मुख्य समाचार
कर्णाली यशविसले रोमाञ्चक फाइनलमा ललितपुर क्वीन्सलाई पराजित गर्दै वात्सल्य एभरेस्ट महिला भलिबल लिगको उपाधि रक्षा
कर्णाली यशविसले रोमाञ्चक फाइनलमा ललितपुर क्वीन्सलाई पराजित गर्दै वात्सल्य एभरेस्ट महिला भलिबल लिगको उपाधि रक्षा

। साविक विजेता कर्णाली यशविसले रोमाञ्चक फाइनलमा ललितपुर क्वीन्सलाई पराजित गर्दै वात्सल्य एभरेस्ट महिला भलिबल लिगको उपाधि रक्षा गरेको छ ।

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा भएको फाइनलमा कर्णालीले ललितपुरलाई ३-२ को सेटमा हराउँदै लगातार दोस्रो पटक च्याम्पियन बनेको हो । पहिलो सेटमा कर्णाली यशविसले अन्तिममा पुनरागमन गर्दै टाइब्रेकमा २६-२४ ले आफ्नो पक्षमा पार्दै अग्रता लिएको थियो ।

दोसो सेट भने २५-१७ ले सहजै आफ्नो पक्षमा पार्दै कर्णालीले २-० को अग्रता बनाएको थियो । तर तेस्रो सेटमा ललितपुर खेलमा फर्कियो । तेस्रो सेट ललितपुरले २५-१३ ले सहजै आफ्नो पक्षमा बनाएको थियो ।

ललितपुरले चाैथो सेट २५-१७ ले आफ्नो पक्षमा पार्दै खेल पाँचाै सेटसम्म पुर्‍याएको थियो । तर पाँचाै तथा निर्णायक सेटमा कर्णाली खेलमा फर्कियो र १५-८ ले सेटमा आफ्नो पक्षमा पार्दै उपाधि जित्यो ।

ललितपुर क्वीन्स भने लगातार दोस्रोपटक उपविजेतामै चित्त बुझाउन बाध्य भएको छ । पहिलो संस्करणमा पनि ललितपुर फाइनलमा कर्णालीसँग पराजित भएको थियो ।

इन्फिनिटी ड्रिम्सको आयोजनामा भएको लिगमा ६ टोलीको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको तयारी पूरा भएको जनाएको छ। शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै क्यानले मंसिर १ गते सोमबारदेखि सुरु हुने एनपीएलको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो। नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको अधिकांश खेलहरू फ्लडलाइटमा डे नाइट म्याच खेलाइने क्यानले जनाएको छ। एनपीएलको विजेताले १ करोड ...
— नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो सिजनको पहिलो खेलका टिकटहरू सबै बिक्री भएका छन् । खल्ती मोबाइल वालेटबाट टिकट काट्ने सुविधा रहेकोमा पहिलो दिन, मंसिर १ का लागि टिकट सोल्ड आउट भएका हुन् । क्यानका प्रवक्ता छुम्बी लामाले पहिलो दिनको सबै टिकट बीक्री भएको पुष्टि गरे । त्यस्तै खल्तीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विनय खड्काले ...
— क्रोएसिया विश्वकप २०२६ का लागि शुक्रबार राति छनोट भएको छ । युरोपेली छनोटको समूह ‘एल’ मा उसले फारो आयरल्यान्डलाई ३–१ ले हरायो र यससँगै अर्को वर्ष अमेरिका, क्यानाडा तथा मेक्सिकोमा हुने विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेको हो । फारोले जेजा डेविडको गोलले अप्रत्याशित अग्रता लिएयता क्रोएसियाका लागि जोस्को ग्वार्डिओल, पिटर मुसा र निकोला भ्लासिचले गोल ...
: नेपाल ओलम्पिक कमिटी (एनओसी)ले शुक्रबार दोस्रो महिला कबड्डी विश्वकप खेल्न जाने नेपाली टोलीको बिदाइ गरेको छ। एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ र महासचिव राजीव श्रेष्ठसहितले नेपाली महिला कबड्डी टोलीको बिदाइ गरेका हुन्। यसअघि भारतमा हुने भनिएको महिला कबड्डी विश्वकप बङगलादेशको मिरपुरमा हुँदैछ। महिला कबड्डी विश्वकप १३ वर्षपछि हुन लागेको हो। सन् २०१२ मा भारतको पटनामा ...
— नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार दोस्रो नेपाल प्रिमियर लिग (एनपीएल) को टिकट मूल्य सार्वजनिक गरेको छ । कीर्तिपुरस्थित पुनर्निर्माण गरिएको त्रिवि क्रिकेट रंगशालामा मंसिर १ देखि २७ सम्म हुने एपीएल हेर्नका लागि दर्शकले ५ सय देखि २ हजारसम्म तिर्नुपर्नेछ । पहिलो चरणमा पहिलो ६ दिनको खेलका लागि टिकट बिक्री खुल्ला गरिएको क्यानले जनाएको छ । ...