मुख्य समाचार
खैरो हेरोइनसहित एकै दिन ६ जना पक्राउ
खैरो हेरोइनसहित एकै दिन ६ जना पक्राउ

— कैलालीको विभिन्न स्थानबाट शुक्रबार मात्र ६ जना लागुऔषधसहित पक्राउ परेका छन् । जिल्ला प्रहरीको विभिन्न टोलीले छुट्टाछुट्टै स्थानमा चेकजाँच र विशेष सूचनाको आधारमा खैरो हेरोइन बरामद गरेसँगै उनीहरूलाई नियन्त्रणमा लिएको हो ।


जिल्लाको भजनी नगरपालिका–३ कुसमघाटमा सुदूरपश्चिम प्रदेश ०१–००९ प ३५११ नम्बरको मोटरसाइकल रोकी चेकजाँच गर्दा लम्कीचुहा नगरपालिका–१ थकालीपुरका १९ वर्षीय रिजन मगर र २२ वर्षीय आकाश चौधरी पक्राउ परेका छन् ।

उनीहरूको साथबाट ५ ग्राम ४२० मिलिग्राम खैरो हेरोइन फेला परेको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय भजनीबाट खटिएको टोलीले उक्त हेरोइन र मोटरसाइकलसहित दुवैजनालाई नियन्त्रणमा लिएको हो ।

यस्तै लम्कीचुहा नगरपालिका–६ बागमार क्षेत्रबाट पिपरकोटी बस्ने २९ वर्षीय कमल जैसी र २६ वर्षीय लक्ष्मण बोहरा १५० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ परेका छन् । उनीहरूलाई ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।

गएराति १० बजे विशेष सूचनाका आधारमा गोदावरी नगरपालिका–५ गेटास्थित से ६ प ७५९४ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा २० वर्षीय विजय बिष्ट र २५ वर्षीय राज चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूको साथबाट ५ ग्राम ७५० मिलिग्राम खैरो हेरोइन बरामद भएको छ ।


यी दुवैलाई मोटरसाइकलसहित लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर, प्रदेश प्रहरी कार्यालय महेन्द्रनगर र प्रहरी चौकी गेटाबाट संयुक्त रूपमा खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार शुक्रबार पक्राउ परेका सबै ६ जनामाथि थप अनुसन्धान जारी छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— नवगठित नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय समितिले पूर्णता नपाउँदै विभिन्न समितिमा बस्न नेताहरुबीच हानथाप सुरु भएको छ । नेकपामा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, भीम रावलको मातृभूमि अभियान लगायत १२ घटक छन् । निर्वाचन आयोगमा दर्ताका लागि पठाइएको केन्द्रीय समिति सूचीमा आफू नपरेपछि उनीहरुले निकट नेताहरुसँग ‘लबिङ’ सुरु गरेका छन् । त्यस्तै स्थायी, केन्द्रीय समितिमा ...
— कांग्रेस संस्थापन पक्षले निर्वाचनअगाडि पार्टीको कुनै पनि प्रकारको महाधिवेशन नगर्ने अडान कायम राखेको छ । संस्थापन पक्षमा रहेका २५ केन्द्रीय सदस्यहरुले भने निर्वाचन अगाडिनै १५ औं महाधिवेशन तालिका ल्याउन शुक्रबार कार्यवाहक सभापति पूर्णबहादुर खड्काको ध्यानाकर्षण गरेका थिए । शनिबार सात पूर्वपदाधिकारीले आयोजना गरेको संस्थपन पक्षीय भेलामा समेत उनीहरु उपस्थित थिएनन् । सहमहामन्त्री महेन्द्र यादवले निर्वाचनअगाडि कुनै ...
— एमाले उपाध्यक्ष रामबहादुर थापाले माओवादी, नेकपा एसलगायतका दलले गरेको पार्टी एकीकरणलाई १० क‍ोठे टहरो बनाएको टिप्पणी गरेका छन् । 'अलग-अलग कोठामा बसेका हाम्रा भूतपूर्व साथीहरूले अब हुने निर्वाचनहरूमा आफ्नो अस्तित्व ज‍ोगिन्न कि भनेर एउटा १० कोठे टहरो बनाएका छन्,' नेता थापाले भने । एमाले चितवनले शनिबार दिउँसो नारायणगढको पोखरा बसपार्कमा आयोजना गरेको सभामा बोल्दै नेता थापाले ...
: जिल्लाको फुङ्लिङ नगरपालिका-९ हाङदेवामा लडेर एक बालिकाको मृत्यु भएको छ। फुङ्लिङ-१० फुरुम्बुका वीरबहादुर नुगोका सात वर्षीय छोरी अर्पणा नुगो लिम्बूको लडेर मृत्यु भएको हो। फुङलिङ-९ हाङदेवामा बस्दै आएकी बालिकाको शुक्रबार साँझ लडेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक रोहित शर्मा बढईले बताए। उनका अनुसार निर्माणाधीन मादेन वंशको माङ्हिम मन्दिरबाट ...
— एमालेका स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले वर्तमान सरकारले चुनाव गर्न नसक्ने दाबी गरेका छन् । एमालेले धनकुटामा गरेको सभालाई सम्बोधन गर्दै कार्कीले अहिले एमालेको मुख्य माग संसद् पुनःस्थापना भएकाले निर्वाचनको नाटक मञ्चन नगर्न सरकारलाई आग्रह गरे । उनले लोकतान्त्रिक शक्तिहरुलाई विश्वासमा लिएर प्रतिनिधिसभा पुनःस्थापना गरेर अहिले उठेका माग सम्बोधन गर्ने ...