— नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार दोस्रो नेपाल प्रिमियर लिग (एनपीएल) को टिकट मूल्य सार्वजनिक गरेको छ ।
कीर्तिपुरस्थित पुनर्निर्माण गरिएको त्रिवि क्रिकेट रंगशालामा मंसिर १ देखि २७ सम्म हुने एपीएल हेर्नका लागि दर्शकले ५ सय देखि २ हजारसम्म तिर्नुपर्नेछ ।
पहिलो चरणमा पहिलो ६ दिनको खेलका लागि टिकट बिक्री खुल्ला गरिएको क्यानले जनाएको छ । टिकट खल्ती आईएमई एपबाट काट्न सकिने छ ।
उदघाटन र शनिबारको खेलको टिकट मूल्य साधारणतर्फ ५ सय भने प्रिमियम टिकट मूल्य १५ सय रुपैयाँ तोकिएको छ । अन्य दिनको समूह चरणको खेलको टिकट मूल्य साधारणतर्फ ५ सय र प्रिमियमतर्फ १ हजार रुपैयाँ तोकिएको छ । प्लेअफ र फाइनलको साधारणतर्फ १ हजार र प्रिमियमतर्फ २ हजार रुपैयाँ टिकट रहेको छ ।
सिजनभरको पास किन्न चाहनेले १५ हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ ।
मंसिर १ गते हुने उद्घाटन खेलमा साबिक विजेता जनकपुर बोल्ट्सले काठमान्डु गोर्खाजविरुद्ध खेल्नेछ । यो खेल दिउँसो ४ बजे सुरु हुनेछ ।