मुख्य समाचार
क्रोएसिया विश्वकप २०२६ का लागि छनोट
क्रोएसिया विश्वकप २०२६ का लागि छनोट

— क्रोएसिया विश्वकप २०२६ का लागि शुक्रबार राति छनोट भएको छ । युरोपेली छनोटको समूह ‘एल’ मा उसले फारो आयरल्यान्डलाई ३–१ ले हरायो र यससँगै अर्को वर्ष अमेरिका, क्यानाडा तथा मेक्सिकोमा हुने विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेको हो ।


फारोले जेजा डेविडको गोलले अप्रत्याशित अग्रता लिएयता क्रोएसियाका लागि जोस्को ग्वार्डिओल, पिटर मुसा र निकोला भ्लासिचले गोल गर्दै जित निश्चित गरे । यो जितपछि सन् २०१८ विश्वकप उप–विजेतालाई अब समूह ‘एल’ मा कसैले उछिन्न सक्ने छैन ।

यसै समूहमा मोन्टेनेग्रोले जिब्राल्टरलाई ३–१ ले हरायो । यस्तै नेदरल्यान्ड्स पनि छनोटको नजिक पुगेको छ र यसका लागि समूह ‘जी’ को खेलमा नेदरल्यान्ड्सले पोल्यान्डलाई १–१ को बराबरीमा रोकेको हो । जर्मनीले आफ्नो छनोटका लागि अन्तिम खेल पर्खिनु पर्नेछ ।

समूह ‘ए’ मा निक वाल्टेमोडको दुई गोलका मद्दतले जर्मनीले लक्जेम्बर्गलाई २–० ले हराए पनि त्यो छनोटका लागि पर्याप्त रहेन । अर्को खेलमा स्लोभाकियाले उत्तरी आयरल्यान्डलाई १–० ले पराजित गर्‍यो । अन्य प्रमुख खेलमा फ्रान्सले युक्रेनलाई ४–०, आयरल्यान्डले पोर्चुगललाई २–०, इटालीले मोल्डोभालाई २–०, इंग्ल्यान्डले सर्बियालाई २–० ले हरायो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। एसियन गेम्सको महिला क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले चीनलाई १९ रनले पराजित गरेको छ । नेपालले दिएको १२६ रनको लक्ष्य पछ्याएको चीनले २० ओभरमा ५ विकेट गुमाएर १०६ रन बनायो । कप्तान झु मिङ्गेले सर्वाधिक ३० रन बनाइन् । वान हुइङले २१ रन बनाइन् । वेइ हाइटिङले १८ तथा लि जियापिङले १५ रन ...
। पानामाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । टोलीमा जोसे कोर्डोबा समावेश छन् । २४ वर्षीय डिफेन्डर कोर्डोबा इंग्लिस क्लब नर्विच सिटीबाट खेल्दै आएका छन् र टोलीमा रहेका एकमात्र बेलायतमा खेल्ने खेलाडी हुन् । पानामा समूह ‘एल’ मा रहेको छ, जहाँ उसले इङ्ल्यान्ड, क्रोएसिया र घानासँग प्रतिस्पर्धा गर्नेछ । इंग्ल्यान्डविरुद्धको ...
। अमेरिकाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । प्रशिक्षक माउरिसियो पोचेटिनोले टोलीमा टायलर एडम्स र एनटनी रोबिन्सनलाई समेटेका छन् । साथै क्रिस्टियन पुलिसिक, वेस्टन म्याककेनी, जियो रेना र हाजी राइट पनि टोलीमा परेका छन् । आयोजक अमेरिकाले समूह ‘डी’ मा जुन १३ मा पाराग्वे विरुद्ध पहिलो खेल खेल्नेछ । त्यसपछि ...
। मोरक्कोले फिफा विश्वकप २०२६ का लागि आफ्नो अन्तिम टोली घोषणा गरेको छ । टोलीमा कप्तान अचरफ हाकिमी चोटका बाबजुद समावेश भएका छन् । अचरफ हाकिमी अप्रिलमा बायर्न म्युनिखविरुद्धको च्याम्पियन्स लिग सेमिफाइनलमा घाइते भएपछि मैदानबाहिर छन् । तर उनलाई विश्वकप टोलीमा स्थान दिइएको छ । टोलीमा नुसाएर मजराउई, इसा डियोप, ब्राहिम डियाज, सोफियान अम्राबात र बिलाल एल ...
। फिफा विश्वकप २०२६ का लागि स्पेनको अन्तिम टोली घोषणा भएको छ । घोषित टोलीमा रियल मड्रिडका कुनै पनि खेलाडी परेका छैनन् । विश्वकप इतिहासमा पहिलो पटक स्पेनको टोलीमा रियल मड्रिडका एक जना पनि खेलाडी नपरेका हुन् । चोटका कारण डानी कार्भाजाल बाहिर छन् भने डिन हुइसेन पनि अन्तिम टोलीमा अटाएनन् । यता ला लिगा च्याम्पियन बार्सिलोनाबाट ...