मुख्य समाचार
उपल्लो डाेल्पाबाट हिँउमा फसेका पाँच जना प्रहरीको हेलिकप्टरबाट उद्धार
उपल्लो डाेल्पाबाट हिँउमा फसेका पाँच जना प्रहरीको हेलिकप्टरबाट उद्धार

— उपल्लो डाेल्पाबाट हिँउमा फसेका पाँच जना प्रहरीको हेलिकप्टरबाट उद्धार गरिएको छ । शुक्रबार डाेल्पाेबुद्व गाउँपालिकास्थित धाेबाट नेपाली सेनाको हेलिकोप्टर मार्फत उद्धार गरिएकाे हाे ।


उद्वार हुने प्रहरीमा प्रहरी सहायक निरीक्षक देवदत्त पाण्डे, वरिस्ठ हवल्दार मणिराज जाेशी, हवल्दार जनकबहादुर कार्की, जवान नवराज भट्ट र नरेन्द्र भट्ट रहेका छन् ।


उद्धार गरिएका पाँचै जना शे-फोक्सुन्डो गाउँपालिका-१ निजालगुम्बास्थित अस्थायी प्रहरी चाैकीमा कार्यरत थिए । उनीहरु पाँचै जनालाई गत वैशाखमा नागरिकको शान्ति सुरक्षा गर्न भन्दै उपल्लो डाेल्पामा खटाइएकाे थियाे ।


नाम्दाेबाट धाे हुँदै दुनै पुग्ने भनेर हिँडेकाे करिब ३६ घण्टामा हिउँ र अत्यधिक चिसाेले खुट्टा खाएर हिँड्न नसक्ने अवस्था आएपछि उद्धार गरिएको जिल्ला प्रहरी डाेल्पाका डीएसपी रुकबहादुर खड्काले जानकारी दिए ।

हिउँले उनीहरु सबैकाे हातखुट्टा र अनुहार सुन्निएकाे छ । पाँचै जनालाई हेलिकप्टरबाट सदरमुकाम दुनै ल्याएर सामान्य जाँच पछि थप उपचारका लागि सुर्खेत लगिएको छ ।


निजालगुम्बा क्षेत्रमा बाक्लाे हिउँ जमेर बस्न नसक्ने अवस्था आएपछि पाँचै जनालाई सदरमुकाम दुनैस्थित जिल्ला प्रहरी कार्यालयमा फर्किन निर्देशन गरिएको थियाे । दुनै फर्कने क्रममा हिँउले ज्यानै जाने जाेखिम भएपछि पाँचै जनालाई हेलिकाेप्टरबाट उद्धार गरिएको हाे ।


प्रहरी कर्मचारीलाई कर्तव्यपालनका क्रममा समस्या परेमा प्रहरी प्रधान कार्यालयबाट उद्धार हुने गरिँदै आएकाे केन्द्रीय प्रहरी प्रवक्ता डिआइजी अभिनारायण काफ्लेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गत राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रले जलन उपचारमा विशेषज्ञ जनशक्ति तयार गर्न ३० कार्यदिनको जलन उपचारसम्बन्धी विशेषज्ञ तालिम सञ्चालन गर्ने भएको छ। जलन सेवाको राष्ट्रियस्तरीय उपचार मापदण्डअनुसार तेस्रो तहको सेवा प्रवाह गर्न आवश्यक दक्ष जनशक्ति तयार गर्ने उद्देश्यका साथ तालिम केन्द्रले जलन उपचारसम्बन्धी विशेषज्ञ तालिमको पाठ्यक्रम तथा सामग्री विकास गरेको हो। मन्त्रालयको ...
। नेपाली कांग्रेसले आसन्न १५ औं महाधिवेशनमा पार्टीका सबै तहका नेता–कार्यकर्तालाई सहभागी गराउन अन्तिम समयसम्म पहल गर्ने जनाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकबारे जानकारी दिँदै प्रवक्ता देवराज चालिसेले महाधिवेशनमा कुनैपनि अग्रज नेता नछुटुन् भन्ने उद्देश्यले पार्टीले निरन्तर पहल गरिरहेको बताएका हुन् । उनका अनुसार पूर्वसभापति शेरबहादुर देउवासहित शेखर कोइराला, विमलेन्द्र निधि, ...
: भदौ १० गते भोटेकोसशीमा आएको बाढीबाट क्षतिग्रस्त धादिङको गल्छी गाउँपालिका–६ स्थित बैरेनी अस्पताल पुनः सञ्चालनमा आएको छ। बाढीका कारण अस्पतालको भुइँतलामा हिलो र लेदो भरिनुका साथै औषधि, स्वास्थ्य सामग्री, उपकरण तथा अन्य सामग्रीमा क्षति पुगेको थियो। त्यसपछि अस्पतालको नियमित स्वास्थ्य सेवा प्रभावित भएको थियो। विपद्पछि अस्पतालको सरसफाइ तथा पुनःस्थापनाका लागि स्थानीयवासी, सुरक्षा निकाय, विभिन्न संघसंस्था र ...
। भोटेकोशी नदीमा आएको बाढीपश्चात् उत्पन्न हुनसक्ने स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै नेपाल प्रहरी अस्पताल महाराजगञ्जले नुवाकोटमा पाँच शय्या अस्थायी फिल्ड अस्पताल सञ्चालनमा ल्याएको छ । त्रिशूली नदीको बाढीले त्रिशूली अस्पतालसँगको सम्पर्क विच्छेद भइरहेको समयमा बाढीपश्चात् फैलन सक्ने रोगको सङ्क्रमण नियन्त्रणलाई मध्यनजर गर्दै नेपाल प्रहरीले पाँच श्ययाको लेभल-१ अस्पताल विदुरमा सञ्चालमा ल्याएको हो । अस्पतालबाट विशेषज्ञ चिकित्सकमार्फत चौबिसै ...
: बाढीपछिको सम्भावित स्वास्थ्य जोखिमलाई मध्य नजर गर्दै जिल्लामा आजदेखि हैजाविरुद्धको खोप अभियान सुरू भएको छ । नौकुण्ड गाउँपालिकाबाहेक जिल्लाका चारवटा गाउँपालिकामा यो अभियान एक हप्तासम्म सञ्चालन हुनेछ जिल्ला जनस्वास्थ्य प्रमुख निर्धोज मगरले बताए । उनका अनुसार गाउँपालिका स्वास्थ्य आमा समूह र महिला स्वास्थ्य स्यंसेविका समेतको सहयोगमा स्वास्थ्यकर्मीहरूले खोप लाग्नेछन्। खोप अभियानअन्तर्गत लक्षित चार ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम