएको छ।युवा तस्बिर दर्पणमा ०७८ पौषदेखि देखि २०८२ भाद्रसम्मका मुलभुत् क्रियाकलाप समावेश छिन् । २२४ पृष्ठको पुस्तकमा युथ भिजन २०२५ ले निर्दिष्ट गरेका पाँचवटा आधारस्तम्भ अनुसारका तस्विर सङ्ग्रहित छन् ।

पुस्तकमा युवा नेतृत्व विकास अन्तर्गत अन्तर्राष्ट्रिय युवा दिवस, नमुना युवा संसद्, नमुना संयुक्त राष्ट्रसंघीय अभ्यास, स्वयंसेवक विकास तथा परिचालन, युवा मार्गदर्शन, युवा नीति बहस, कला–साहित्य, सहकार्य, अन्तर्राष्ट्रिय आयामसँग सम्बन्धित तस्वीर प्रकाशित छन् ।

त्यसैगरी युवा उद्यमशीलता र सिप विकास अन्तर्गत प्रादेशिक युवा उद्यमशीलता प्रवर्द्धन सम्मेलन, संघीय युवा उद्यमशीलता सम्मेलन, युवा वैज्ञानिक सम्मेलन, इन्क्युवेसन, उद्यमशीलता तथा वित्तीय साक्षरता, रोजगारमुलक सिप विकास संग सम्वन्धित् तस्वीर समावेश छन् ।

पुस्तकबारे परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले भने, ‘युवा तस्वीर दर्पणले परिषदको विगत र वर्तमानलाई अभिव्यक्त मात्र गर्ने छैन, भविष्यलाई समेत दिशावोध गर्ने विश्वास लिएका छौं ।’

फोटो पुस्तकले परिषदका सकारात्मक कामलाई स्थापित गर्ने र कमि कमजोरी औंल्याउन मद्दत पुग्ने उनले बताए ।

पुस्तकमा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतको चारवर्षे कार्यकालका प्रमुख उपलब्धि र क्रियाकलाप समेटिएको प्रशासकीय प्रमुख गेहनाथ गौतले जनाए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल विद्यार्थी संघ (नेविसंघ)ले स्वतन्त्र विद्यार्थी युनियन, नेपाल (स्ववियु परिषद्, नेपाल) गठन गरेको छ । विश्वविद्यालयका कलेजमा निर्वाचित अध्यक्ष, पदाधिकारी एवं सदस्यहरुको प्रतिनिधिमूलक साँझा संस्थाका रुपमा स्ववियु परिषद् नेपाल गठन गरेको हो । नेविसंघले परिषद्को अधिवेशन मिति पनि तय गरेको छ । यसै सालको मंसिर ११, १२ र १३ गते त्रिभुवन विश्वविद्यालय परिसरमा अधिवेशन हुनेछ ...
। नेकपा (एमाले)का सचिव एवं पूर्वमन्त्री छविलाल विश्वकर्माले जेनजी आन्दोलनमा अपराधिक गतिविधिमा संलग्नहरूलाई सरकारले तत्काल कारबाही गर्नुपर्ने माग गरेका छन् । शनिबार वुटवलमा आयोजित एक कार्यक्रममा बोल्दै उनले जेनजी आन्दोलनमा घुसपैठ भई मुलुकमा गुण्डागर्दी गर्ने, निजी तथा सार्वजनि सम्पतीलाई धराशायी बनाउनेहरुलाई सरकारले अझै कारबाहीको दायरामा ल्याउन नसकेको भन्दै आक्रोश समेत व्यक्त गरे । ‘जसले घुसपैठ गरे । ...
। जेनजी आन्दोलनका क्रममा चितवनका विभिन्न सरकारी कार्यालयमा तोडफोड र आगजनी गर्ने २८ जना पक्राउ परेका छन् । फोटो र भिडियोका आधारमा उनीहरूलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पक्राउ परेका मध्ये १२ जनालाई हाजिरी जमानीमा छाडिएको छ भने १६ जनालाई हिरासतमै राखेर अनुसन्धान गरिरहेको एसपी गोविन्द पुरीले जानकारी दिए । उनका अनुसार ...
। नेकपा एमालेका सचिव लेखराज भट्टले मुलुकको राष्ट्रियता, सार्वभौगिकता र राष्ट्रिय अखण्डताका निमित्त एमाले फेरि पनि संघर्ष गर्न तयार रहेको बताएका छन् । एमाले कैलालीले शनिबार धनगढीमा आयोजना गरेको जनसभाई सम्बोधन गर्दै पार्टीका सुदूरपश्चिम इन्चार्ज समेत रहेका नेता भट्टले देश र जनताको लागि जेसुकै बलिदान गर्न पनि तयार रहेको बताएका हुन् । टाइगर अभी जिन्दा हे भन्दै ...
। नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीका नेता-कार्यकर्ताहरूलाई धैर्यता राखिदिन अनुरोध गरेका छन् । महाधिवेशनको विषयमा पार्टी निर्णयमा पुग्न ढिलाइ भइरहेका बेला शनिबार फेसबुकमार्फत् उनले नेता-कार्यकर्ताहरूलाई धैर्यता राखिदिन अनुरोध गरेका हुन् । हतारमा निर्णय गरेर पछि पछुताउनुभन्दा पार्टीलाई एकताबद्ध राखेर प्रतिकूल समयको पदचापलाई सामना गर्न सक्ने गरी निर्णय गर्न केही समय लागेको खड्काको भनाइ छ । ‘इतिहासमै ...