मुख्य समाचार
नेपाल ओलम्पिक कमिटी (एनओसी)ले दोस्रो महिला कबड्डी विश्वकप खेल्न जाने नेपाली टोलीको बिदाइ
नेपाल ओलम्पिक कमिटी (एनओसी)ले दोस्रो महिला कबड्डी विश्वकप खेल्न जाने नेपाली टोलीको बिदाइ

: नेपाल ओलम्पिक कमिटी (एनओसी)ले शुक्रबार दोस्रो महिला कबड्डी विश्वकप खेल्न जाने नेपाली टोलीको बिदाइ गरेको छ। एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ र महासचिव राजीव श्रेष्ठसहितले नेपाली महिला कबड्डी टोलीको बिदाइ गरेका हुन्।

यसअघि भारतमा हुने भनिएको महिला कबड्डी विश्वकप बङगलादेशको मिरपुरमा हुँदैछ। महिला कबड्डी विश्वकप १३ वर्षपछि हुन लागेको हो। सन् २०१२ मा भारतको पटनामा पहिलो पटक महिला कबड्डी विश्वकपको आयोजना भएको थियो। भारत महिला कबड्डीको पहिलो च्याम्पियन बनेको थियो। सो प्रतियोगितामा इरान दोस्रो तथा जापान तेस्रो भएका थिए।


नोभेम्बर १५ देखि २५ सम्म हुने प्रतियोगितामा आयोजक बङगलादेश, गत विजेता भारत र नेपालसहित इरान, जापान, जर्मनी, केन्या, चाइनिज ताइपेई, थाइल्यान्ड, युगान्डा, अर्जेन्टिना र इन्डोसियाले इन्डोनेसिया प्रतिस्पर्धा गर्ने बताइएको छ। नेपाल समूह 'ए'मा रहेको छ। नेपालले पहिलो खेल नोभेम्बर १७ मा खेल्नेछ।

नेपाली कबड्डी टिमका पदाधिकारीले विश्व वरीयतामा तेस्रो स्थानमा रहेको छ।

मानमती विष्टको कप्तानीमा रहेको टिममा जयन्ती बडु उपकप्तान रहेकी छन्। अन्य खेलाडीहरू गंगा घिमिरे, रविना चौधरी, मेनुका राजवंशी, मनीषा जोशी, सृजना धानुक, आशिका कुँवर, सन्जु थामी, मिना नेपाली, विनीता क्षेत्री, आस्मा यादव, सिर्जना थारु र उरुसा शाक्य टिममा रहेका छन्।

टिमको प्रशिक्षकमा विष्णु दत्त भट्ट, प्रशिक्षकमा हरिना थापा र व्यवस्थापकमा शरद दर्शनधारी र टेक्निकल अफिसरमा रमेशचन्द्र ओझा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो सिजनको पहिलो खेलका टिकटहरू सबै बिक्री भएका छन् । खल्ती मोबाइल वालेटबाट टिकट काट्ने सुविधा रहेकोमा पहिलो दिन, मंसिर १ का लागि टिकट सोल्ड आउट भएका हुन् । क्यानका प्रवक्ता छुम्बी लामाले पहिलो दिनको सबै टिकट बीक्री भएको पुष्टि गरे । त्यस्तै खल्तीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विनय खड्काले ...
— क्रोएसिया विश्वकप २०२६ का लागि शुक्रबार राति छनोट भएको छ । युरोपेली छनोटको समूह ‘एल’ मा उसले फारो आयरल्यान्डलाई ३–१ ले हरायो र यससँगै अर्को वर्ष अमेरिका, क्यानाडा तथा मेक्सिकोमा हुने विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेको हो । फारोले जेजा डेविडको गोलले अप्रत्याशित अग्रता लिएयता क्रोएसियाका लागि जोस्को ग्वार्डिओल, पिटर मुसा र निकोला भ्लासिचले गोल ...
— नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार दोस्रो नेपाल प्रिमियर लिग (एनपीएल) को टिकट मूल्य सार्वजनिक गरेको छ । कीर्तिपुरस्थित पुनर्निर्माण गरिएको त्रिवि क्रिकेट रंगशालामा मंसिर १ देखि २७ सम्म हुने एपीएल हेर्नका लागि दर्शकले ५ सय देखि २ हजारसम्म तिर्नुपर्नेछ । पहिलो चरणमा पहिलो ६ दिनको खेलका लागि टिकट बिक्री खुल्ला गरिएको क्यानले जनाएको छ । ...
: पाकिस्तान टुरमा रहेका श्रीलंकन टिमका खेलाडीलाई श्रीलंका क्रिकेट (एसएलसीर)ले चेतावनी दिएको छ। पाकिस्तानको इस्लामाबादमा भएको बम विस्फोटपछि केही खेलाडीले आफूहरू घर फर्कन चाहेको बताएका थिए। विशेषतः खेलाडीको परिवारका सदस्यले उनीहरूको सुरक्षाको चिन्ताले पाकिस्तान छोड्न सल्लाह दिएको बताइएको थियो। श्रीलंकन टिम इस्लामाबादमा नै रहेको छ । जहाँ मंगलबार बम विस्फोट भएको थियो। श्रीलंकन टिमका प्रमुख ...
: विराटनगरको ऐतिहासिक विराट गोल्डकप फुटबलको नवौं संस्करण सम्पन्न भएको ८ महिनापछि हिसाबकिताब सार्वजनिक गरिएको छ। आयोजकले बिहीबार मोरङ उद्योग व्यापार संघको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरेर गोल्डकपको आयव्यय विवरण सार्वजनिक गरेको हो। करिब ३ लाख रुपैयाँ नाफा देखाएर विवरण सार्वजनिक गरिएको हो। उद्योगी नवीन रिजालको संयोजकत्व र विराट गोल्डकप ट्रष्टको समन्वयमा प्रतियोगिता २०८१ फागुन ...