मुख्य समाचार
जेन–जी आन्दोलनकारीले सरकारसँग सम्झौताका लागि ११ बुँदे सम्झौताको मस्यौदा पत्र बुझाएका छन्
जेन–जी आन्दोलनकारीले सरकारसँग सम्झौताका लागि ११ बुँदे सम्झौताको मस्यौदा पत्र बुझाएका छन्

— जेन–जी आन्दोलनकारीले सरकारसँग सम्झौताका लागि ११ बुँदे सम्झौताको मस्यौदा पत्र बुझाएका छन् ।


उक्त मस्यौदा पत्रमा आन्दोलका सहिद र घाइते परिवारसँग समन्वय गरेर अन्तरिम राहत र स्वास्थोपचारदेखि जाँचबुझ आयोगको अनुसन्धानका आधारमा हत्या र मानव अधिकारका घटनामा संलग्न तत्कालीन सरकार पक्षका सबै पदाधिकारीलाई अभियोजन र सजायका लागि सिफारिससम्मका विषयहरु उल्लेख छन् ।

मस्यौदा पत्रमा प्रवासी नेपाली नागरिकलाई मतदाता नामावलीमा नाम दर्ता र मतदान गर्न तथा प्रवासी नेपाली विद्यार्थीहरुको मताधिकार सुनिश्चित गरी पूर्वाधार विकास गर्ने कुरा पनि उल्लेख छ ।

मस्यौदा पत्रको बुँदा नं ५ मा नेपालको संविधानमा सुधार गर्नुपर्ने विषय उल्लेख गरिएको छ । जसमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्राध्याक्ष वा गणतन्त्रात्मक शासन व्यवस्थाका सम्बन्धमा देशभर बृहत् नागरिक छलफल गर्ने,राज्यको राष्ट्र प्रमुख,तीनै तहको सरकारको कार्यकारी प्रमुख र मन्त्रिपरिषद्को पदावधि दुई पूर्ण कार्यकालसम्म सीमित गर्नेसम्मका विषय समेटिएको छ ।

मस्यौदा पत्रमा प्रतिनिधिसभा,प्रदेशसभा र स्थानीय तहको सदस्यताको उमेर हदबन्दी २१ वर्षदेखि ७० वर्षसम्म गर्ने माग गरिएको छ । त्यस्तै, न्याय परिषद्लाई राजनीतिक र दलीय हस्तक्षपबाट पूर्णमुक्त राख्नुपर्ने विषय पनि समेटिएको छ ।

मस्यौदा पत्रमा विगतमा भएमा मानव अधिकार उल्लंघनका घटना र भ्रष्टाचारसँग सम्बन्धित छानबिनलगायत जाँचबुझ आयोग ऐन २०२६ अन्तर्गत गठन गरिएका सबै उच्चस्तरीय छानबिन,जाँचबुझ आयोगका प्रतिवेदन प्रचलित कानुन बमोजिम सार्वजनिक गर्ने विषय पनि उल्लेख गरिएको छ ।

यसमा इन्टरनेट र डिजिटल माध्यमबाट हुने अभिव्यक्ति,सूचना प्रवाह र संवादमा कुनै किसिमको गैर-कानुनी नियमन,निषेध वा पूर्वाग्रही सेन्सरसिप हुन नदिन राज्यले आवश्यक कानुनी,भौतिक र प्राविधिक पूर्वाधारको व्यवस्था गर्ने विषय पनि समेटिएको छ ।



त्यस्तै, सर्वसाधरण नागरिकको डिजिटल तथ्यांकमाथि राज्य वा तेस्रो पक्षको गैरकानुनी निगरानी तथा दुरुपयोग हुन नदिन प्रतिवद्धता व्यक्त गर्दै कानुनी, भौतिक र प्राविधिक सुधार गर्ने र पूर्वाधार व्यवस्था गर्ने विषय पनि मस्यौदा पत्रमा समेटिएको छ ।

मस्यौदा पत्रका हस्ताक्षरकर्ता जेन–जी अगुवा विकास रसाइलीले सरकारलाई आफूहरुले सम्झौताको मस्यौदा बुझाएको बताए । उनले भने– 'जेन-जी अलायन्स, जेन-जी फ्रन्ट, सुदन गुरुङको टिमसहित स्वतन्त्र जेन-जीहरुले बुझाएका हौँ । विद्रोही समूह (हामी)ले एकपक्षीय हस्ताक्षर गरेका छौँ । सरकार पक्षबाट हस्ताक्षर भएको छैन ।'

प्रधानमन्त्रीका प्रेस सल्लाहकार राम रावलले यसअघि जेन–जी आन्दोलनका विभिन्न समूह र प्रधानमन्त्रीबीच भएका चरणवद्ध छलफल पछि जेन–जी आन्दोलनकारी र सरकारबीच लिखित सम्झौता गर्ने भनिए अनुसार मस्यौदा पत्र तयार पारिएको हो । उनले यो मस्यौदा पत्रमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌ कार्यालयका कानुनी सचिव फणिन्द्र गौतमको नेतृत्वमा कानुनी राष्ट्रिय र अन्तर्राष्ट्रिय अभ्यासका आधारमा अन्तिम रुप दिने बताए । उनले भने, 'त्यसपछि सरकार र जेन–जी पक्षबीच सम्झौता हुनेछ ।'

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: जेनजी आन्दोलनको आवरणमा मोरङका प्रहरी कार्यालयमा आगजनी र तोडफोड गरेर विध्वंस मच्चाउने समूहका २१ जनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार विराटनगर र मोरङको जहदाबाट १० जना, पथरीशनिश्चरेबाट ६ र उर्लाबारीबाट ५ जनालाई पक्राउ गरिएको हो । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते मोरङको इलाका ...
— मकवानपुरको विकट राक्सिराङ गाउँपालिकामा गोली प्रहार गरी एकजनाको हत्या गरिएको छ । शुक्रबार बिहान १० बजेतिर राक्सिराङ–१, कोलगैरी ठकुरीडाँडाका ७५ वर्षीय वृद्धा इमानसिंह थोकरले सोही स्थानका ६४ वर्षीय ठूले गोलेको गोली प्रहार गरी हत्या गरेका हुन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार पुरानो रिसिइबीका कारण हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । इलाका प्रहरी कार्यालय मनहरीका ...
: नेपाल प्रहरीका नवनियुक्त आइजीपी दानबहादुर कार्कीले भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुने दाबी गरेका छन्। बिहीबार प्रहरी महानिरीक्षकको जिम्मेवारी सम्हालेका कार्कीले त्यसका लागि योजना बनाएर काम गरिरहेको बताए। अन्नपूर्णपोस्ट्का लागि अजवी पौड्यालले आइजीपी कार्कीसँग 'निर्वाचन सम्पन्न गर्न चुनौती छ?' भनी सोधेकी छन्। सरकारले तोकेको आगामी निर्वाचन भयरहित वातावरणमा सम्पन्न हुन्छ। त्यसको तयारीमा हामी जुटिसकेका छौं। आन्तरिकरूपमा योजना ...
— धनुषामा प्रहरीले नै गोलीहानी एक वडाध्यक्षको हत्या गरेको छ । मिथिला बिहारी नगरपालिका-९ का वडाध्यक्ष बिन्देश्वर यादवको हत्या गरिएको हो । उनलाई धनुषा प्रहरीमा कार्यरत गाउँकै शम्भू यादवले गोली हानी हत्या गरेका छन् । उनलाई धनुषा प्रहरीले हिरासतमा लिएका छन् । गाउँमा श्राद्धको भोजमा दुई पक्षबीच भएको विवाद मिलाउन गएका वडाध्यक्षको हत्या गरिएको स्थानीयले ...
: निर्वाचन आयोगले मतदाता नामावलीमा नाम संकलनका लागि पाँच दिन म्याद थप गरेको छ। नामावली दर्तामा देखिएको उत्साह र चापलाई ध्यानमा राखी आयोगले पाँच दिन म्याद थप गरेको हो। यसअघि शुक्रबार कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसँगको टेलिफोन वार्तामा म्याद थपका लागि आग्रह गरिएको प्रधानमन्त्री सुशीला कार्कीले बताइन्। सोहीअनुसार आयोगले मतदाता नामावलीमा नाम संकलनका लागि ...