मुख्य समाचार
नेपाल-भारतबीच पारवहन सन्धिको प्रोटोकल संशोधन
नेपाल-भारतबीच पारवहन सन्धिको प्रोटोकल संशोधन

: नेपाल र भारतबीच पारवहन सन्धिको प्रोटोकलमा संशोधन भएसँगै अब सबै किसिमका कार्गो (सामान) कोलकाता र विशाखापटनम्, विराटनगर (जोगवनी) तथा नौतनवा (सुनौली) मार्ग हुँदै भैरहवासम्म ढुवानी गर्न सकिने भएको छ।




संशोधनले नेपालको पारवहन लागत र समय दुवै घट्ने र व्यापार सहजीकरणमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले जानकारी दिए। आपूर्तिमन्त्री अनिलकुमार सिन्हा भारतको विशाखापटनम् जाने क्रममा आज भारत सरकारका वाणिज्य तथा उद्योगमन्त्री पियुष गोयलसँग नयाँ दिल्लीस्थित भारतको वाणिज्य भवनमा भेटघाट गरेका थिए।


सो अवसरमा दुवै देशबीच पारवहन सन्धिको संशोधित प्रोटोकलको औपचारिक आदानप्रदान गरिएको हो। यसअघि दुवै नाकाबाट सीमित चार वटा बल्क सामान मात्र रेलमार्फत ढुवानी गर्न सकिने व्यवस्था रहेकामा अब सबै प्रकारका कार्गो सामान रेल तथा सडक मार्गमार्फत पठाउन सकिने भएको प्रवक्ता बस्नेतले बताए।



भेटका क्रममा नेपाल-भारतबीचको द्विपक्षीय व्यापार, पारवहन व्यवस्था, व्यापार पूर्वाधार विकास तथा लगानी प्रवर्द्धनका विषयमा विस्तृत छलफल भएको मन्त्रालयले जनाएको छ। मन्त्री सिन्हाले दुवै देशबीचको व्यापार र पारवहन सहजीकरणका लागि प्रमाणीकरण प्रक्रिया सरलीकरण गर्नुपर्नेमा जोड दिएका थिए।

त्यस अवसरमा मन्त्री सिन्हाले भारतको ‘छिमेकी पहिला नीति’ को प्रशंसा गर्दै उक्त नीतिअनुरूप द्विपक्षीय व्यापार, पारवहन तथा लगानी प्रवर्द्धनका क्षेत्रमा अझ सहकार्य र समन्वय आवश्यक रहेको उल्लेख गरे। भारतका मन्त्री गोयलले नेपाल भारतका लागि विशेष प्राथमिकता प्राप्त देश रहेको बताउँदै छलफलमा रहेका विषयलाई शीघ्र निष्कर्षमा पुर्‍याउन दुवै देशका पदाधिकारीलाई निर्देशन दिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। काठमाडौंको शंखरापुर नगरपालिका-५ पालुवारीस्थित सडकमा बा ६५ प ७९९ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-६ बस्ने ५५ वर्षीय लक्ष्मण चित्रकारको मृत्यु भएको हो। बुधबार साँझ भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको केएमसी अस्पताल सिनामंगलमा उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको हो। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको ...
— बालिकामाथि जबरजस्ती करणीमा दोषी ठहर भई कारागारमा रहेका र २४ गतेको प्रदर्शनको मौका छोपी फरार अभियुक्त पक्राउ परेका छन् । अदालतले तोकेको १५ वर्ष कैद सजाय भुक्तान नगरी फरार रहेका त्रिपुरासुन्दरी गाउँपालिका–३ धुस्कुनका ३५ वर्षीय रामकृष्ण न्यौपाने पक्राउ परेका हुन्। इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक कृष्ण खड्काको नेतृत्वमा खटिएको टोलीले उनलाई आफ्नै गाउँबाट पक्राउ ...
: कांग्रेस महामन्त्री गगन थापाले मंसिर मसान्तमा पार्टीको विशेष महाधिवेशन हुने घोषणा गरेका छन्। चुनावअघि कि पछि पार्टीको महाधिवेशन गर्ने भन्नेबारे सहमति नजुटेपछि थापाले केन्द्रीय समितिको बिहीबारको बैठकमा विशेष महाधिवेशन हुने बताएका हुन्। उनले नियमित महाधिवेशन गरौंभन्दा नमानेकाले अब विशेष महाधिवेशन हुने र त्यसले केही समयभित्रै नियमित महाधिवेशन गराउने बताए। ‘पार्टीको यो केन्द्रीय समिति परिचालित भएर ...
— जुम्लामा मोटरसाइकल दुर्घटनामा परेर एकजनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । जिल्ला ट्राफिक कार्यालय जुम्लाका अनुसार दुर्घटनामा पातारासी गाउँपालिका-३ हुरीका जनबहादुर बुढाको मृत्यु भएको हो । दुर्घटनालगत्तै घाइते बुढालाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिए पनि उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । बिहीबार बेलुकी चन्दननाथ-६ स्थित यातायात कार्यालय नजिकै पार्किङ ...
: स्कुल छुट्टि भएपछि घर पुर्‍याउन गएको बसमा ठक्करबाट एक विद्यार्थीको मृत्यु भएको छ । नवलपरासीको सुनवल नगरपालिकास्थित द पाइनियर सेकेण्डरी इङ्लिस बोडिङ् स्कुलको बसको ठक्करबाट एलकेजीमा अध्ययनरत चार वर्षिय सुभम कोहाँरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्स्पेक्टर नारायण थापाले जानकारी दिए । पैसा हातमा लिएर बसबाट ओर्लिएका उनी दक्षिणतर्फ रहेको घर नगई दौडिएर ...