मुख्य समाचार
पेरुमा ६० जना यात्रु बोकेको बस खोंचमा खस्दा कम्तीमा ३७ जनाको मृत्यु
पेरुमा ६० जना यात्रु बोकेको बस खोंचमा खस्दा कम्तीमा ३७ जनाको मृत्यु

: पेरुमा ६० जना यात्रु बोकेको बस खोंचमा खस्दा कम्तीमा ३७ जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन्। पेरुलाई चिलीसँग जोड्ने पान-अमेरिकन राजमार्गमा बस दुर्घटना भएको हो।

स्थानीय सञ्चारमाध्यमका अनुसार बस मोडमा पिकअप ट्रकसँग ठोक्किएको थियो र त्यसपछि ओकोना नदीतिरको खाल्डोमा खसेको थियो। रिपोर्टका अनुसार दुर्घटनामा दुवै चालक बाँच्न सफल भएका छन्। बस क्षतिग्रस्त अवस्थामा छ।


ओकोना जिल्लाका मेयर भाल्डोर लेरेनाले रेडियो स्टेशन आरपीपीलाई बताएअनुसार दुर्घटनास्थल वरपरको भू-भाग धेरै अप्ठ्यारो र यस क्षेत्रमा पहिले दुर्घटनाहरू हुने गरेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले गत वर्षको प्रदर्शनमा मानवताविरोधी कुनै काम नगरेको दाबी गरेकी छिन् । बीबीसीसँगको अन्तर्वार्तामा उनले यस्तो दाबी गरेकी हुन् । हसिनाविरुद्धको मानवताविरोधी मुद्दामा बंगलादेशको अन्तर्राष्ट्रिय अपराध ट्राइबुनल–१ (आईसीटी–१) ले सोमबार फैसला सुनाउँदै छ । भारतमा रहेकी हसिनाले आफुमाथि लागेका मुद्दामा कुनै पनि बयान दिएकी छैनन् । उनले आफ्नो उपस्थिति बिना नै भएको ...
— बेलायती सञ्चारसंस्था बीबीसीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भाषणको खराब काँटछाँटका लागि माफी मागेको छ । ६ जनवरी २०२१ को उनको भाषणका टुक्राहरु जोडेर बीबीसीले पानारोमा शृंखलाको डकुमेन्ट्रीमा समावेश गरेको थियो । बीबीसीले यस कार्यक्रमलाई फेरि नदेखाउने निर्णय पनि गरेको छ । बीबीसीले गल्ती स्विकार्दै भनेको छ, ‘यो गल्तीले ट्रम्पले सीधा हिंसात्मक प्रदर्शनका लागि आग्रह ...
: बंगलादेशको अन्तरिम सरकारले अर्को संसदीय चुनावको दिन जनमत संग्रह गर्ने निर्णय गरेको छ। प्रमुख सल्लाहकार प्रोफेसर मोहम्मद युनुसले बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै यो कुरा बताएका हुन्। गत वर्ष विद्यार्थी नेतृत्वको आन्दोलनपछि तयार पारिएको जुलाई बडापत्र कार्यान्वयन गर्न जनमत संग्रह हुनेछ। अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुसले फेब्रुअरीमा संसदीय चुनाव हुने र सोही दिन जनमत संग्रह हुने ...
: टर्कीको सैन्य कार्गो विमान जर्जियामा दुर्घटनाग्रस्त हुँदा २० जनाको मृत्यु भएको छ । टर्कीका रक्षामन्त्रीले विमानमा सवार सबैको मृत्यु भएको बुधबार घोषणा गरे । अजरबैजानको गान्जाबाट टर्की जाँदै गरेको सी–१३० बिमान मंगलबार अजरबैजानको सीमानजिकै जर्जियाको सिघनाघीमा दुर्घटनाग्रस्त भएको हो । विमान दुर्घटनाको कारणको हाल अनुसन्धान भइरहेको छ । टर्कीको अनुसन्धान टोली दुर्घटनास्थलमा पुगेर जर्जियाली अधिकारीहरूसँग समन्वय गरी विमानको भग्नावशेषको ...
: अमेरिकाले भारत, इरान, चीन, हङकङ, संयुक्त अरब इमिरेट्स (युएई), टर्की र अन्य क्षेत्रका ३२ संस्था र व्यक्तिमाथि प्रतिबन्ध लगाएको छ। अमेरिकाले यी सबैले इरानको ब्यालिस्टिक मिसाइल र ड्रोन उत्पादनसँग जोडिएका आपूर्ति नेटवर्क चलाउने गरेको भनेको छ। केहीले इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी)का लागि पनि काम गर्ने गरेको अमेरिकाले आरोप लगाएको छ। आईआरजीसी धार्मिक, राजनीतिक र आर्थिक ...