मुख्य समाचार
निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचनको कार्यतालिकाका बारेमा राजनीतिक दलसँग छलफल
निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचनको कार्यतालिकाका बारेमा राजनीतिक दलसँग छलफल

: निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचनको कार्यतालिकाका बारेमा राजनीतिक दलसँग छलफल गरेको छ। बिहीबार आयोगले प्रतिनिधिसभा निर्वाचनतर्फ पहिलो हुने निर्वाचित प्रणाली र समानुपातिक प्रणालीतर्फको निर्वाचन कार्यक्रमको मस्यौदामाथि दलहरूसँग छलफल गरेको हो।




त्यस्तै राष्ट्रियसभाको निर्वाचन कार्यतालिकामा समेत दलहरूसँग परामर्श गरिएको आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिए। दलहरूसँग छलफल गरेसँगै प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचनको कार्यतालिकालाई अन्तिम रूप दिएर राजपत्रमा प्रकाशित गरिने उनले बताए।


त्यस्तै मतदाता नामावली संकलनदेखि अन्तिम सूची प्रकाशन गर्ने आयोगको कार्यतालिकामाथि पनि दलहरूलाई जानकारी गराइएको प्रवक्ता भट्टराईले जानकारी दिए। छलफलका क्रममा राजनीतिक दलका प्रतिनिधिहरूले निर्वाचनको तयारीका साथै शान्ति सुरक्षालगायतका विषयमा चासो राखेको उनले बताए।



छलफलमा राजनीतिक दलका प्रतिनिधिहरूले निर्वाचनलाई सम्पन्न गर्न आयोगले गरेका काम कारबाहीका बारेमा जानकारी लिएको बताएका थिए। नेपाली कम्युनिष्ट पार्टीका नेता मुक्ति प्रधानले तोकिएको समयमा निर्वाचन अनिवार्य हुनुपर्ने भएकाले निर्वाचनको वातावरण बनाउन सुझाव दिएको जानकारी दिए।

जसपा नेपालका नेता प्रकाश अधिकारीले अहिलेको परिस्थितिमा निर्वाचन सम्पन्न गर्न चुनौती रहेको यसमा भइरहेको तयारीका बारेमा जानकारी लिएको बताए। त्यस्तै नेमकिपाका नेता प्रेम सुवालले उम्मेद्‍वारी दर्ता गरेपछि अन्य दलसँग मिलेर पछि उम्मेद्‍वारी निष्कृय पार्ने दललाई कारबाही गर्नुपर्ने सुझाव दिएको बताए। पैसा खर्च गरेर चुनाव जित्ने प्रवृतिलाई निरुत्साहित गर्न समेत आयोगलाई सुझाव दिएको उनको भनाइ छ।

निर्वाचन आयोगले आगामी माघ ११ गतेका लागि राष्ट्रियसभा सदस्यको निर्वाचनको मिति तय गरेको छ भने फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन हुँदैछ। निर्वाचनको तयारीका लागि आयोगले सरोकारवाला निकायसँग निरन्तर परामर्श गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्री गगन थापाले विशेष महाधिवेशनको प्रस्ताव राखेका छन् । कार्यसमितिमा बहुमत भएको संस्थापन पक्ष प्रतिनिधिसभा निर्वाचनअगाडि महाधिवेशनको पक्षमा नदेखिएपछि थापाले २७–२८ मंसिरमा विशेष महाधिवेशन गर्नुपर्ने प्रस्ताव बिहीबारको बैठकमा राखेका हुन् । थापाले यसअघि १८ कात्तिकको बैठकमा १६–१९ पुसमा नियमित महाधिवेशन गर्ने गरी तालिका प्रस्ताव गरेका थिए । त्यसलाई अस्वीकृत गर्ने योजनासाथ संस्थापन पक्षका ...
: नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले सुदृढ नेतृत्वका साथ संगठनको मनोबल बढाउँदै जनताको अपेक्षा अनुरूप कार्यसम्पादन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। बिहीबार गृह मन्त्रालयमा आयोजित दर्ज्यानी चिन्ह प्रदानपछि बोल्दै उनले पेसागत अनुशासनभित्र रहेर पारदर्शी रूपमा नागरिकप्रति उत्तरदायी भएर काम गर्ने बताएका हुन्। कार्कीले देशमा सुशासन कायम गर्ने र भयरहित वातावरणमा निर्वाचन गराउने सरकारको अभिभारा ...
— बाढीले बीपी राजमार्गमा क्षति गरेको ३०.५ किलोमिटर सडकमध्ये २५ किमिमा ठेक्का सम्झौता भई काम सुरु भएको छ । बाँकी ५.५ किमि खण्डमा ठेक्का सम्झौता हुने चरणमा छ । सडकको ठेक्का भएर काम सुरु भइसक्दा पनि पुल निर्मणको ठेक्का भने अझै हुन सकेको छैन । ठेक्का भएका पुलको पनि काम सकिएको छैन । सडकको ठेक्का भएर काम सुरु भइसक्दा ...
: मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। काठमाडौंको शंखरापुर नगरपालिका-५ पालुवारीस्थित सडकमा बा ६५ प ७९९ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-६ बस्ने ५५ वर्षीय लक्ष्मण चित्रकारको मृत्यु भएको हो। बुधबार साँझ भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको केएमसी अस्पताल सिनामंगलमा उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको हो। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको ...
— बालिकामाथि जबरजस्ती करणीमा दोषी ठहर भई कारागारमा रहेका र २४ गतेको प्रदर्शनको मौका छोपी फरार अभियुक्त पक्राउ परेका छन् । अदालतले तोकेको १५ वर्ष कैद सजाय भुक्तान नगरी फरार रहेका त्रिपुरासुन्दरी गाउँपालिका–३ धुस्कुनका ३५ वर्षीय रामकृष्ण न्यौपाने पक्राउ परेका हुन्। इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक कृष्ण खड्काको नेतृत्वमा खटिएको टोलीले उनलाई आफ्नै गाउँबाट पक्राउ ...