मुख्य समाचार
मिथ्या सूचनाको नियमनका लागि गृहले थाल्यो संयुक्त छलफल
मिथ्या सूचनाको नियमनका लागि गृहले थाल्यो संयुक्त छलफल

— गृहमन्त्री ओमप्रकाश अर्यालले भ्रमपूर्ण र मिथ्या सूचनाको नियमनका लागि सम्बन्ध मन्त्रालय र त्यस अन्तर्गतका दूरसञ्चारका निकाय,प्रेस काउन्सिल नेपाल र नेपाल प्रहरीको साइबर ब्युरोका पदाधिकारीहरुसँग संयुक्त रुपमा छलफल गरेका छन्।


गृहमन्त्री अर्यालको अध्यक्षतामा शुक्रबार गृह मन्त्रालयमा भएको सर्वपक्षीय बैठकमा गृहमन्त्री अर्यालले सूचनाको हक र प्रेस स्वतन्त्रतामा कुनै असर नपर्ने गरी सूचनाको अनाधिकृत प्रयोग र यसको रोकथामबारे कसरी सबै निकायले प्रभावकारी ढंगबाट काम गर्न सकिन्छ भनेर राय राखेका थिए।

बैठकमा गृह सचिव रामेश्वर दंगाल,सञ्चार तथा सूचना प्रविधि सचिव राधिका अर्याल,नेपाल दूरसञ्चार प्राधिकरणका प्रमुख भूपेन्द्र भण्डारी,गृह मन्त्रालयका सह-सचिव आनन्द काफ्ले, प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत झविन्द्र भुसाल नेपाल प्रहरी अन्तर्गतको साइबर ब्युरोका प्रहारी नायब महानिरीक्षक नविन्द अर्यालका साथै नेपाल टेलिकमका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।

बैठकले त्यस्ता भ्रामक भ्रमपूर्ण सूचना नियमनको लागि कार्ययोजना तयार गरी अघि बढ्ने गरी सहमति भएको गृह प्रवक्ता तथा सह-सचिव आनन्द काफ्लेले जानकारी दिए ।

सामाजिक सञ्जाल र अन्य डिजिटल माध्यमबाट विभिन्‍न प्रकारका भ्रामक,भ्रमपूर्ण र हानिकारक सूचनाहरु तीव्र रुपमा फैलिने गरेको बैठकमा सरोकारवालाहरुले विचार राखेका थिए। यस्ता सूचनाले व्यक्तिगत प्रतिष्ठा,संस्थागत छवि,सामाजिक सद्भाव र राष्ट्रिय सुरक्षामा प्रतिकूल असर पर्ने देखिएकोले नियमन आवश्यक भएको धारणा राखिएको थियो।

उक्त कार्यका लागि नेपाल सरकारका विभिन्न निकायहरुको भूमिका त रहनुका साथै त्यसका अतिरिक्त डिजिटल साक्षरता अभियान नै सञ्चालन गरी नागरिक सचेतना अभिवृद्धि गरी त्यस्ता भ्रामक सूचना फैलिन नदिन आम नागरिकलाई सचेत र जिम्मेवार बनाउनेसम्मका योजनाहरुबारे बैठकमा छलफल भएका थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सर्वोच्च अदालतले जबरजस्ती करणीको अभियोगमा थुनामा रहेका मधेश प्रदेशका पूर्व प्रदेश प्रमुख राजेश अहिराजको निवेदनमा मिसिल झिकाउने आदेश गरेको छ। अहिराजको निवेदनमाथि शुक्रबार न्यायाधीशद्वय कुमार रेग्मी र श्रीकान्त पौडेलको इजलासले सुनुवाइ गर्दै जिल्ला र उच्च अदालतको फाइल मागेको हो। उनलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको थियो। त्यसविरुद्ध सुरुमा उच्च अदालत पाटन पुगेका थिए। उनीले ...
: निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा र माघ ११ मा हुने राष्ट्रिय सभा निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न आह्वान गरेको छ। आयोगले शुक्रबार दुवै चुनावका लागि फरक फरक सूचना जारी गर्दै दल दर्ता गर्न आह्वान गरेको हो। मंसिर १ देखि १० गतेसम्म प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि र मंसिर १ देखि ...
— बाल यौन दुर्व्यवहार मुद्दाका दोषी एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । परशुराम नगरपालिका–४ कटालका २२ वर्षीय प्रेमबहादुर बोहरा अदालतले तोकेको फैसलाअनुसार पक्राउ परेका हुन्। अदालतले बोहरामाथि बाल यौन दुर्व्यववहार प्रकरणमा ४ महिना १६ दिन कैद तथा ३० हजार रुपैयाँ जरिवाना सजाय तोकेको थियो। इलाका प्रहरी कार्यालय जोगबुढाबाट खटिएको प्रहरी टोलीले उनलाई बिहीबार आफ्नै घरबाट नियन्त्रणमा ...
राष्ट्रिय परिचयपत्र प्रयोग गरी ३७ हजारभन्दा बढीले गराए मतदाता नामावली दर्ता
: यातायात व्यवस्था विभागको डाटा सेन्टरमा समस्या आएपछि लाइसेन्सको आवेदन बन्द भएको छ। विभागले आज सूचना जारी गरेर डाटा सेन्टरमा प्राविधिक समस्या आएपछि आजदेखि अर्को सूचना नआउन्जेलसम्मका लागि सेवा बन्द गरिएको जानकारी दिएको छ। कात्तिक १६ गतेदेखि आंशिक रूपमा मात्रै सञ्चालनमा रहेको सेवा आजदेखि बन्द भएको हो।