मुख्य समाचार
काठमाडौँको सोह्रखुट्टेमा म्यारिज ब्यूरो सञ्चालन गरेको आरोपमा चार जना चिनियाँ नागरिक पक्राउ
काठमाडौँको सोह्रखुट्टेमा म्यारिज ब्यूरो सञ्चालन गरेको आरोपमा चार जना चिनियाँ नागरिक पक्राउ

: काठमाडौँको सोह्रखुट्टेमा म्यारिज ब्यूरो सञ्चालन गरेको आरोपमा चार जना चिनियाँ नागरिक पक्राउ परेका छन्।

व्यवसायसम्बन्धीको भिसा लिएर आएका उनीहरूले म्यारिज ब्यूरो चलाएको भन्ने विशेष सूचनाका आधारमा खटिएको अध्यागमन विभागको टोलीले उनीहरूलाई पक्राउ गरी अहिले हिरासतमा राखेको हो।


उनीहरूलाई शुक्रबार साँझ पक्राउ गरी अहिले अनुसन्धानकै क्रममा रहेको विभागले जनाएको छ। उनीहरूले गरिब तथा विपन्न परिवार र विकट क्षेत्रका युवतीहरूलाई चिनियाँ नागरिकसँग बिहे गराउने गरेको भन्ने सूचना प्राप्त भएको र त्यस विषयमा के हो भनेर अनुसन्धान जारी रहेको छ।



उनीहरूले विवाहका लागि केही महिलाहरूलाई चीनसमेत पठाइसकेको खुल्न आएको छ। पक्राउ पर्नेमा एक महिला र तीन पुरुष रहेको र त्यसमध्ये केही व्यक्ति भने लामो समयदेखि फरकफरक भिसामा आउजाउ गरेको पाइएको पनि विभागले बताएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: जेनजी आन्दोलनको आवरणमा मोरङका प्रहरी कार्यालयमा आगजनी र तोडफोड गरेर विध्वंस मच्चाउने समूहका २१ जनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार विराटनगर र मोरङको जहदाबाट १० जना, पथरीशनिश्चरेबाट ६ र उर्लाबारीबाट ५ जनालाई पक्राउ गरिएको हो । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते मोरङको इलाका ...
— मकवानपुरको विकट राक्सिराङ गाउँपालिकामा गोली प्रहार गरी एकजनाको हत्या गरिएको छ । शुक्रबार बिहान १० बजेतिर राक्सिराङ–१, कोलगैरी ठकुरीडाँडाका ७५ वर्षीय वृद्धा इमानसिंह थोकरले सोही स्थानका ६४ वर्षीय ठूले गोलेको गोली प्रहार गरी हत्या गरेका हुन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार पुरानो रिसिइबीका कारण हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । इलाका प्रहरी कार्यालय मनहरीका ...
: नेपाल प्रहरीका नवनियुक्त आइजीपी दानबहादुर कार्कीले भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुने दाबी गरेका छन्। बिहीबार प्रहरी महानिरीक्षकको जिम्मेवारी सम्हालेका कार्कीले त्यसका लागि योजना बनाएर काम गरिरहेको बताए। अन्नपूर्णपोस्ट्का लागि अजवी पौड्यालले आइजीपी कार्कीसँग 'निर्वाचन सम्पन्न गर्न चुनौती छ?' भनी सोधेकी छन्। सरकारले तोकेको आगामी निर्वाचन भयरहित वातावरणमा सम्पन्न हुन्छ। त्यसको तयारीमा हामी जुटिसकेका छौं। आन्तरिकरूपमा योजना ...
— धनुषामा प्रहरीले नै गोलीहानी एक वडाध्यक्षको हत्या गरेको छ । मिथिला बिहारी नगरपालिका-९ का वडाध्यक्ष बिन्देश्वर यादवको हत्या गरिएको हो । उनलाई धनुषा प्रहरीमा कार्यरत गाउँकै शम्भू यादवले गोली हानी हत्या गरेका छन् । उनलाई धनुषा प्रहरीले हिरासतमा लिएका छन् । गाउँमा श्राद्धको भोजमा दुई पक्षबीच भएको विवाद मिलाउन गएका वडाध्यक्षको हत्या गरिएको स्थानीयले ...
: निर्वाचन आयोगले मतदाता नामावलीमा नाम संकलनका लागि पाँच दिन म्याद थप गरेको छ। नामावली दर्तामा देखिएको उत्साह र चापलाई ध्यानमा राखी आयोगले पाँच दिन म्याद थप गरेको हो। यसअघि शुक्रबार कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसँगको टेलिफोन वार्तामा म्याद थपका लागि आग्रह गरिएको प्रधानमन्त्री सुशीला कार्कीले बताइन्। सोहीअनुसार आयोगले मतदाता नामावलीमा नाम संकलनका लागि ...