: बंगलादेशको अन्तरिम सरकारले अर्को संसदीय चुनावको दिन जनमत संग्रह गर्ने निर्णय गरेको छ। प्रमुख सल्लाहकार प्रोफेसर मोहम्मद युनुसले बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै यो कुरा बताएका हुन्।
गत वर्ष विद्यार्थी नेतृत्वको आन्दोलनपछि तयार पारिएको जुलाई बडापत्र कार्यान्वयन गर्न जनमत संग्रह हुनेछ।
अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुसले फेब्रुअरीमा संसदीय चुनाव हुने र सोही दिन जनमत संग्रह हुने बताए।
उनले जनमत संग्रहको मतपत्रसँगै मतदातालाई 'हो' वा 'होइन'मा चार प्रश्नको उत्तर दिन आग्रह गरिने बताए।
एनसीपीले बडापत्रमा गरिएका प्रतिज्ञा कार्यान्वयन गर्न कुनै कानुनी रूपरेखा वा आवश्यक ग्यारेन्टी नभएको बताएको छ।