मुख्य समाचार
प्रचण्डको छायामा पूर्वएमालेका कमान्डहरू
प्रचण्डको छायामा पूर्वएमालेका कमान्डहरू

: एमाले पूर्वउपाध्यक्ष डा. भीम रावल नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका छन्। माओवादी, एकीकृत समाजवादीसहित १० वाम घटक हालै नेपाली कम्युनिस्ट पार्टी बनेको हो। एमालेबाट ११ महिना निष्कासनमा परेका रावल मातृभूमि जागरण अभियान नेपाल चलाइरहेका थिए। बुधबार मातृभूमि जागरण अभियानलाई उनले पुष्पकमल दाहाल प्रचण्ड संयोजक र माधव नेपाल सहसंयोजक रहेको नेपाली कम्युनिस्ट पार्टीका समाहित गराएका हुन्।

त्यसअघि संयोजक प्रचण्ड र सहसंयोजक नेपालसँग ७ बुँदे सम्झौता गरेका थिए। राष्ट्रियसभामा आयोजित समारोहकाबीच रावलले अभियानलाई नेपाल कम्युनिस्ट पार्टीमा समाहित गराए। ०८१ पुस १० गते एमालेका पूर्वउपाध्यक्ष डा. रावललाई पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा कारबाही गरिएको थियो। एमालेको सचिवालय बैठकबाट पार्टी सदस्य नरहने गरी रावललाई निष्कासन गरिएको थियो।


त्यसपछि उनले मातृभूमि जागरण अभियानको गठन गरेका थिए। कात्तिक २४ गते मातृभूमि जागरण अभियान नेपाललाई नेता रावलले नेपाली कम्युनिस्ट पार्टीमा समाहित गरेको घोषणा गरेका थिए। एमालेका अध्यक्ष ओलीले पार्टी छोडेर गएकालाई ‘घर फर्कन’ आह्वान गरिरहेका बेला नेता रावल भने प्रचण्ड–माधव नेपाल नेतृत्वको पार्टीमा समाहित भएका हुन्।



प्रचण्डको छायामा पूर्वएमालेका कमान्डहरू
एमालेका तत्कालीन नेता माधवकुमार नेपालसँग बिछोड भएका रावल अन्ततः एकै ठाउँमा आइपुगेका छन्। कात्तिक १९ गते माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टी प्रचण्ड नेतृत्वको माओवादीसहितका १० वटा वामपन्थी मिलेर नेपाली कम्युनिस्ट पार्टी बनेको थियो। ०७८ भदौ २ गते एमाले फुटाएर नेपालको अध्यक्षमा एकीकृत समाजवादी गठन भएको थियो।

प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीको पाँचतारे झण्डामुनि पूर्वएमाले नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, डा.भीम रावल गोलबन्द भएका छन्।एमाले अध्यक्ष केपी शर्मा ओली दोहोरो चरित्र देखाउने नेता भएको रावलले आरोप लगाए।

एकातिर आफ्नै नेताहरूलाई पार्टी छाड्न दबाब दिने र अर्कोतर्फ घर फर्किने आह्वान गर्ने गरेको रावलले घोषणासभामा आरोप लगाए। राष्ट्रियसभा गृहमा बुधबार आयोजित कार्यक्रममा रावलले ओलीले एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुरेन्द्र पाण्डे र युवराज ज्ञवालीलाई पार्टीबाट निस्केर जान दबाब दिएको पनि बताए।

‘केपी ओलीले दुईतिहाइको सरकारलाई विभाजन गरेर प्रतिनिधिसभा विघटन गर्नुभयो। जम्बो जेट चलाउने वाचा गर्नुभएको उहाँले कम्युनिस्ट आन्दोलनलाई धोका र गद्दारीमात्र गर्नुभयो,’ नेता रावलले भने, ‘नेकपा विभाजन गर्न विदेशीसँग मिलेर उहाँले सकुनीको भूमिका निर्वाह गर्नुभयो। विभिन्न बहाना बनाएर मलाई समेत धोका दिनुभयो।’

एमालेमा ठूलो विद्रोह हुने प्रचण्डको दाबी
नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डले एमालेमा ठूलो विद्रोह हुने दाबी गरे। उनले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई सदस्यता नदिएको भन्दै एमाले अध्यक्ष ओलीको आलोचना गरे। ‘अहिले कमरेड विद्या भण्डारीले पार्टी सदस्य पाउभन्दा समेत नदिने, त्यस्तो एमाले मदन भण्डारीको एमाले हुन सक्छ त ?’ उनले भने, ‘मलाई थाहा छैन। भूकम्प जान्छ जाँदैन। आज एकीकरणमा एमालेका युवा नेता प्रकाश शाह सहभागी हुनुभएको छ। अब एमालेमा उहाँजस्तै धेरै प्रकाशहरू जन्मिनेछन्।’

प्रचण्डले कम्युनिस्ट पार्टीहरूबीचको एकता रणनीतिक नभएको दाबी गरेका छन्। उनले कम्युनिस्टहरूबीच बलियो धु्रवीकरणको आवश्यकता रहेको उल्लेख गरे।
‘यो ट्याक्टिकल एकता होइन। चुनावका लागि गरिएको एकता पनि होइन। राष्ट्र बचाउनुपर्ने ऐतिहासिक आवश्यकता आइप¥यो। त्यो वस्तुगत आवश्यकता देखेर एकताको सुरुवात गरेका हौं,’ प्रचण्डले भने, ‘अब १० बाट १२ घटक पुगेको र आगामी दिनमा यो संख्या बढेर जान्छ। यही तरिकाले अघि बढ्दै जाने हो भने नेपालमा अरू दल नै नरहने हो कि भन्ने पनि आयो।’

प्रचण्ड– नेपाल र रावलबीचको ७ बुँदे सम्झौता :
(१) नेपाल र नेपाली जनताको सर्वोपरी हित, राष्ट्रिय सार्वभौमिकता, एकता, स्वाधीनता, अखण्डता, स्वाभीमान तथा आत्मनिर्णयको अधिकारलाई अक्षुण्ण राख्दै वाह्य हस्तक्षेप र दबाबबाट मुक्त राजनीति, राष्ट्रिय अर्थतन्त्र एवं संस्कृतिको मार्गमा अग्रसर रहने।
(२) समाजवाद एवं सामाजिक न्यायको मान्यतामा आधारित आर्थिक–सामाजिक रूपान्तरण र समृद्धिको लागि कटिबद्ध रहने।
(३) आगामी ६ महिनाभित्र एकता राष्ट्रिय महाधिवेशन गर्ने। महाधिवेशनको मिति र स्थान सचिवालयले यथाशीघ्र निर्धारण गर्ने। सबै तहमा र मातृभूमि जागरण अभियान, नेपालअन्तर्गत विभिन्न तहमा क्रियाशील व्यक्तिहरूलाई नेपाली कम्युनिस्ट पार्टीको सोही तहमा पारस्परिक सहमतिले समायोजन गर्ने।
(४) नेपाली कम्युनिस्ट पार्टीमा मातृभूमि जागरण अभियान, नेपालका संयोजक डा. भीम रावलको जिम्मेवारी लगायतका विषयमा आपसी सहमतिबाट टुंगो लगाउने।
(५) पार्टी विधान, राजनीतिक प्रतिवेदन र कार्यक्रम लगायतका दस्तावेजहरू आपसमा मिलेर तयारगर्ने।
(६) पार्टीको सञ्चालन विधान, विधि पद्धति र लोकतान्त्रिक मान्यताको आधारमा गरिने। सामूहिक नेतृत्व र जनवादी केन्द्रीयताको अनुशरण गरिने।
(७) पार्टी एकीकरणका लागि विभिन्न तहमा आवश्यकताअनुसार कार्यदल गठन गर्ने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्री गगन थापाले विशेष महाधिवेशनको प्रस्ताव राखेका छन् । कार्यसमितिमा बहुमत भएको संस्थापन पक्ष प्रतिनिधिसभा निर्वाचनअगाडि महाधिवेशनको पक्षमा नदेखिएपछि थापाले २७–२८ मंसिरमा विशेष महाधिवेशन गर्नुपर्ने प्रस्ताव बिहीबारको बैठकमा राखेका हुन् । थापाले यसअघि १८ कात्तिकको बैठकमा १६–१९ पुसमा नियमित महाधिवेशन गर्ने गरी तालिका प्रस्ताव गरेका थिए । त्यसलाई अस्वीकृत गर्ने योजनासाथ संस्थापन पक्षका ...
: नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले सुदृढ नेतृत्वका साथ संगठनको मनोबल बढाउँदै जनताको अपेक्षा अनुरूप कार्यसम्पादन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। बिहीबार गृह मन्त्रालयमा आयोजित दर्ज्यानी चिन्ह प्रदानपछि बोल्दै उनले पेसागत अनुशासनभित्र रहेर पारदर्शी रूपमा नागरिकप्रति उत्तरदायी भएर काम गर्ने बताएका हुन्। कार्कीले देशमा सुशासन कायम गर्ने र भयरहित वातावरणमा निर्वाचन गराउने सरकारको अभिभारा ...
— बाढीले बीपी राजमार्गमा क्षति गरेको ३०.५ किलोमिटर सडकमध्ये २५ किमिमा ठेक्का सम्झौता भई काम सुरु भएको छ । बाँकी ५.५ किमि खण्डमा ठेक्का सम्झौता हुने चरणमा छ । सडकको ठेक्का भएर काम सुरु भइसक्दा पनि पुल निर्मणको ठेक्का भने अझै हुन सकेको छैन । ठेक्का भएका पुलको पनि काम सकिएको छैन । सडकको ठेक्का भएर काम सुरु भइसक्दा ...
: मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। काठमाडौंको शंखरापुर नगरपालिका-५ पालुवारीस्थित सडकमा बा ६५ प ७९९ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-६ बस्ने ५५ वर्षीय लक्ष्मण चित्रकारको मृत्यु भएको हो। बुधबार साँझ भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको केएमसी अस्पताल सिनामंगलमा उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको हो। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको ...
— बालिकामाथि जबरजस्ती करणीमा दोषी ठहर भई कारागारमा रहेका र २४ गतेको प्रदर्शनको मौका छोपी फरार अभियुक्त पक्राउ परेका छन् । अदालतले तोकेको १५ वर्ष कैद सजाय भुक्तान नगरी फरार रहेका त्रिपुरासुन्दरी गाउँपालिका–३ धुस्कुनका ३५ वर्षीय रामकृष्ण न्यौपाने पक्राउ परेका हुन्। इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक कृष्ण खड्काको नेतृत्वमा खटिएको टोलीले उनलाई आफ्नै गाउँबाट पक्राउ ...