— आशन्न निर्वाचनको तयारीका सन्दर्भमा शुक्रबार गृहमन्त्री ओमप्रकाश अर्याल र निर्वाचन आयोगका पदाधिकारीबीच छलफल भएको छ ।
आयोगको कार्यालय, कान्तिपथमा जारी छलफलमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी र आयुक्तहरुसँग आशन्न प्रतिनिधिसभा सदस्यको निर्वाचन सुरक्षा योजना, राजनीतिक दल, जेन–जी समूह र सरोकारवाला पक्षबाट आएका सुझावका विषयमा छलफल भएको जनाइएको छ ।