मुख्य समाचार
राष्ट्रिय युवा परिषद्‍ले प्रधानमन्त्रीलाई आफ्नो वार्षिक प्रतिवेदन बुझाएको छ
राष्ट्रिय युवा परिषद्‍ले प्रधानमन्त्रीलाई आफ्नो वार्षिक प्रतिवेदन बुझाएको छ

— राष्ट्रिय युवा परिषद्‍ले प्रधानमन्त्री सुशीला कार्कीलाई आफ्नो वार्षिक प्रतिवेदन बुझाएको छ । शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा प्रतिवेदन बुझाइएको हो ।


आफ्नो वार्षिक क्रियाकलाप तथा गतिविधिसहित परिषद्‍ले तयार गरेको १५४ पृष्ठको प्रतिवेदन परिषद्‍का पदेन अध्यक्षसमेत रहेका युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले प्रधानमन्त्री कार्कीलाई बुझाएका हुन् ।

प्रतिवेदन बुझ्दै प्रधानमन्त्री कार्कीले विचलनमा गएका युवालाई सही मार्गदर्शन गर्नुपर्ने बताइन् । उनले युवा मन्त्रालय, युवा परिषद् र अन्य सम्बद्ध निकय मिलेर युवाको पक्षमा नतिजामुखी काम गर्नुपर्नेमा जोड दिइन् ।

प्रतिवेदनवारे प्रकाश पार्दै कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले परिषद्‍ले युवा नेतृत्व विकास, क्षमता विकास, सिप विकास र उद्यमशीलताको विकासममा महत्वपूर्ण काम गर्दै आएको बताए । उनले सीमित स्रोत र साधनका बाबजुद युवा सशक्तिकरणमा परिषद्‍ले निरन्तर जोड गर्दै आएको बताए ।

कार्यक्रममा मुख्यसचिव एकनारायण अर्याल, खेलकुद मन्त्रालयका सचिव हरिप्रसाद लम्साल, प्रधानमन्त्री कार्यालयका सचिव राजकुमार श्रेष्ठ, परिषद्‍का प्रशासकीय प्रमुख गेहनाथ गौतमलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: जेनजी आन्दोलनको आवरणमा मोरङका प्रहरी कार्यालयमा आगजनी र तोडफोड गरेर विध्वंस मच्चाउने समूहका २१ जनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार विराटनगर र मोरङको जहदाबाट १० जना, पथरीशनिश्चरेबाट ६ र उर्लाबारीबाट ५ जनालाई पक्राउ गरिएको हो । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते मोरङको इलाका ...
— मकवानपुरको विकट राक्सिराङ गाउँपालिकामा गोली प्रहार गरी एकजनाको हत्या गरिएको छ । शुक्रबार बिहान १० बजेतिर राक्सिराङ–१, कोलगैरी ठकुरीडाँडाका ७५ वर्षीय वृद्धा इमानसिंह थोकरले सोही स्थानका ६४ वर्षीय ठूले गोलेको गोली प्रहार गरी हत्या गरेका हुन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार पुरानो रिसिइबीका कारण हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । इलाका प्रहरी कार्यालय मनहरीका ...
: नेपाल प्रहरीका नवनियुक्त आइजीपी दानबहादुर कार्कीले भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुने दाबी गरेका छन्। बिहीबार प्रहरी महानिरीक्षकको जिम्मेवारी सम्हालेका कार्कीले त्यसका लागि योजना बनाएर काम गरिरहेको बताए। अन्नपूर्णपोस्ट्का लागि अजवी पौड्यालले आइजीपी कार्कीसँग 'निर्वाचन सम्पन्न गर्न चुनौती छ?' भनी सोधेकी छन्। सरकारले तोकेको आगामी निर्वाचन भयरहित वातावरणमा सम्पन्न हुन्छ। त्यसको तयारीमा हामी जुटिसकेका छौं। आन्तरिकरूपमा योजना ...
— धनुषामा प्रहरीले नै गोलीहानी एक वडाध्यक्षको हत्या गरेको छ । मिथिला बिहारी नगरपालिका-९ का वडाध्यक्ष बिन्देश्वर यादवको हत्या गरिएको हो । उनलाई धनुषा प्रहरीमा कार्यरत गाउँकै शम्भू यादवले गोली हानी हत्या गरेका छन् । उनलाई धनुषा प्रहरीले हिरासतमा लिएका छन् । गाउँमा श्राद्धको भोजमा दुई पक्षबीच भएको विवाद मिलाउन गएका वडाध्यक्षको हत्या गरिएको स्थानीयले ...
: निर्वाचन आयोगले मतदाता नामावलीमा नाम संकलनका लागि पाँच दिन म्याद थप गरेको छ। नामावली दर्तामा देखिएको उत्साह र चापलाई ध्यानमा राखी आयोगले पाँच दिन म्याद थप गरेको हो। यसअघि शुक्रबार कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसँगको टेलिफोन वार्तामा म्याद थपका लागि आग्रह गरिएको प्रधानमन्त्री सुशीला कार्कीले बताइन्। सोहीअनुसार आयोगले मतदाता नामावलीमा नाम संकलनका लागि ...