: दोलखाको शैलुङ गाउँपालिका–८ कालापानमाी ईभी गाडी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । शुक्रबार काठमाडौंबाट आन्तरिक पर्यटक लिएर शैलुङ आएको बागमती प्रदेश ०१–००२ ज ६२०८ नम्बरको ईभी गाडी दुर्घटना भएको हो ।
मृत्यु हुनेमा गोर्खा घर भइ हाल काठमाडौंको चन्द्रगिरी बस्ने ६० वर्षीय एकमाया अर्याल रहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ। घाइतेहरुमध्ये मृतक एकमाया अर्यालका ३२ वर्षीय छोरा सञ्जिव अर्याल पनि रहेको प्रहरीले जनाएको छ।
घाइतेहरूलाई सिन्धुपाल्चोक सदाबहार अस्पताल खाडीचौर र बाघखोर स्वास्थ्य केन्द्र लगिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।