— बेलायती सञ्चारसंस्था बीबीसीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भाषणको खराब काँटछाँटका लागि माफी मागेको छ । ६ जनवरी २०२१ को उनको भाषणका टुक्राहरु जोडेर बीबीसीले पानारोमा शृंखलाको डकुमेन्ट्रीमा समावेश गरेको थियो ।
बीबीसीले यस कार्यक्रमलाई फेरि नदेखाउने निर्णय पनि गरेको छ । बीबीसीले गल्ती स्विकार्दै भनेको छ, ‘यो गल्तीले ट्रम्पले सीधा हिंसात्मक प्रदर्शनका लागि आग्रह गरेका थिए भन्ने देखिएको छ ।’
तर, क्षतिपुर्तिको ट्रम्पको माग अस्विकार गरेको छ । ट्रम्पका वकिलहरुले यसअघि नै बीबीसीलाई १ बिलियन अमेरिकी डलरको मुद्दा चलाउने धम्की दिएका थिए ।
यस प्रकरणपछि बीबीसीका महाप्रबन्धक टिम डेभी र समाचार प्रमुख डेबोरा टर्नेसले गत आइतबार राजीनामा दिएका थिए ।