मुख्य समाचार
राष्ट्रिय स्वतन्त्र पार्टीका नेता सन्तोष परियारले फरक खालको राजनीतिक अभियानमा सक्रिय हुने भन्दै पार्टी परित्याग
राष्ट्रिय स्वतन्त्र पार्टीका नेता सन्तोष परियारले फरक खालको राजनीतिक अभियानमा सक्रिय हुने भन्दै पार्टी परित्याग

: राष्ट्रिय स्वतन्त्र पार्टीका नेता सन्तोष परियारले फरक खालको राजनीतिक अभियानमा सक्रिय हुने भन्दै पार्टी परित्याग गरेका छन्। उनले कार्यवाहक सभापति र महाचिवलाई इमेलमार्फत राजीनामा पठाएर आजकै मितिदेखि साधारण सदस्यसमेत नरहनेगरी राजीनामा दिएको उल्लेख गरेका छन्।

'बदलिँदो परिस्थितिलाई आत्मसाथ गर्दै यस ऐतिहासिक घडीमा नेपाली राजनीतिक आन्दोलनलाई साँचो अर्थमा राष्ट्र हित र जनताको जीवनसँग जोड्नलाई म फरक खालको राजनीतिक अभियानमा सक्रिय हुनुपर्ने स्थितिका कारण राष्ट्रिय स्वतन्त्र पार्टीको कुनै पनि जिम्मेवारीमा नरहने र पार्टीको साधरण सदस्यसम्म नरहने निवेदन गर्दछु,' राजीनामा पत्रमा भनिएको छ।


नेता परियारले निरन्तर पार्टीमा विचारको बहस गरे पनि त्यसलाई स्थापित गर्न नसकेको उल्लेख गरेका छन्। नेपाली समाजको विशिष्ट बनावट र चरित्र अनुसारको पार्टीको विचार निर्माण गर्न नसकेको उनले दुःख व्यक्तसमेत गरेका छन्।


'भदौ २३ र २४ गते नेपालको राजनीतिक इतिहासमा भएको पछिल्लो पुस्ता जेनजीको विद्रोहले नेपाली राजनीतिको परम्परागत जडतालाई खारेज गरिदिएको छ। यो आन्दोलनले यथाअवस्थामा अब नेपाली राजनीति अगाडि जान नसक्ने र नवयुगको नेतृत्व गर्न नसक्ने प्रमाणित भएको छ। जेनजी विद्रोहले समकालीन नेपाली समाजको चेतना निर्माणमा निकै ठूलो भूमिका खेलिरहेको छ भन्ने मेरो बुझाइ हो। यसका लागि हरेक राजनीतिक पार्टी र व्यक्तिले पनि आगामी नेपाली राजनीतिलाई अझ फराकिलो हिसाबमा अवस्था आएको छ,' उनले भनेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— प्रधानमन्त्री सुशीला कार्कीले मतदाता नामावली दर्ताको समय थप्न निर्वाचन आयोगलाई आग्रह गरेकी छन् । कार्कीको सचिवालयका अनुसार कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई फोन गरेर म्याद थपका लागि आग्रह गरेकी हुन् । आयोगले फागुन २१ का लागि घोषणा गरेको प्रतिनिधिसभा निर्वाचनका लागि कात्तिक ३० सम्म मतदाता नामावली दर्ताको समय तोकिएको छ । प्रधानमन्त्री सचिवालयका अनुसार कार्यवाहक ...
— नेपाल र भारतका सुरक्षा अधिकारीबीच दुई देशका अन्तर्राष्ट्रिय सीमाबाट हुने आवागमन सुरक्षित र व्यवस्थित गर्न अभिलेख राख्नेदेखि संयुक्त गस्ती गर्ने अभिलेख राख्ने सहमति भएको छ । भारतको दिल्लीमा सम्पन्न नवौं ‘नेपाल–भारत सीमा सुरक्षा समन्वय बैठक’ले दुवै देशका अन्तर्राष्ट्रिय नाकाबाट हुने आवागमन गर्नेको ‘रियल टाइम रेकर्ड’ संकलन गर्ने सहमति गरेको हो। अभिलेख दुवै देशका फिल्डमा रहेका ...
— सीमा सुरक्षा समन्वय बैठकमा भाग लिन दिल्ली पुगेका सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले भारतीय गृहसचिवसँग शिष्टाचार भेट गरेका छन्। नवौं सीमा सुरक्षा समन्वय बैठक समापनपछि शुक्रबार महानिरीक्षक अर्यालले भारतीय गृह मन्त्रालयका सचिव गोविन्द मोहनसँग शिष्टाचार भेट गरेका हुन्। नेपालका सशस्त्र प्रहरी महानिरीक्षक र भारतीय सशस्त्र सीमा बल (एसएसबी)का महानिर्देशकस्तरीय नवौं सीमा सुरक्षा समन्वय बैठक बुधबारदेखि ...
— मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवविरुद्ध ७ दलीय गठबन्धनले महोत्तरीको सदरमुकाम जलेश्वरमा प्रदर्शन गरेको छ । बर्दिबासको एक होटलमा तत्कालीन प्रदेश प्रमुख सुमिन्त्रा भण्डारीले पार्टीगत हिसाबले सरोज यादवलाई मुख्यमन्त्री बनाएको आरोप लगाउँदै मुख्यमन्त्री यादवको तत्काल नियुक्ति खारेज गर्नुपर्ने माग राख्दै ७ दलले विरोध प्रदर्शन गरेका हुन् । 'होटल–सरकार' विरुद्ध नारा लगाउँदै उनीहरुले संघीयता बचाउन माग गरेका छन् ...
— सर्वोच्च अदालतले जबरजस्ती करणीको अभियोगमा थुनामा रहेका मधेश प्रदेशका पूर्व प्रदेश प्रमुख राजेश अहिराजको निवेदनमा मिसिल झिकाउने आदेश गरेको छ। अहिराजको निवेदनमाथि शुक्रबार न्यायाधीशद्वय कुमार रेग्मी र श्रीकान्त पौडेलको इजलासले सुनुवाइ गर्दै जिल्ला र उच्च अदालतको फाइल मागेको हो। उनलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको थियो। त्यसविरुद्ध सुरुमा उच्च अदालत पाटन पुगेका थिए। उनीले ...