मुख्य समाचार
एनपीएलको दोस्रो सिजनको पहिलो खेलका टिकटहरू सबै बिक्री
एनपीएलको दोस्रो सिजनको पहिलो खेलका टिकटहरू सबै बिक्री

— नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो सिजनको पहिलो खेलका टिकटहरू सबै बिक्री भएका छन् । खल्ती मोबाइल वालेटबाट टिकट काट्ने सुविधा रहेकोमा पहिलो दिन, मंसिर १ का लागि टिकट सोल्ड आउट भएका हुन् ।


क्यानका प्रवक्ता छुम्बी लामाले पहिलो दिनको सबै टिकट बीक्री भएको पुष्टि गरे । त्यस्तै खल्तीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विनय खड्काले पनि शुक्रबार दिउँसोसम्म प्रिमियम र साधारण दुवैतर्फको सम्पूर्ण टिकट बिक्री भएको बताए । उनले पहिलो पटक (सिजन-१) को तुलनामा यसपटक अलि ढिलो गरी टिकट सोल्ड आउट भएको बताए ।

गत सिजनको अनुभव सुनाउँदै खड्काले भने, ‘पहिले टिकटहरू दुई घण्टा वा तीन घण्टामै सकिन्थ्यो भने यस पटक चाहिँ करिब २४ घण्टामा सोल्ड आउट भयो । यसले खेलप्रति दर्शकको आकर्षण र उत्साह कायमै रहेको देखाउँछ ।’

अत्यधिक ट्राफिक र मागलाई मध्यनजर गर्दै यस सिजनका लागि खल्तीले आफ्नो सर्भर क्षमता बढाएको खड्काले बताए । ‘यस पटक कीर्तिपुर मैदान अलि अर्गनाइज्ड भएको छ,’ उनले भने, ‘पहिला कम्पाउन्ड नहुँदा र मान्छेहरू जथाभावी छिरेका थिए भने अहिले सिट अरेन्जमेन्टहरू व्यवस्थित भइसकेका छन् । पहिले खुला चौरमा उभिएर वा बसेर हेर्नुपर्ने भएकाले व्यवस्थापन गाह्रो थियो ।’

अहिले सिट संख्या निश्चित भएकाले टिकट बिक्रीमा पनि सहजता भएको उनको अनुभव छ । खड्काका अनुसार क्यानले खल्तीलाई करिब ८ हजार टिकट बेच्न दिएको छ भने २ हजारजति टिकट खेलाडीका परिवार, प्रायोजक, आयोजकलगायतका लागि छुट्याइएका हुन्छन् ।

कुन टिकटको मूल्य कति ?

सोमबारबाट एनपीएल सुरु हुँदै छ । साधारण टिकटको मूल्य उद्घाटन खेल र शनिबारको खेलका लागि ५०० रुपैयाँ तोकिएको छ भने अन्य दिनका खेलका लागि पनि ५०० रुपैयाँ नै तोकिएको छ । प्ले अफ तथा फाइनलका लागि भने साधारण टिकटको मूल्य १००० रुपैयाँ पर्नेछ ।

यस्तै प्रिमियम टिकटको मूल्य उद्घाटन खेल र शनिबारको खेलका लागि १५०० रुपैयाँ तोकिएको छ । अन्य दिनका लागि प्रिमियम टिकटको मूल्य १००० रुपैयाँ छ । प्ले अफ तथा फाइनलका लागि २००० रुपैयाँको प्रिमियम टिकट किन्नुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ। मलेसियाको वाङ्गेस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको हो। बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको ओपनर ब्याटर अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए । ...
: नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढीबाट प्रभावितको राहतका लागि एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) बाट प्राप्त हुने एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका हुन्। एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्न मलेसियामा रहेका नेपाली टोलीका कप्तान ...
। २४ पटकका ग्रान्डस्लाम विजेता नोभाक जोकोभिच २०२६ युएस ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन् । अर्जेन्टिनाका मारियानो नवोनले पाँच सेटको रोमाञ्चक भिडन्तमा जोकोभिचलाई ७-६, ५-७, ४-६, ६-२, ६-१ ले पराजित गर्दै करियरकै सबैभन्दा ठूलो जित निकाले । न्यूयोर्कमा भएको खेलमा सुरुआती सेट जितेका नवोनविरुद्ध जोकोभिचले लगातार दोस्रो र तेस्रो सेट जित्दै पुनरागमन गरेका थिए । तर ...
: तीन वर्षअघि घरेलु मैदानमा नेपालले एउटा यस्तो उपाधि जित्यो, जसले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍यायो। त्यो थियो सन् २०२३ को एसीसी प्रिमियर कप। त्यो उपाधि नेपालका लागि केवल एउटा ट्रफीमात्र थिएन। त्यसले नेपाली क्रिकेटलाई एसियाली क्रिकेटको सबैभन्दा ठूलो मञ्चमा पुर्‍याउने ढोका खोलेको थियो। उपाधिसँगै नेपालले पहिलोपटक एसिया कप खेल्ने अवसर पाएको थियो। भारत र पाकिस्तानजस्ता ...
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...