मुख्य समाचार
बसमा सवार एक महिलाको मृत्यु
बसमा सवार एक महिलाको मृत्यु

— कञ्चनपुरको महेन्द्रनगरबाट दार्चुला सदरमुकाम खलंगाका लागि छुटेको बसमा सवार एक महिलाको मृत्यु भएको छ ।


महाकाली यातायातको ना ८ ख ३०१ नम्बर बसमा सवार बैतडीको सिगास गाउँपालिका घर भएकी अन्दाजी ४५ वर्षीया जानकी चन्दको मृत्यु भएको हो । खोडपेबाट बसमा चढेकी उनी दार्चुलाको शैल्यशिखर नगरपालिका–६ ग्वानी नजिक पुग्दा बेहोस भएकी थिइन् । जिल्ला अस्पतालमा जाँच गर्दा चिकित्सकले मृत घोषित गरेको दार्चुला प्रहरीका सूचना अधिकारी हेमराज भट्टले बताए ।

उनी माइती दुहु गाउँपालिका–२ हिकिलामा भदैनीको बिहेमा जान लागेकी बुझिएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको र शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— नवगठित नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय समितिले पूर्णता नपाउँदै विभिन्न समितिमा बस्न नेताहरुबीच हानथाप सुरु भएको छ । नेकपामा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, भीम रावलको मातृभूमि अभियान लगायत १२ घटक छन् । निर्वाचन आयोगमा दर्ताका लागि पठाइएको केन्द्रीय समिति सूचीमा आफू नपरेपछि उनीहरुले निकट नेताहरुसँग ‘लबिङ’ सुरु गरेका छन् । त्यस्तै स्थायी, केन्द्रीय समितिमा ...
— कांग्रेस संस्थापन पक्षले निर्वाचनअगाडि पार्टीको कुनै पनि प्रकारको महाधिवेशन नगर्ने अडान कायम राखेको छ । संस्थापन पक्षमा रहेका २५ केन्द्रीय सदस्यहरुले भने निर्वाचन अगाडिनै १५ औं महाधिवेशन तालिका ल्याउन शुक्रबार कार्यवाहक सभापति पूर्णबहादुर खड्काको ध्यानाकर्षण गरेका थिए । शनिबार सात पूर्वपदाधिकारीले आयोजना गरेको संस्थपन पक्षीय भेलामा समेत उनीहरु उपस्थित थिएनन् । सहमहामन्त्री महेन्द्र यादवले निर्वाचनअगाडि कुनै ...
— एमाले उपाध्यक्ष रामबहादुर थापाले माओवादी, नेकपा एसलगायतका दलले गरेको पार्टी एकीकरणलाई १० क‍ोठे टहरो बनाएको टिप्पणी गरेका छन् । 'अलग-अलग कोठामा बसेका हाम्रा भूतपूर्व साथीहरूले अब हुने निर्वाचनहरूमा आफ्नो अस्तित्व ज‍ोगिन्न कि भनेर एउटा १० कोठे टहरो बनाएका छन्,' नेता थापाले भने । एमाले चितवनले शनिबार दिउँसो नारायणगढको पोखरा बसपार्कमा आयोजना गरेको सभामा बोल्दै नेता थापाले ...
: जिल्लाको फुङ्लिङ नगरपालिका-९ हाङदेवामा लडेर एक बालिकाको मृत्यु भएको छ। फुङ्लिङ-१० फुरुम्बुका वीरबहादुर नुगोका सात वर्षीय छोरी अर्पणा नुगो लिम्बूको लडेर मृत्यु भएको हो। फुङलिङ-९ हाङदेवामा बस्दै आएकी बालिकाको शुक्रबार साँझ लडेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक रोहित शर्मा बढईले बताए। उनका अनुसार निर्माणाधीन मादेन वंशको माङ्हिम मन्दिरबाट ...
— एमालेका स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले वर्तमान सरकारले चुनाव गर्न नसक्ने दाबी गरेका छन् । एमालेले धनकुटामा गरेको सभालाई सम्बोधन गर्दै कार्कीले अहिले एमालेको मुख्य माग संसद् पुनःस्थापना भएकाले निर्वाचनको नाटक मञ्चन नगर्न सरकारलाई आग्रह गरे । उनले लोकतान्त्रिक शक्तिहरुलाई विश्वासमा लिएर प्रतिनिधिसभा पुनःस्थापना गरेर अहिले उठेका माग सम्बोधन गर्ने ...