: पर्सामा लागुऔषध गाँजासहित ३ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको बिहार राज्यको वैशाली जिल्ला बिदुपुर ग्राम बस्ने २३ वर्षीय राजा कुमार, राजा माइकल पञ्चायत बस्ने २३ वर्षीय विशाल कुमार र छपरा जिल्लाको सोनपुर बस्ने २४ वर्षीय पिन्टु कुमार रहेका छन्।
बुधबार गाँजा लिएर पैदल भारत जाँदै गरेका उनीहरूलाई पर्सागढी नगरपालिका-९ बडेर्वास्थित पेट्रोल पम्प नजिकैबाट प्रहरीले पक्राउ गरेको पर्साका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए।
प्रहरीले राजाको साथबाट ३ किलो १९० ग्राम, विशालको साथबाट ३ किलो २५० ग्राम र पिन्टुको साथबाट ३ किलो ३०० ग्राम गरी कूल ९ किलो ७४० ग्राम गाँजा बरामद गरेको बस्नेतले बताए। गाँजासहित पक्राउ परेका उनीहरूलाई बिहीबार पर्सा जिल्ला अदालतबाट ८ दिनको म्याद लिई थप अनुसन्धान भइरहेको बस्नेतले जानकारी दिए।